कामना सेवा विकास बैंकको अध्यक्षमा सुदिप आचार्य, सञ्चालकमा ६ जना नियुक्त

<p>काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको अध्यक्षमा सुदिप आचार्य नियुक्त भएका छन् । बैंकको गत सोमबार(हिजाे) सम्पन्न सञ्चालक समितिको बैठकले आचार्यलाई उक्त पदमा नियुक्त गरेको हो । साथै, सोही मितिमा सम्पन्न कम्पनीको ११औँ वार्षिक साधारणसभाले संस्थापक र साधारण समूहबाट गरी ६ जनालाई सञ्चालकमा निर्वाचित गरेको छ । सभाले संस्थापक समूहको अन्तर्गत ३ जना संचालकहरु [&hellip;]</p>

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको अध्यक्षमा सुदिप आचार्य नियुक्त भएका छन् । बैंकको गत सोमबार(हिजाे) सम्पन्न सञ्चालक समितिको बैठकले आचार्यलाई उक्त पदमा नियुक्त गरेको हो ।

साथै, सोही मितिमा सम्पन्न कम्पनीको ११औँ वार्षिक साधारणसभाले संस्थापक र साधारण समूहबाट गरी ६ जनालाई सञ्चालकमा निर्वाचित गरेको छ । सभाले संस्थापक समूहको अन्तर्गत ३ जना संचालकहरु सुदिप आचार्य, भिमप्रसाद तुलाचन र चतुराखर अतिकारी निर्वाचित भएका छन् । त्यस्तै, सर्वसाधारण समूह अन्तर्गत ३ जना संचालकहरु देवकृष्ण काफ्ले, विश्वेस्वर सुवेदी र वलराम बराल निर्विरोध निर्वाचित भएका छन् ।

सो साधारणसभा पश्चात बसेको संचालक समितिको २५३औँ बैठकले संचालक समितिको अध्यक्षमा आचार्यलाई सर्वसम्मत चयन गरेको बैंकले जनाएको छ ।

Share News