नेपाल राष्ट्र बैंकबाट बिदा भए ५ जना उपनिर्देशक

काठमाडौं । भदौ महिनामा नेपाल राष्ट्र बैंकका विभिन्न विभाग तथा कार्यालयमा कार्यरत पाँच जना उपनिर्देशकले बैंक सेवाबाट अवकाश पाएका छन् । 

राष्ट्र बैंकका अनुसार नेपालगञ्ज कार्यालयका प्रकाशकुमार धितालले भदौ १ गते, मुद्रा व्यवस्थापन विभागका उपनिर्देशक हरिगोविन्द महर्जनले भदौ १४ गते, बैंकिङ विभागका देवराज घिमिरेले भदौ १५ गते, टक्सार महाशाखाका धनबहादुर श्रेष्ठले भदौ १६ गते र सम्पत्ति तथा सेवा व्यवस्थापन विभागका इन्द्रप्रसाद शर्माले भदौ ३० गतेदेखि बैंक सेवाबाट अवकाश पाएका हुन् ।

मानव संसाधन व्यवस्थापन विभागका अनुसार उनीहरूले ५८ वर्षे उमेरहदका आधारमा बैंक सेवाबाट अवकाश पाएका हुन् ।

Share News