
काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको २१ औं वार्षिक साधारणसभा असार ५ गते पोखरमा हुने भएको छ ।
साधारणसभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ८.२६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
यस्तै सञ्चालक समितिले प्रस्ताव गरेको प्रतिसेयर ०.४३ प्रतिशत कर प्रयोजनका लागि लाभांश वितरणको प्रस्ताव पनि पारित गर्ने फाइनान्सले जनाएको छ । सो अवसरमा वित्तीय संस्थाको चुक्तापुँजी परिवर्तन र सञ्चालककको भक्ता वृद्धि गर्ने प्रस्ताव पारित गर्ने छ ।