सिद्धार्थ बैंक ‘आइएमई पे’ वालेटमा आवद्ध, रकम जम्मा गर्न सजिलो हुने

काठमाडौं । आइएमई पेका सेवाग्राहीहरूले अबदेखि सिद्धार्थ बैंक लिमिटेडको खातामा लिङ्क गरि ‘आइएमई पे’ वालेटमा सिधैं रकमान्तर गर्न सक्ने भएका छन् । बैंकले सेवाग्राहीहरूलाई आइएमई पे वालेटमा बैंक खाता लिङ्क गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू उपलब्ध गराउनेछ । साथै, सिद्धार्थ बैंकका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज र विभिन्न प्रकारका अनलाइन र अफलाइन भुक्तानी सेवाका अतिरिक्त मनी ट्रान्सफर सम्बन्धी सुविधा पनि प्राप्त गर्न सक्नेछन् । आइएमई ग्रुपद्धारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र सिद्धार्थ बैंकबीच ‘आइएमई पे वालेट’ मार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा गत फागुनमा भएको हस्ताक्षर भएको थियो । सो अनुसार यो सेवा प्रदान गर्न लागिएको कम्पनीले जनाएको छ । सिद्धार्थ बैंक ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्था हो ।

एनएमबि बैंक अन्तर्राष्ट्रिय आइएफसी ट्रेड अवार्डद्वारा सम्मानित, यस वर्ष मात्रै बै‌ंकले पायाे तीन अवार्ड

काठमाडौं । आठौं आइएफसी ट्रेड अवार्डसमा एनएमबि बैंकले ‘वेस्ट इस्यूवीङ बैंक पार्टनर इन फ्रागिल कन्ट्रीज–२०१७–साउथ एशिया’ अवार्डबाट सम्मानित भएको छ । नेपालमा यो सम्मान प्राप्त गर्ने एनएमबि बैंक पहिलो बाणिज्य बैंक हो । ग्लोबल ट्रेड फाइनान्स प्रोगामङ–२०१७ मा बैंकले सहकार्यका लागि रेजिनल फाइनान्सियल इन्च्टीच्युसन ग्रुप, आइएफसीका हेड एशिया एण्ड प्यासिफीक भिट्टोरीओ डी बेल्लोले एनएमबि बैंकका सीईओ सुनिल केसीलाई सो अवार्ड प्रदान गरेका छन् । आइएफसी ट्रेड अवाडको प्राप्तिले एनएमबि बैकको अन्तर्राष्ट्रिय सम्बन्ध तथा अन्तर्राष्ट्रिय साझेदारहरुको सहकार्यमा नेपालका स्थानीय समुदायमा गर्न सक्ने ठुलो व्यापार लगानी क्षमतालाई उद्घोष गरेको छ । एनएमबि बैकले ‘समृद्घ नेपालका लागि’ भन्ने नारालाई आत्मसाथ गर्दै उर्जा, पर्यटन, साना तथा मझैला ब्यावसाय तथा कृषि क्षेत्रमा बिभिन्न खाले वित्तीय लगानी गरेर देशकै अर्थतन्त्रमा साकारात्मक प्रभाब हुने गरी काम गरिरहेको जानकारी गराएको छ । आइएफसी ट्रेड अवार्डको प्राप्ती सँगै यस बर्ष एनएमबि बैकले हाल सम्म तीन चर्चित अन्तर्राष्ट्रिय अवार्ड हात पारेको छ । जसमा द बैंक अफ द एयर २०१७– द फाइनान्सीयल टाईम्स, लण्डन र सर्टीफीकेट अफ मेरिट–फ्रस्ट एण्ड सुलिभान  रहेका छन् ।

सानिमा बैंकलाई पहिलो झड्का, राष्ट्र बैंकले गरायो २२ करोड रुपैयाँ प्रोभिजन

काठमाडौं । सानिमा बैंक लिमिटेडले असल भनेको २२ करोड रुपैयाँ बराबरको कर्जालाई राष्ट्र बैंकले खराब कर्जामा राखिदिएको छ । राष्ट्र बैंक उक्त कर्जाको १०० प्रतिशत प्रोभिजन गर्न निर्देशन दिने भएको छ । राष्ट्र बैंकको यस निर्णयले सानिमा बैंकको असार मसान्तको नाफालाई नकारात्मक प्रभाव पार्ने भएको छ । बैंकको खराव कर्जा शुन्यदशमलव ३९ प्रतिशत पुगेको छ । पुस मसान्तसम्ममा खराव कर्जा शुन्य दशमलव ०३ प्रतिशत थियो । राष्ट्र बैंकको निर्णयबारे आफूलाई कुनै जानकारी नभएको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए । सोमबार बसेको राष्ट्र बैंकको सञ्चालक समितिमा तीन वटा वाणिज्य बैंकको स्थलगत अध्ययन प्रतिवेदन पेश भएको छ । त्यसमा सानिमा बैंकको खराव कर्जामा २२ करोड प्रोभिजन गर्न लगाउने निर्णय भएको स्रोतले बतायो । त्यस्तै, बोर्डमा कृषि विकास बैंक र प्रभु बैंकको स्थलगत अध्ययन रिपोर्ट पनि पेश भएको छ । कृषि विकास बैंकका कर्मचारीको संलग्नतामा आर्थिक अनियमितता बढेको, कर्मचारीको प्रतिस्पर्धात्मक क्षमता कमजोर रहेको, प्रणालीगत समस्या धेरै रहेको अध्ययन रिपोर्टले औल्याएको छ । गलत काममा संलग्न करिव ४० जना कर्मचारीहरुलाई कृषि विकास बैंकले कारवाही गरेकोमा राष्ट्र बैंकले सकारात्मक रुपमा लिएको छ । प्रभु बैंकको खराव कर्जा अझै करिब साढे चार प्रतिशत देखिएको छ । बैंकको अन्य पक्षमा क्रमिक सुधार भए पनि पुराना र ठूला खराब कर्जा असुली सन्तोषजनक नभएको स्थलगत रिपोर्टमा लेखिएको स्रोतले बतायो ।