
एजेन्सी । भारतमा आवास कर्जा (होमलोन) र सवारी कर्जा (कार लोन) को ब्याजदर बढेको छ । भारतीय रिजर्व बैंकले ब्याजदर बढाएपछि होम र कार लोनमा बढने भएको हो । ऋण लिनेले मासिक किस्ता (ईएमआई) बढी बुझाउनु पर्नेछ ।
यसले कार र आवासको मूल्य बढाउने छ । केन्द्रीय बैंकले रिपो दर ०.२५ विन्दुले बढेपछि कर्जाको ब्याजदर बढेको फाइनान्सियल एक्सप्रेसले जनाएको छ । रिजर्व बैंकले मौद्रिक नीतिको बुधबार समीक्षा गर्दै रिपोदर बढाएर ६.५० पतिशत पुर्याएको छ ।
यसअघि ब्याजदर ६.२५ प्रतिशत थियो । केन्द्रीय बैंकले ब्याजदर बढाएपछि फाइनान्सियल एक्सप्रेसले ऋण लिनेका लागि नराम्रो समाचार भनेर टिप्पणी गरेको छ ।