एनआईसी एशियाका ग्राहकलाई ओम हस्पिटलमा उपचार गराउँदा १० प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुले ओम हस्पिटलमा उपचार गराउँदा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । सोमबार दुई संस्थाबीच बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्ड वाहक तथा बैंकका सम्पूर्ण ग्राहकहरुलाई हस्पिटलमा उपचार गराउँदा सो मात्राको छुट दिने सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका चिफ मार्केटिङ्ग अफिसर जयन्द्र रावलर हस्पिटलको तर्फबाट ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका म्यानेजिङ्ग डाइरेक्टर बाबुकाजी कार्कीले हस्ताक्षर गरेका छन् ।

एचआईडीसीएलले हकप्रद सेयर सूचना सार्वजनिक गर्न ढिलाइ गरेपछि नेप्सेले सोध्यो स्पष्टिरण

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड (एआईडीसीएल) ले हकप्रद सेयर निष्कासन प्रस्तावको सूचना ढिलो प्रकाशित गरी बजारमा चलखेल गरेको भन्दै नेपाल स्टक एक्चेन्ज लिमिटेड (नेप्से) ले सोमबार स्पष्टिकरण सोधेको छ । नेप्सेले गत शुक्रबार सञ्चालक समितिले १०० प्रतिशत हकप्रद सेयर निष्कासनको निर्णय गरेर सोमबारमात्र सूचना पठाएर बजारमा चलखेल गरेको आशंकामा एचआईडीसीएलसंग स्पष्टिकरण सोधेको हो । हकप्रदको निर्णय गर्नु अगावै सूचना बाहिरिदा दोस्रो बजारमा भित्री कारोबार (इन्साईडर ट्रेडिङ्ग) गर्न मद्धत पुर्याएको आरोप नेप्सेको छ । सुचिकरण शाखाले यस विषयमा अध्ययन गरिरहेको नेप्सेका प्रवत्ता मुराहरि पराजुलीले बताए । अध्ययनपछि मात्र भित्री कारोबार भए वा नभएको थाहा पाइने उनको भनाई छ । “स्पष्टिकरण सोध्ने कुरा भएको थियो । पठाएकी पठाएन बुझन बाँकी छ”उनले भने । साउन ७ गतेदेखि नै कम्पनीको कारोबार र सेयर मूल्य दुबै निरन्तर बढ्दै आएको छ । कम्पनीको सेयरमूल्य प्रतिकित्ता १५४ रुपैयाँबाट बढेर १७६ रुपैयाँसम्म पुगेको छ । चित्तबुझदो जवाफ नआए नेप्सेले कम्पनीको कारोबार रोक्का समेत गर्न सक्छ ।

भूकम्प पीडितको सम्पत्ति लिलामी नगर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले भूकम्प पीडितको घरजग्गा लिलामी नगर्ने बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाले कर्जा लिएको २ वर्षमै धमाधम घरजग्गा लिलामी गर्न थालेपछि केन्द्रीय बैंकले सोमबार निर्देशन जारी गरी रोक्न भनेको छ । राष्ट्र बैंकले अर्को ब्यवस्था नभएसम्म भूकम्प पीडितको लिलाम नगर्न निर्देशन दिएको हो । भूकम्प पीडितलाई दिने सहुलियत कर्जाको अवधि न्युनतम ५ र १० वर्षसम्म तोकिएको छ । राष्ट्र बैंकले बैंकहरुलाई शुन्य ब्याजमा पुनर्कर्जा दिने व्यवस्था गरेको छ । सो रकम भूकम्प पीडितले २ प्रतिशत ब्याजमा मा पाउने ब्यवस्था गरिएको छ । यो व्यवस्था अनुसार हालसम्म १ अर्ब ७७ करोड रुपैयाँ कर्जा प्रवाह भएको केन्द्रीय बैंकले जनाएको छ । उपत्यकामा २५ लाख र बाहिर १५ लाख रुपैयाँसम्म ऋण पाउने व्यवस्था गरिएको छ ।पुनरकर्जाको अवधि १ वर्षको हुने र पछिल्लो १ वर्ष थप्ने व्यवस्था भएपछि बैंकले धमाधम लिलामी गर्न थालेका हुन् ।