नगद भुक्तानी निषेध, बैंकबाट मात्रै पैसाको लेनदेन

काठमाडौं । सरकारले अब नगद भुक्तानीलाई निषेध गर्ने भएको छ । संसदमा प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रमले अब सबै खाले भुक्तानीहरुलाई बैंकिङ प्रणालीबाट मात्रै हुने व्यवस्था गर्ने योजना अघि सारेको हो । त्यस्तै, विभिन्न संघ संस्था र कोषहरुमा रहेको निष्कृय श्रोतलाई उत्पादन मुलक क्षेत्रमा लगाउने योजना पनि अघि सारिएको छ । सरकारले वित्तीय क्षेत्रका नियामक निकायहरुको नियामकीय क्षमता अभिवृद्धिका लागि पनि विशेष योजना ल्याउने बताएको छ । त्यस्तै, आगामी आर्थिक बर्षमा कृषि बीमा कार्यक्रमलाई अझै विस्तार गर्ने योजना पनि सरकारले अघि सारेको छ ।

बैंकमा व्यक्तिगत निक्षेप मात्रै १४१२ अर्ब, कसको कति हेर्नुहोस

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा व्यक्तिगत निक्षेप ११ प्रतिशत बढेको छ । चालु आर्थिक वर्षको ९ महिनामा बैंक तथा वित्तीय संस्थामा व्यक्तिगत निक्षेप १ खर्ब ४३ अर्ब ७८ करोड रुपैयाँ थप भएको छ । गत बैशाखसम्म व्यक्तिगत निक्षेप बढेर १४ खर्ब १२ अर्ब ९३ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकका अनुसार कुल निक्षेपको ५५ प्रतिशत व्यक्तिगत छ । समीक्षा अवधिमा बैंकको गैरसरकारी संस्था, स्थानीय सरकार, बीमा कम्पनी, कर्मचारी संचय कोष, नागरिक लगानी कोष, अन्तर बैंक कारोबार, नाफारहित गैरसरकारी संस्थाको १२ खर्ब रुपैयाँ रहेको छ । गत बैंशाखसम्म बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप निक्षेप बढेर २६ खर्ब २ अर्ब ९० करोड रुपैयाँ छ । ९ महिनामा मात्रै २ खर्ब २७ अर्ब ७९ करोड रुपैयाँ थप भएको राष्ट्र बैंकले जनाएको छ । कसको कति हेर्नुहोस

विदेशबाट ३७ अर्ब ९६ करोड पेन्सन आयो

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा विदेशबाट आप्रवाह हुने पेन्सन १३.९ प्रतिशत बढेको छ । गत बैंशाखसम्म विभिन्न मुलुकबाट नेपालले ३७ अर्ब ९६ करोड २२ लाख रुपैयाँ पेन्सनवापत प्राप्त गरेको छ । गत आवको सोही अवधिमा ३३ अर्ब ३१ करोड ९७ लाख रुपैयाँ पेन्सन आप्रवाह भएको थियो । गत आवमा ४५ अर्ब ५९ करोड रुपैयाँ पेन्सन नेपाल भित्रिएको थियो । यो वर्ष अझै बढ्ने देखिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । पेन्सन विशेष गरी वेलायत, भारतलगायत मुलुकमा काम गरेको सेनाले अवकासपछि पाउदै आएको रकम हुने ।