१७.१६ अंकले बढ्यो नेप्से, एनआईसी एशियाका लगानीकर्तालाई सबैभन्दा बढी नाफा

काठमाडौ । साताको पहिलो दिन आईतबार नेप्से परिसूचक १७.१६ अंकले बढेको छ । १.४७ प्रतिशतले बढ्दा नेप्से परिसूचक ११८२.३६ बिन्दुमा पुगेको हो । आईतबार सेयर बजारमा १६८ कम्पनीले सेयर कारोबार गरेका छन् । १८ लाख ८७ हजार ३ सय ७३ कित्ता सेयर खरिद बिक्री हुँदा ५४ करोड ३९ लाख ५५ हजार ६ सय ४२ रुपैयाँको कारोबार भएको छ । बजार बढेको दिन नेप्सको ५ समूह हरिया भए भने बाँकी राताम्मे भएका छन् । बैंक समूह २८.१९, होटल समूह १३, विकास बैंक समूह १४.९९, वित्त समूह १.७८, जीवन बीमा समूह ०.१२, अंकले बढेका छन् । यता, जलविद्युत समूह २.७५, निर्जीवन बीमा समूह १९.२१, उत्पादन मूलक ५.८२ र लघुवित्त समूह ०.९५ अंकले घटेका छन् । एनआईसी एशिया बैंकका लगानीकर्ताले ६.३६ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् । यस्तै, यूनिर्भसल पावर कम्पनी लिमिटेडका लगानीकर्ताले ९.२५ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

हावाहुरी पीडितलाई सहयोगी विकास बैंकको १ लाख ११ हजार सहयोग

काठमाडौँ । सहयोगी विकास बैंकले चैत १७ गते सांझ आएको बिनाशकारी हावाहुरीबाट पीडितहरुलाई एक लाख एघार हजार एक सय एघार रुपैयाँ सहयोग गरेको छ । प्रदेश न. २, मुख्यमन्त्री राहत कोषमा जम्मा हुने गरी सो रकम बराबरको चेक प्रदेश नं. २ का अर्थमन्त्री बिजयकुमार यादबलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

जनता बैंक १० औं वर्षमा, सामाजिक उत्तरदायित्वका विविध कार्यक्रम आयोजना

काठमाडैं । जनता बैंक नेपाल लिमिटेड ९ वर्ष पुरा गरि १०औं वर्षमा प्रवेश गरेको छ । दशौं वर्ष प्रवेशको अवसरमा बैंकले समाज प्रतिको दायित्व पुरा गर्न विभिन्न कार्यक्रम आयोजना गरेको छ । बैंकले चैत्र २३ गते बैकिङ्ग साक्षरता सम्बन्धी चेतना मुलक ब्यानर र प्लेकार्ड सहिते प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । त्यसमा बंैक संचालक समितिका अध्यक्ष, संचालकहरु, र काठमाडौं उपत्यकाका शाखामा रहेका सबै कर्मचारीहरुको सहभागिता रहेको थियो । यस्तै प्रकारको प्रभातफेरी कार्यक्रम उपत्यका बाहिर रहेका अन्य शाखाहरुमा पनि सम्पन्न गरिएको बैंकले जनाएको छ । त्यस्तै, बैंकले देशको ग्रामिण क्षेत्रमा रहेका महिलाहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरि जनता बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘स्वस्थ्य नारी पहल’ अभियान संचालन गर्दै नारीहरुको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको छ । यसै लक्ष्यलाई अवलम्बन गर्दै १०औं बर्ष प्रवेशको अवसरमा मिति २०७५÷१२÷२३ मा कुन्तावेशी शाखा, काभे्रपाल्चोकमा निःशुल्क बृहत स्वास्थ्य शिविरको आयोजना गरेको छ । स्वास्थ्य शिविरमा १९६ जना महिलाहरुले स्त्री तथा प्रसुति रोग सम्बन्धि स्वास्थ्य परिक्षण गराएका छन् । यसैगरी केन्द्रिय कार्यालय, सेन्ट्रल बिजनेस पार्क, थापाथलीमा निःशुल्क थायोराइट, सरभाईकल क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धित परिक्षण शिविर राखिएकोमा २६७जनाले सेवा लिएका थिए । साथै सुर्खेत शाखा,विरेन्द्रनगर सुर्खेतमा निःशुल्क दन्त परिक्षण शिविर राखिएकोमा २०० जनाले सेवा लिएका थिए, उनीहरुलाई निःशुल्क औषधि पनि वितरण गरिएको थियो । त्यस्तै रुपनी शाखा, सप्तरीमा गरिएको वृहत आँखा शिविरमा १३५ जनाको निःशुल्क मोतिविन्दुको अप्रेसन गरिनुका साथै निःशुल्क चस्मा पनि वितरण गरिएको थियो । वार्षिक उत्सवको अवसरमा बैंकले थापाथली, सुर्खेत, घोराही, नारायणघाट, पोखरा, भैरहवा, नेपालगञ्ज, धनगढी लगायतका शाखाहरुमा पनि वृहत रक्तदान कार्यक्रम राखिएको थियो । उक्त कार्यक्रमबाट १६० प्वाइन्ट रगत संकलन भएको बैंकले जनाएको छ । बैंकले हाल १२८ वटा शाखा कार्यालय, ९४ वटा एटिम, ५० शाखा रहित बैंकिङ्ग सञ्चालबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले रु. ७०.९४ अर्ब निक्षेप संकलन र रु. ६५.६९ अर्ब कर्जा लगानी गरेको छ ।