सिद्धार्थ बैंकको शाखा ताप्लेजुङ्ग, बेशीसहर र जोरपाटीमा

काठमाडौ । सिद्घार्थ बैंकले बिहीबार ३ स्थानमा शाखा विस्तार गरेको छ । बैंकले ताप्लेजुङ्गको ताप्लेजुङ्ग बजार, लम्जुुङ्गको बेशीसहर र काठमाडौं, गोकर्णेश्वरको जोरपाटीमा शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा सहित बैंकले हाल देशभर ७५ शाखा, २ एक्स्टेन्सन् काउन्टर, ९८ एटीएम, ७० शाखारहित बैंकिङ्ग सेवा र ४५० भन्दा बढी पीआएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको जानकारी दिएको छ । आर्थिक वर्ष ०७३÷०७४ को आषाढ मसान्तसम्म बैंकले १ अर्ब ४१ करोड रुपैयाँ खुदनाफा गरेको छ । बैंकको निक्षेप ७७ अर्ब ३१ करोड र कर्जा लगानी ६६ अर्ब ६ करोड रुपैयाँ छ ।  

राष्ट्रिय बाणिज्य बैंकको नाफा ३ अर्ब ८ करोड, बैंकले बढायो ३० प्रतिशतले नाफा

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले गत आर्थिक वर्षमा ३० दशमल ८८ प्रतिशतले नाफा बढाएको छ । यो बैंकले गत आवमा ३ अर्ब ८ करोड २६ लाख रुपैयाँ खुँद नाफा कामाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ७२ करोड ७३ लाख रुपैयाँले बढी हो । अघिल्लो वर्ष यो बैंकले २ अर्ब ३५ करोड ५२ लाख रुपैयाँ खुद मुनाफा गरेको थियो । बैंकको गत असारमसान्तसम्मको चुक्ता पुँजी ८ अर्ब ५८ करोड रुपैयाँ छ । यसको जगेडा कोषमा ३ अर्ब ११ करोड रुपैयाँ रहेको छ । बैैंकले गत आवसम्ममा १ खर्ब ५३ अर्ब ५७ करोड रुपैयाँको निक्षेप संकलन गरेर १ अर्ब ६ अर्ब ४३ करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यसको सीसीडी रेसियो ६४ दशमलव ७७ प्रतिशत रहेको छ । यो बैैंकको निष्किृया कर्जा २.३५ प्रतिशत रहेको छ ।

काबेली विकास बैंकको ५० प्रतिशत हकप्रद सेयर भदौ १८ देखि

काठमाडौं । काबेली विकास बैंकको ५० प्रतिशत हकप्रद सेयर भदौ १८ गतेदेखि आउने भएको छ । बैंकले २ कित्ता बराबर १ कित्ताको अनुपातमा एक सय रुपैंयाँ मूल्य अंकित ३ लाख ५० हजार ८ सय ८० कित्ता हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । साउन १९ गते अघिसम्म सेयर खरिद गरेका लगानी कर्ताहरुले हकप्रद सेयर भर्न सक्नेछन् । बैंकले असोज २१ गतेसम्म हकप्रद सेयरका लागि आवेदन दिन सक्ने व्यवस्था गरेको छ । ग्लोबल आइएमई क्यापिटल र काबेली विकास बैंकका कार्यालय, ग्लोबल आइएमई बैंकका केहि शाखाबाट आवेदन दिन सकिने व्यवस्था गरेको छ ।