एनएमबि बैंकले पर्वतीय क्षेत्रको सम्वृद्धि गर्ने, आईसीआईएमओडीसँग सम्झौता

काठमाडौं । एनएमबि बैंकले नेपालको पर्वतीय क्षेत्रको आर्थिक, सामाजिक सम्बृधिका लागि र इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट(आईसीएमओडी)सँग सहकार्य गर्ने भएको छ । सहकार्य सम्बन्धि सम्झौतापत्रमा बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र आईसीएमओडीका डाइरेक्टर जेनेरल डा. डेभिड मोलडेनले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार दुबै संस्थाले आफ्नो नेपाल भरी फैलिएको सन्जाल मार्फत आफ्नो प्राबिधिक सीप तथा दक्षता प्रयोग गरी स्थानीय समुदायको सामाजिक आर्थिक बिकासका लागि काम गर्ने छन् । सम्झौताले पर्वतीय क्षेत्रको स्थानीय समुदायहरुका लागि मुख्य तीन कार्य क्षेत्रलाई संबोधन गर्नेछ जसमा बित्तिय क्षेत्रमा पँहुच, लगानीको प्रभाव र संस्थागत सामाजिक उत्तरदायित्व रहेको छ । एनएमबि बैकले “समृद्घ नेपालका लागि” भन्ने नारालाई आत्मसाथ गर्दै उर्जा, पर्यटन, साना तथा मझैला व्यवसाय तथा कृषि क्षेत्रमा बिभिन्न खाले सहकार्यहरु गर्दै आएको छ ।

पटकपटक लिलामी गर्दा पनि किन बिक्री भएन सिभिल बैंकको संस्थापक हकप्रद सेयर ? फेरी २९ लाख ९२ हजार कित्ता बिक्रीमा

काठमाडौं । पटकपटक खुला गर्दा पनि सिभिल बैंकका संस्थापक हकप्रद सेयर बिक्री नभएपछि पुनः लिलामी गरिएको छ । बैंकको आवेदन नपरेका २९ लाख ९२ हजार २१० कित्ता संस्थापक हकप्रद सेयर पुनः लिलामी गर्न लागिएको हो । धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेडले जेठ २ गतेदेखि बिक्री खुलाइ जेठ ९ गते बैंकिङ समयसम्म हकप्रद खरिदका लागि अन्तिम दिन तोकेको छ । अंकित मूल्य १०० रुपैयाँ भन्दा बढी दर प्रस्ताव गर्नुपर्ने छ । न्युनतम १०० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्ने लक्ष्मी क्यापिटलले जनाएको छ । बैंकले चुक्तापुँजी बढाउन मंसिर २२ देखि माघ १२ गतेसम्म बिक्री खुला गरी आवेदन माग गरिएको मध्ये संस्थापक समूहकको ३१ लाख २१ हजार ६०० कित्तालाई नपरेपछि पुनः लिलामी गर्न लागेको हो । गत चैत १४ गते बिक्री खुलाएको थियो । त्यसमा पनि आवेदन नपरेपछि पुनः लिलामी गर्न लागेको बिक्री प्रवन्धक लक्ष्मीले जनाएको छ । पहिलो पटक बिक्री खुला गर्दा पर्याप्त आवेदन नपरेपछि बैंकको संस्थापक र सर्वसाधारण गरी ४२ लाख ३८ हजार ९५८ कित्ता हकप्रद सेयर लिलामी हुन लागेको हो । संस्थापक समूहतर्फ ३२ लाख ४४ हजार ६ र सर्वसाधारणतर्फ ९ लाख ९४ हजार ३५८ कित्ता हकप्रद सेयर बिक्री हुन सकेन । बैंकले चुक्तापुँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याउन ४० प्रतिशत अर्थात २ अर्ब ७ करोड ४० लाख रुपैयाँ बराबरको २ करोड ७ लाख ४० हजार कित्ता हकप्रद निष्कासन गरेको हो । मंगलबार बैंकको साधारण सेयर प्रतिकित्ता १६८ रुपैयाँमा कारोबार भएको छ ।

सेञ्चुरी बैंक र जीएमई रेमिट्बीच रेमिट्यान्स सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र जीएमई रेमिट्बीच रेमिट्यान्स सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख संचालन अधिकृत दिपेश प्रधान र जीएमई रेमिट्का प्रबन्ध निर्देशक दिबाकर पौडेलले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार सेञ्चुरी बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट जीएमई रेमिट्बाट पठाएको पैसाको भुक्तानी लिन सकिने बैंकले जनाएको छ । बैंकले हालसम्म १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।