निर्धन उत्थान लघुवित्तको ४२ प्रतिशत लाभांश दिने प्रस्ताव
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई ४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । संस्थाले गत आर्थिक वर्षमा गरेको नाफाबाट २२.११ प्रतिशत अर्थात २२ करोड १० लाख रुपैयाँ र २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो । संस्थाको बिहीबार बसेको सञ्चालक समिति बैठकले लाभांश दिने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारणसभाबाट पारित भएपछि मात्र लाभांश वितरण हुने संस्थाले जनाएको छ ।
नबिल फाउण्डेशन र तिलगंगा अस्पताल बीचमा समझदारी
काठमाडौं। आँखाको नानीमा समस्या भएको कारण दृष्टिविहीन भएर रहनु परेका तथा आर्थिक अभावले गर्दा उपचार समेत पाउनबाट बञ्चित दृष्टिविहीनहरुको हितलाई मध्यनजर गर्दै नबिल फाउण्डेशन र तिलगंगा आँखा प्रतिष्ठानका बीचमा मिति २०७५/०६/०९ मा एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । यस समझदारीपत्र अनुसार सहयोग आवश्यक रहेको भनी तिलगंगा आँखा प्रतिष्ठानद्वारा सिफारिश गरिएका त्यस्ता व्यक्तिहरुमा आँखाको नानी प्रत्यारोपण गर्नका लागि नबिल फाउण्डेशनले तिलगंगा आँखा प्रतिष्ठान मार्फत गत वर्ष देखि आर्थिक सहयोग उपलब्ध गराउदै आएकोमा थप दुई वर्षको लागि उक्त सहयोग उपलब्द गराउने सम्झौता भएको छ । यस कार्यक्रमलाई “नबिल फाउण्डेशन सँगको सहकार्यमा तिलगंगाद्वारा सबैका लागि दृष्टि” भनी सम्बोधन गरिएको छ । सो कार्यक्रममा नबिल फाउण्डेशनका अध्यक्ष श्री दयाराम गोपाल अग्रवालले आँखा दान र प्रत्यारोपण जस्तो यस पवित्र अभियानमा फाउण्डेशनले केही सहयोग विस्तार गर्न सकेकोमा सन्तुष्टी व्यक्त गरेका थिए। नबिल बैंक सञ्चालक समितिका अध्यक्ष श्री शम्भु प्रसाद पौड्यालले नबिलल बैंकको संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्नका लागि नै नबिल फाउण्डेशनको स्थापना भएको र तिलगंगा आँखा प्रतिष्ठान जस्तो सम्मानित संस्थासँग सहकार्य गर्न पाउँदा गौरवको अनुभुति भएको समेत बताए। तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. श्री रीता गुरुङ्गले मानिसहरुलाई दृष्टिविहीन हुनबाट जोगाउन तिलगंगा आँखा प्रतिष्ठानले अनवरत प्रयास गरीरहेको र यसमा अझै धेरै कार्य गर्न बाँकी रहेको सन्दर्भमा नबिल फाउण्डेशनले यस पवित्र कार्यमा सहयोगका हातहरु अघि बढाएको भन्दै सहयोगको प्रशंसा गरेकी थिईन्। साथै, वरिष्ठ नेत्ररोग विशेषज्ञ डा.श्री सन्दुक रुईतले समेत फाउण्डेशनको यस कार्यको सह्राना गरेका थिए।
भैरवकुण्ड हाइड्रोपावरले ऋण तिरेन, लिलामी गर्ने बैंकको चेतावनी
काठमाडौं । निजी लगानीमा निर्माण भएको भैरवकुण्ड हाइड्रोपावर लिमिटेडलाई बैंकले लिलाम गर्ने अवस्थामा पुगेको छ । कर्जा नतिरेपछि आयोजना नै लिलामी हुने अवस्थामा पुगेको हो । सहवित्तीयकरण अन्र्तगत कर्जा प्रवाह गरेको ५ वटा बैंक तथा वित्तीय संस्थाले ३५ दिनभित्र कर्जा चुत्ता गर्न आउन सार्वजनिक सुचना जारी गरेका छन् । सो अवधिमा कर्जा चुत्ता नगरे कालो सुचिमा राखेर लिलामीको काम सुरु गर्ने बैंकहरुले आयोजनालाई चेतावनी दिएका छन् । सानिमा बैंकको अगुवाइमा आयोजनामा ऋण लगानी भएको हो । शुक्रबार बैंक सानिमा अतिरित्त बैंक अफ काठमाण्डु, एनएमबी बैंक, मञ्जुश्री फाइनान्स लिमिटेड र ग्लोबल आईएमई बैंकले संयुत्त रुपमा सुचना प्रकाशित गरी कर्जा तिर्न आउनु भनेका हुन् । बैंकहरुले संस्थागत लगानीकर्ता सामना मल्टिपल इन्भेष्टमेन्ट, सुविधा शक्ति इन्भेष्टमेन्ट कम्पनी, एनएनके ग्रुप, मल्ली मर्चेन्ट एन्ड इन्भेष्टमेन्ट मल्टिपल इन्भेष्टमेन्ट कम्पनी र श्री लालिगुराँश वहुउद्धेश्य सहकारी संस्था रहेको बैंकले जनाएको छ । भैरवकुण्डले ३ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण तथा सञ्चालन गरेको छ । आयोजनाले २०७१ जेठदेखि विद्युत उत्पादन शुरू गरेको हो । सिन्धुपाल्चोकको जुरेमा गएको पहिरो र ०७२ को वैशाखको भूकम्पले आयोजनामा पुर्याएको क्षतिलाई पुनर्निर्माण गरेको छ ।कम्पनीले जुरे पहिरो र भूकम्पका कारण १२ करोड १६ लाख रुपियाँभन्दा बढीको क्षति भएको जनाएको छ । निर्माण सम्पन्न भएर पुनः सञ्चालन हुँदासम्म परियोजनाको लागत ७२ करोड ८८ लाख रुपियाँ लाग्ने बताइएको छ। निष्कासन गर्ने भएको छ । ६५ करोड चुक्ता पुँजी रहेको कम्पनीले हालसम्म ७३ करोड रुपैयाँ लगानी गरिसकेको छ ।