लगानीकर्ता एनएमबी बैंकको बोनस सेयरमा लोभिए, सबैभन्दा बढी कारोबार
काठमाडौं । लगानीकर्ता बोनस सेयरमा लोभिदा मंगलबार एनएमबी बैंकको सबै भन्दा बढी कारोबार भएको छ । एनएमबीले गत आर्थिक वर्षमा गरेको नाफाबाट लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव साधारणसभामा पेश गर्दैछ । बिहीबारसम्म किन्ने मात्र बोनस सेयर पाउने भएपछि लगानीकर्ताले लोभिएका हुन् । बैंकको २२ औं साधारणसभा साउन ३१ गते हुने भएको छ । बिहीबारसम्म सेयर खरिद गर्नेले सो १५ प्रतिशत बोनस सेयर पाउने छन् । एनएमबीको प्रतिकित्ता ३६४ रुपैयाँमा ७८ लाख ७८ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बैंकले पुँजी बढाउन प्रतिकित्ता ३३३ रुपैयाँमा एफपीओ निष्कासन गरेको थियो । एफपीओमा लगानी गर्नेले प्रतिसेयर ३० रुपैयाँ बढी र थप बोनस पाउने भएपछि लगानीकर्ता लोभिएका हुन् । सभाले बैंकले प्रस्ताव गरेको चुत्तापुँजी बढाउन १ अर्ब १४ करोड ४ लाख रुपैयाँ बराबरको बोनस सेयर स्वीकृति गर्ने छ । बोनस सेयर स्वीकृतिपछि चुत्तापुँजी बढेर ८ अर्ब ७४ करोड रुपैयाँ पुग्ने छ । बैंकले एफपीओ जारी गरेर चुत्तापुँजी ७ अर्ब ६० करोड ३२ लाख रुपैयाँ पुर्याएको छ ।
मेगा बैंकका ग्राहकलाई ग्राण्डी अस्पतालमा विशेष छुट, १५०० मै ११ वटा सेवाको प्याकेज पाउने
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल लिमिटेडको उपचार सेवामा विशेष छुट पाउने छन् । दुई कम्पनीबीच सेवा आदान प्रदान सम्बन्धी सम्झौता भएपछि बैंकका ग्राहकले उक्त छुट पाउने भएका हुन् । सम्झौता पत्रमा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र ग्राण्डी अस्पतालका व्यापार तथा बजार प्रमुख प्रतीक तिवारीबीच हस्ताक्षर भएको छ । सम्झौतापत्रमा मेगा बैंकका कर्मचारी, ग्राहक र उनीहरुका परिवारलाई विभिन्न स्वास्थ्य सेवा र सुविधा प्रदान गरिने उल्लेख छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले १५ सय रुपैयाँ तिरेर ११ वटा स्वास्थ्य सेवाको प्याकेज पाउने भएका छन् । प्याकेजमा सीबीसी, ब्लड सुगर फास्टिङ, सम्पूर्ण कोलेस्टोरेल, क्रेटेनाइन, युरिन टेस्ट, एसजीओटी, एकजीपीटी, चेस्ट एक्सरे, इसीजी, चिकित्सक परामर्श र रजिष्ट्रेशन कार्ड रहेका छन् । यसैगरी, मेगा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले उपचारमा साँढे ७ प्रतिशत छुट पाउने भएका छन् । ग्राण्डी अस्पतालले उपचारका लागि आकस्मिक रुपमा हेलिकप्टर प्रयोग गर्नुपर्दा मेगाका ग्राहकवर्ग र उनीहरुको परिवारलाई प्राथमिकता दिने सम्झौता भएको छ ।
एनसीसी बैंकको सेयर मूल्य समायोजन, घटेर १८७ रुपैयाँ
काठमाडौं । पुँजी बढाउन ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएपछि नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) बैंकको सेयर मूल्य २६५ रुपैयाँबाट घटाएर १८७ रुपैयाँ कायम गरेको छ । सेयर कारोबार घटेर प्रतिकित्ता १८२ रुपैयाँमा झरेको छ । बैंकले चुक्तापुँजी बढाउन २ अर्ब ३३ करोड ९५ लाख २९ हजार १०० रुपैयाँ बराबरको २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन असोज ७ गतेसम्म हुने निष्कासन हुने छ ।