सिटिजन्स म्युचअल फण्डको खुद सम्पत्ति बढ्यो, प्रतिइकाई १० रुपैयाँ १३ पैसा

  काठमाडौं । सामूहिक लगानी कोष ( म्युचअल फण्ड) को प्रतिफल घटि रहेका बेला सिटिजन्स म्युचअल फण्ड १ को भने बढेको छ । गत माघमा बिक्री भएको सिटिजन्सको प्रति ईकाई १३ पैसा बढेको छ । प्रति इकाई खुदसम्पत्ति मुल्य १० रुपैयाँ १३ पैसा पुगेको हो । सिटिजन्स म्युचअल फण्डले १ करोड ८ लाख रुपैयाँ खुदआम्दानी गरेको छ । सिटिजन्स म्युचअल फण्डले १४ कम्पनीको साधारण र संस्थापक सेयरमा गरी २ करोड ७० लाख रुपैयाँ लगानी गरेको छ । सिटिजन्सले नविल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक, सनराइज, सिभिल, ग्लोबल आईएमई, जनता कुमारी, माछापुच्छ्रे बैंक, ज्योति, देव विकास बैंक, सेन्ट्रल फाइनान्स, आरम्भ माइक्रो फाइनान्स र जलविद्युत लगानी तथा विकास कम्पनीमा लगानी गरेको छ । सीबीआईएलको स्वामित्वमा ९५ हजार १६० कित्ता सेयर स्वामित्व छ । सिटिजन्सले १ अर्ब रुपैयाँको म्युचअल फण्ड निष्कासन गर्दा ८३ करोड ४३ लाख रुपैयाँको मात्र बिक्री भएको थियो । पछिल्लो समयमा अधिकाँश म्युचअल फण्डको सम्पत्ति २० प्रतिशतसम्म घटेर प्रतिइकाई ८ रुपैयाँमा समेत झरेको छ ।

प्रभु बैंकको सञ्चालकमा शंकरप्रसाद कालिकोटा र अन्जु अधिकारी

काठमाडौं । प्रभु बैंकको सञ्चालकमा शंकरप्रसाद कालिकोटा र अन्जु अधिकारी नियुक्त भएका छन् । बिहीबार(आज) सम्पन्न कम्पनीको १६औँ वार्षिक साधारणसभाले कालिकोटा र अधिकारीको नियुक्तीलाई अनुमोदन गरेको हो । उक्त सभा बैंकको सञ्चालक समितिका अध्यक्ष देवीप्रकाश भट्टचनको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले सञ्चालक समितिको प्रतिवेदन सहित गत आ.व.०७३/०७४को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरेको छ । साथै, बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको गत आ.व. २०७३/७४ को एकीकृत वित्तीय विवरण पनि पारित गरको छ ।

सानिमा बैंक र आइएफसीबीच कर्जा सम्झौता

काठमाडौं । सानिमा बैंक र विश्व बैंक अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी)बीच कर्जा सम्बन्धि प्रारम्भिक सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहाल र आइएफसीका आवासीय प्रतिनिधि मोहमद रेहान रसिदले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात अन्तराष्ट्रिय बजारमा पहुँच भई भित्रिने बाहृय पूँजी, स्वदेशमा परिचालन गरी देशको उच्च आर्थिक वृद्धिमा टेवा पुग्ने बैंकको विश्वास छ । हाल बैंकको ५८ शाखा, १ एक्सटेन्सन काउन्टर र ६७ एटिएम रहेको छ ।