विभिन्न गाउँपालिकामा नबिल बैंकको थप १२ वटा शाखा, अर्थमन्त्री खतिवडाद्धारा उद्घाटन

काठमाडौं । नबिल बैंकले विभिन्न ग्रामिण नगरपालिकाहरुमा स्थापना भएका आफ्नो थप १२ नयाँ शाखाहरुको आधिकारिक उद्घाटन गरेको छ । सो शाखाहरु प्रदेश नं. ५, कर्णाली प्रदेश, प्रदेश नं ७ स्थित निम्न लिखित स्थानहरुमा रहेका छन् । मंगलबार एक औपचारिक कार्यक्रमबीच अर्थमन्त्री डा.युवराज खतिवडाले सोे मात्राको शाखाको इलेक्ट्रनिक उद्घाटन गरेका छन् । कार्यक्रममा नबिल बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालले यी विकट गाँउपालिकाहरुमा १२ नयाँ शाखाहरुबाट सेवा प्रदान गर्न पाउँदा खुशी लागेको बताएका छन् । बैंकले एक स्थानीय तहमा एउटा वाणिज्य बैंकको शाखा होस् भन्ने भावनाले ती ठाउँमा बैंकले ग्राहक सुविधा उपलब्धताको लागि शाखा संचालनमा ल्याएको उनले बताए । बैंकको थप नयाँ शाखाहरुबाट ग्राहकहरुले सम्पूर्ण बैंकिङ्ग सुबिधाहरु प्राप्त गर्न सक्ने बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले जानकारी दिएका छन् । बैंकले समाजका विभिन्न तह र तप्काका बढि भन्दा बढि ग्राहकहरुलाई उपलब्ध गराउने उद्देश्य अनुरुप देशका विभिन्न ठाउँमा आफ्नो शाखा कार्यालयको संजाल बढाउदै लगिरहेको उनले बताए । बैंकले हाल ७४ वटा शाखा, ११५ वटा एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका मार्फत् सेवा प्रदान गर्दै आएको छ । बैंकको नयाँ शाखा

कामना सेवा विकास बैंकको अध्यक्षमा सुदिप आचार्य, सञ्चालकमा ६ जना नियुक्त

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको अध्यक्षमा सुदिप आचार्य नियुक्त भएका छन् । बैंकको गत सोमबार(हिजाे) सम्पन्न सञ्चालक समितिको बैठकले आचार्यलाई उक्त पदमा नियुक्त गरेको हो । साथै, सोही मितिमा सम्पन्न कम्पनीको ११औँ वार्षिक साधारणसभाले संस्थापक र साधारण समूहबाट गरी ६ जनालाई सञ्चालकमा निर्वाचित गरेको छ । सभाले संस्थापक समूहको अन्तर्गत ३ जना संचालकहरु सुदिप आचार्य, भिमप्रसाद तुलाचन र चतुराखर अतिकारी निर्वाचित भएका छन् । त्यस्तै, सर्वसाधारण समूह अन्तर्गत ३ जना संचालकहरु देवकृष्ण काफ्ले, विश्वेस्वर सुवेदी र वलराम बराल निर्विरोध निर्वाचित भएका छन् । सो साधारणसभा पश्चात बसेको संचालक समितिको २५३औँ बैठकले संचालक समितिको अध्यक्षमा आचार्यलाई सर्वसम्मत चयन गरेको बैंकले जनाएको छ ।

रिलायन्स फाइनान्सको संस्थापक सेयर लिलामीमा, असार १६ गतेसम्म बोलपत्र पेश गर्नुपर्ने

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको संस्थापक सेयर लिलामी हुने भएको छ । निष्कासन गर्दा बिक्री नभएको ३ लाख १ हजार २७४ कित्ता संस्थापक खरिदका लागि साउन ८ गते बोलपत्र पेश खुला हुने भएको छ । अन्तिम मिति साउन १६ गतेलाई तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीले यसअघि बिक्री हुन बाँकी ५लाख ३५ हजार ३१४ कित्ता हकप्रद लिलाम गर्दा पनि बिक्री नभएपछि पुनः लिलाम गरिएको सनराइजले जनाएको हो । न्युनतम १ हजारदेखि सबै खरिदका लागि बोलपत्र पेश गर्न सकिने सनराइजले जानकारी दिएको छ ।