एनआईसी एशिया बैंकले १० प्रतिशत लाभांश दिने, प्रतिसेयर आम्दानी ३६ रुपैयाँ
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई १०.५२६ प्रतिशत लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७४/०७५ को लागि १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव शुक्रबार बसेको बैंकको ३७७औँ सञ्चालक समितिको बैठकले गरेको हो । समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृती तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीलाई सो लाभांश वितरण गरिने छ । बैंकले आर्थिक वर्ष २०७४/०७५ मा कर्जा सापटीतर्फ ६१ प्रतिशतले वृद्धि गरी १३९ अर्ब तथा निक्षेप तर्फ ५८ प्रतिशतले वृद्धि गरी १६३ अर्ब रुपैयाँ संकलन गरेको छ । साथै, सो अवधिमा बैंकको नाफा १७० प्रतिशतले बढेर ७५ करोड ५३ लाख रुपैयाँ पुगेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले बताएका छन् । बैंकको प्रतिसेयर आम्दानी ३६.७८ रुपैयाँ रहेको छ ।
लाखौं मध्यम वर्गका मानिसकाे करोडाैं रुपैंया शेयरबजारमा डुबिसकेको छ : शेखर गोल्छा
शेखर गाेल्छा काठमाडौँ । नेपाल उद्याेग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गाेल्छाले मध्यमवर्गीय व्यक्तिहरुकाे कराेडाैं रुपैंया शेयर बजारमा डुबेकाे भन्दै प्रतिपक्षिलार्इ जनताकाे सम्पत्तिकाे रक्षा गर्नेगरी सरकारलार्इ घच्घच्याउन अाग्रह गरेका छन् । बिहीबार नेपाल उद्योग वाणिज्य महासंघमा अायाेजित काँग्रेसकाे नयाँ अार्थिक एजेन्डा निर्माणका लागि उद्याेगीहरुसँग सुझाव संकलन गर्न अायाेजित कार्यक्रममा बोल्दै उपाध्यक्ष गाेल्छाले सरकारी नीति र व्यवहार नै निजी क्षेत्रमैत्री नभएकाे गुनासाे गरेका छन् । यसले गर्दा हाम्रो अर्थतन्त्र झन गरिब हुँदै गएकाे उनकाे भनार्इ थियाे । उनले नेपालमा उद्योग सञ्चालका लागि बैंकमा भएको तरलता, ढुवानी खर्च धेरै र विदेशबाट लगानीभन्दा पनि विकृति आउनुका कारणले नेपालमा उद्योग सञ्चालन र उद्योग स्थापनाका लागि समस्या भएको बताएका छन् । काँग्रेसले वर्तमान सरकारकाे नीति र व्यवहारकाे कारणले अार्थिक क्षेत्रमा कस्ताे प्रभाव पारेकाे छ भन्ने सम्बन्धमा व्यवसायी एवं विज्ञहरुसँग सुझाव संकलन सुरु गरेकाे छ । बुधबार विज्ञहरुसँग छलफल गरेकाे काँग्रेसले बिहीबार अाफूनिकट चेम्बरका पदाधिकारीहरुसँग छलफल गरेकाे थियाे । साे कार्यक्रममा महासंघका अध्यक्ष भवानी राणासहित दर्जनाैं व्यवसायीहरुकाे सहभागिता थियाे । काँग्रेसले महासमिति बैठककाे पूर्वसन्ध्यामा अार्थिक क्षेत्रका व्यक्तिहरुसँग छलफल गरेकाे हाे । छलफलका क्रममा काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्का, सह महामन्त्री प्रकाशशरण महत लगायतले उद्याेगीहरुसँग काँग्रेसले प्रतिपक्षकाे फाेरमबाट सरकारमाथि दिनुपर्ने दवावबारे सुझाव दिन अाग्रह गरेकाे थियाे ।
बैंक अफ काठमाण्डूको नाफा १५ करोडले वृद्धि
काठमाडौं । बैंक अफ काठमाण्डूको नाफा १५ करोडले वृद्धि भएको छ । गत आर्थिक बर्षको पहिलो त्रैमासिकमा २२ करोड नाफा कमाएको बैंकले यसपाली ३७ करोड कमाएको हो । बैंकले ३० करोड ब्याज आम्दानी बढाउन सफल भएको छ । गत आवको असोज मसान्त अवधीमा ५७ करोड खुद ब्याज आम्दानी गरेको बैंकले यसपाली ८७ करोड पुर्याएको छ । तीन महिनामा ३ अर्ब निक्षेप वृद्धि गरेको बैंकले कर्जा भने ४ अर्बले बढाएको छ । ७ अर्ब ७ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ९६ करोड रुपैंयाँ रहेको छ । बैंकको आधार ब्याजदर १०.६२ प्रतिशत छ भने खराब कर्जा १.६१ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी भने २२.०२ रुपैंयाँ रहेको छ ।