सिद्धार्थ बैंकको दुर्इ लाख कित्ता हकप्रद लिलामीमा, १० गतेसम्म बोलपत्र पेश गर्न पाइने
काठमाडौं । सिद्धार्थ बैंकले बिहीबारदेखि बिक्री नभएको हकप्रद सेयर पुनः लिलामी गर्ने भएको छ । बैंकको संस्थापक र सर्वसाधारण समूहको गरी २ लाख १४ हजार ३३६ कित्ता हकप्रद सेयर बिक्री खुला गरिएको छ । शिलवन्दी बोलपत्र पेश गर्ने अन्तिम दिन जेठ १० गतेलाई तोकिएको बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । संस्थापक समूहको ४० हजार २० र सर्वसाधारण समूहको १ लाख ७४ हजार ३१५ कित्ता हकप्रद सेयर रहेको छ । गत फागुन २ देखि बैंशाख ६ गतेसम्म निष्कासन गर्दा आवेदन नपरेपछि बिक्री प्रवन्धक सिद्धार्थले लिलामी गर्न लागेको हो । हकप्रदको न्युनतम मूल्य १०० रुपैयाँ तोकिएको छ ।
घर किन्न, बनाउन छिटो र सस्तो कर्जा चाहिए जानुस नविल बैंक
काठमाडौं । तपाई नयाँ घर बनाउन वा किन्ने तयारीमा हुनुहुन्छ ? सस्तो ब्याजदरको खोजिमा हुनुहुन्छ ? यस्तै छोटो तथा सरल प्रक्रियाबाट कर्जा लिन चाहानु भएको छ ? अब तपाईको सपना नविल बैंकले साकार पार्ने छ । बैंकले नविल फास्टट्रयाक घर कर्जा योजना ल्याएर छिटो, सरल प्रक्रिया र सस्तो ब्याजमा कर्जा दिने भएको हो । वार्षिक १०.९९ प्रतिशत ब्याजदरमा घर कर्जा दिने बैंकले जनाएको छ । यो योजना अन्र्तगत घरजग्ग खरिद वा घर निर्माण, निर्माण लागतको १०० प्रतिशत सम्म कर्जा दिने नविलले जानकारी दिएको छ । यस्तै बैंकले घरको मर्मत सम्भार तथा थप निर्माणमा समेत कर्जा दिने भएको छ । कर्जा अवधि १५ वर्षको हुने छ । यसैगरी रिफाइनान्स र कर्जा स्थानान्तरणको समेत सुविधा भएको बैंकले जनाएको छ । आधार ब्याजदरका आधारमा परिवर्तन हुने बैंकले जनाएको छ । यो योजनाका लागि बैंकले नजिकको शाखा वा ग्राहक सेवा केन्द्र पुल्चोकको फोन नम्बर ५५४२८९१ मा सम्पर्क गर्न भनेको छ ।
५०० र १००० दरका भारु साट्न भारतले नेपालसँग माग्यो थप समय
काठमाडौं । कानूनी र प्राविधिक जटिलता रहेको भन्दै भारतले ५०० र १००० दरका भारु नोट सटही गर्न समय मागेको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालै भएको नेपाल भ्रमणका क्रममा नेपाली पक्षले भारु सटहीका लागि प्राथमिकताका साथ कुरा उठाएको भन्दै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले आउँदो असोजसम्ममा उक्त समस्या सुल्झिने विश्वास व्यक्त गरे । तर सबै किसिमका कानुनी र प्राविधिक जटिलता अन्त्यका लागि यसअघि नै पर्याप्त छलफल भइसकेको बताउँदै नेपाल राष्ट्र बैंकका अधिकारीले भारतीय पक्षको आश्वासन पूरा हुनेमा आशङ्का व्यक्त गरेका छन् । दुई देशबीचको औपचारिक वार्तापछि पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले उनका भारतीय समकक्षी मोदीलाई साक्षी राख्दै प्रतिबन्धित भारतीय नोट सटहीको विषय समाधान गर्न आग्रह गरेका थिए । सन् २०१६ नोभेम्बरमा भारतमा ५०० र १००० रुपैयाँका नोट प्रतिबन्धित गरिएको थियो । अझै बैंकिङ प्रणालीमा रहेको ७ करोड भारु नोट साट्न बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ । भारतीय पक्षले उक्त रकम सटहीमा केही कानूनी पक्षलाई समेत विचार गर्नुपरेकोले ढिलाइ भएको बताएको रिमालले जनाए ।उनले भने, “भारतीय पक्षले हाम्रो आग्रहलाई सुन्यो। तर त्यसमा कतिपय कानुनी पक्ष छन् त्यसलाई ख्याल गर्छौँ भन्ने उहाँहरूको भनाइ छ । हाम्रो देशमा जम्मा भएको भारु हाम्रो कारणले नभई भारतको कारणले जम्मा भएको हो, रकम खेर जाने स्थिति नबनोस् भनेर हामीले भन्यौँ । असोज महिनासम्ममा एक ढङ्गको प्रगति हुने हाम्रो अपेक्षा छ।“ स्राेतः बीबीसी