विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलर १५३ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा कायम गरिएको छ ।

युरो एकको खरिददर १७४ रुपैयाँ ३० पैसा र बिक्रीदर १७४ रुपैयाँ ९८ पैसा तोकिएको छ । यस्तै, बेलायती पाउन्ड एकको खरिददर २०२ रुपैयाँ ७८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ५८ पैसा कायम भएको छ ।

अष्ट्रेलियन डलर एकको बिक्रीदर १०७ रुपैयाँ ८९ पैसा, क्यानेडियन डलर १०८ रुपैयाँ ६१ पैसा र सिङ्गापुर डलर १२० रुपैयाँ २३ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, जापानी येन १० को बिक्रीदर ९ रुपैयाँ ७७ पैसा, चिनियाँ युआन एकको २२ रुपैयाँ ८८ पैसा, साउदी रियाल ४० रुपैयाँ ९१ पैसा, कतारी रियाल ४२ रुपैयाँ १८ पैसा र यूएई दिराम ४१ रुपैयाँ ८२ पैसा कायम गरिएको छ ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले आवश्यक परे विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने केही फरक हुन सक्ने राष्ट्र बैंकको भनाइ छ ।

Share News