कामना सेवाले गर्याे वैदेशिक मुद्रा सटही सेवा शुरुवात

काठमाडौं । कामना सेवा विकास बैंकले मुख्य कार्यालयबाट वैदेशिक मुद्रा सटही सुविधाको शुरु गरेको छ । काठमाडौं महानगरपालिका वडा नं. ३० बैंकबाट संचालक समितिका अध्यक्ष सुदीप आचार्य र सदस्य विशेश्वर सुवेदीले संयुक्त रुपमा उक्त कार्यक्रमको शुभारम्भ गरेका हुन् । बैंकको मुख्य शाखा ज्ञानेश्वर, भैरहवा, सृजनाचोक पोखरा, दमौली, नारायणगढ लायन्स चोक र बुटवल शाखाबाट यो सुविधा लिन सकिने छ । साथै, निकट भविष्यमा बैंकका सबै शाखाहरुबाट समेत उक्त सुविधा प्रदान गर्ने लक्ष्य रहेको बैंकका अध्यक्ष आचार्यले बताए । हाल देशभरि ८१ वटा शाखा तथा ३६ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै, बैंकले एविविएस्, इन्टरनेट व्याकिङ्ग, मोबाइल व्याकिङ्ग, सि एएस्विए लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

सिभिल बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच कारोबार सम्बन्धी सम्झौता

काठमाडौं । सिभिल बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच विप्रेषण कारोबार सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा सिभिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृति गोविन्द गुरुङ र भाटभटेनी मनी ट्रान्सफरको तर्फबाट प्रबन्ध निर्देशक राजनकुमार अमात्यले हस्ताक्षर गरेका हुन् । सो सम्झौता अनुसार भाटभटेनी ग्रुपद्धारा प्रबद्धधित भाटभटेनी मनी ट्रान्सफरको विप्रेषण सेवा सिभिल बैंकको ७२ वटै शाखाहरुबाट सजिलो तरिकाले प्राप्त गर्न र पठाउन सकिने व्यवस्था रहेको छ । साथै यो सेवा नेपालभर रहेका भाटभटेनी सुपर मार्केटहरुमा विस्तार गर्ने तयारी रहेको निर्देशक अमात्यले जानकारी दिए ।

सिद्धार्थ बैंकको शाखा सहित एटिएम अब सोलुखुम्बुको लुक्लामा

काठमाडौं । सोलुखुम्बुको लुक्लास्थित खुम्बु पासाङल्हामु गाउँपालिकामा सिद्धार्थ बैंकको नयाँशाखा सञ्चालन भएको छ । सगरमाथाको आरोेहण गर्न आउने पर्यटकहरूको घुइँचो रहने हुनाले सिद्घार्थ बैंकले सर्वसुलभ रूपमा देश तथा विदेशका पर्यटकहरू तथा उक्त क्षेत्रका सर्वसाधारण लगायत उद्यमीे माझ सबै प्रकारका बैंकिङ्ग सेवा पुर्याउने  उद्देश्यले शाखा सञ्चालनमा ल्याएको हो । त्यस्तै बैंकको एटिएम र पिओएस् मा मास्टरकार्ड र भिसा कार्डहरुबाट सजिलै कारोबार गर्न सकने बैंकले जनाएको छ । साथै बैंकिङ्ग प्रणालीलाई थप प्रविधि मैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाताखोल्न सकिने सुविधा ल्याएको छ जसले गर्दा ग्राहकहरुलाई थप सुविधा पुग्ने बैंकले जनाएको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले हालै सञ्चालनमाआएको शाखा सहित बैंकले देशभर १४९ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १६० एटिएम र १,२०० भन्दा बढी लाई प्रदान गर्दै आएका छन् ।