एशियन लाईफ इन्स्योरेन्स र कैलाश विकास बैंकबीच बैंक्यासुरेन्स सम्झौता
काठमाडौं । एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड र कैलाश विकास बैंक लिमिटेडबीच बैंक्यासुरेन्स सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा एशियन लाईफ ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र कैलाश विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात बैंकका शाखाहरुबाट समेत एशियन लाईफले प्रचलनमा ल्याएका सावधिक र म्यादी गरी १८ वटा जीवन बीमा योजनाहरु खरिद गर्न सहजता प्रदान गर्नेछ । अब एशियन लाईफका बीमा योजनाहरु तथा बीमा सेवाहरु सजिलैसँग कैलाश विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट लिन सकिने छ ।
एनआईसी एशिया बैंक र एनसीएचएलबीच सम्झौता, एक लाखसम्मको राजश्व भुक्तानी गर्न सकिने
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड(एनसीएचएल)बीच कनेक्ट आईपीएस प्रणालीको संचालन गर्ने सम्बन्धी सम्झौता भएको छ । कम्पनीसँगको सहकार्यमा बैंकले १ लाख रुपैयाँसम्मको राजश्व भुक्तानी गर्न सकिने सेवा संचालनमा ल्याएको छ । सम्झौता अन्तर्गत यस बैंकमा खाता रहेका ग्राहकहरुले छिटो, छरितो, सरल एवं सुबिधायुक्त रुपमा आफ्नो खाताबाट ई-पेमेन्ट मार्फत भुक्तानी गर्न सक्नेछन् । सो सुबिधा उपयोग गर्न बैंकका ग्राहकहरुले एक पटकका लागि आफ्नो खाता नं. एनसीएचएल को ई-पेमेन्ट सम्बन्धी वेबसाइटमा दर्ता गराई सो को फारम डाउनलोड गरी यस बैंकको कुनै पनि शाखामा गई रुजु गराउनु पर्नेछ । फारम रुजु भए पश्चात १ लाख रुपैयाँसम्मको राजश्व कुनै पनि समयमा नेपाल सरकारको पेजमा लगइन गरी राजश्व भुक्तानी गर्न सकिनेछ । कम्पनीका अनुसार सो सम्बन्धी विस्तृत विवरण एनसीएचएलको वेबसाइटबाट समेत प्राप्त गर्न सकिने छ । ग्राहकको सुविधालाई मध्यनजर गर्दै डिजिटल भुक्तानी प्रणाली अन्तर्गत यस्ता सुविधाहरुलाई भविष्यमा अझ थप गर्दै लैजाने बैंकले विश्वास लिएको छ । हाल बैंकले २१६ शाखा कार्यालयहरु, २०३ एटिएम ६ वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
प्राथमिक पुँजी धेरै हुनेमा कृषि विकास र कम हुनेमा एनसीसी बैंक, हेर्नुस कसको कति
काठमाडौं । सरकार स्वामित्वको कृषि विकास बैंकको सबैभन्दा बढी प्राथमिक पुँजी (कोर क्यापिटल) रहेको छ । कृषि विकासको २३ अर्ब १३ करोड ४० लाख रुपैयाँ प्राथमिक पुँजी रहेको छ । सबैभन्दा कम प्राथमिक पुँजी हुनेमा नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंक रहेको छ । एनसीसीको प्राथमिक पुँजी ७ अर्ब ४९ करोड ९० लाख रुपैयाँ छ । एनसीसीले न्युनतम चुक्तापुँजी पुर्याउन नसक्दा सबैभन्दा कम देखिएको हो । निजी क्षेत्रको सबैभन्दा बढी प्राथमिक पुँजी हुनेमा नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ । नेपाल इन्भेष्टमेन्टको २० अर्ब ९ करोड, नविल बैंकको १६ अर्ब १३ करोड, एभरेष्ट बैंकको १३ अर्ब ७२ करोड, नेपाल बैंकको १३ अर्ब ८२ करोड र राष्ट्रिय वाणिज्य बैंकको १२ अर्ब ७४ करोड रुपैयाँ रहेको छ । यसैगरी स्ट्याण्डर्ड चाटर्ड बैंकको १२ अर्ब ६२ करोड, हिमालयन बैंकको १२ अर्ब ९६ करोड रुपैयाँ छ । ग्लोबल आईएमई बैंकको ११ अर्ब ८४ करोड, नेपाल एसबीआई बैंकको ११ अर्ब ७८ करोड, एनएमबी बैंकको ११ अर्ब ७४ करोड, सिद्धार्थ बैंकको ११ अर्ब, बैंक अफ काठमाण्डुको ११ अर्ब १५ करोड रहेको राष्ट्र बैंकले जनाएको छ । एनआईसी एसिया बैंकको १० अर्ब ६७ करोड, नेपाल बंगलादेश बैंकको १० अर्ब ९२ करोड रुपैयाँ प्राइम कमर्शियल बैंकको १० अर्ब ५६ करोड, सनराइज बैंकको १० अर्ब १८ करोड, माछापुच्छ्रे बैंकको ९ अर्ब ७० करोड, कुमारी बैंकको ८ अर्ब ९७ करोड, लक्ष्मी बैंकको ९ अर्ब ९४ करोड, सिटिजन्स बैंकको १० अर्ब, प्रभु बैंकको १० अर्ब ४० करोड रुपैयाँ छ । यसैगरी मेगा बैंकको ९ अर्ब ९ करोड, सिभिल बैंकको ८ अर्ब ७१ करोड, सेञ्चुरी कमर्शियल बैंकको ९ अर्ब २१ करोड र सानिमाको ९ अर्ब ५३ करोड रुपैयाँ छ । चुक्तापुँजी, संचितकोष ९रिजर्भ० प्रस्तावित बोनस सेयर, सेयर प्रिमियम, साधारण जगेडा कोष, संचित नाफा–नोक्सान, पुँजी समायोजन कोष र अन्य स्वतन्त्र कोष जोडेर प्राथमिक पुँजीको गणना गरिन्छ । प्राथमिक पुँजी ८ अर्ब रुपैयाँ पुग्नेले विदेशी बैंक तथा वित्तीय संस्थाबाट बढीमा २ अर्ब रुपैयाँसम्म परिवत्र्य मुद्रामा लगानी ल्याउन पाउने छन् । २८ वाणिज्य बैंकको प्राथमिक पुँजी ३ खर्ब २७ अर्ब ७२ करोड रुपैयाँ छ । वाणिज्य बैंकहरुले विदेशबाट ७८ अर्ब रुपैयाँ बराबर विदेशबाट ऋण लिन पाउने छन् ।