सिद्धार्थ बैंकको नयाँ शाखा कार्यालय वेसीशहरमा

काठमाडौं । सिद्घार्थ बैंकको नयाँ शाखा वेसीशहर शाखामा विस्तार भएको छ । उक्त शाखा कार्यलयको उद्घाटन वेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले गरेका हुन् । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले हालै बैंकले देशभर १४९ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६० एटिएम र १,२०० भन्दा बढी पिओएस् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकले नगद रहित कारोवार प्रवद्र्घन गर्न हालै क्यास ब्याक योजना सञ्चालनमा ल्याएको छ । यसै गरि कार्डको माध्यमबाट गरिने अनलाइन कारोबारलाई थप सुरक्षित बनाउन भेरिफाई वाई भिसा सेवा प्रविधिको अवलम्वन गरेको छ ।

गुराँस लाइफ इन्स्योरेन्स र माछापुच्छ्रे बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी र माछापुच्छ्रे बैंकबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा इन्स्योरेन्स कम्पनीको तर्फबाट सहायक महा प्रबन्धक बालमुकुन्द रुपाखेती र बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका हुन् । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक नगद फिर्ता जीवन बीमा र एउटै योजनामा सार्वधिक , आजीवन र पेन्सन जीवन बीमा योजना सहित १२ वटा जीवन बीमा योजना विक्री गर्ने एवं अभिकर्ता तथा बीमीतहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने उद्देश्यले दुई संस्थाबीच बैंकास्योरेन्स सम्झौता भएको छ । माछापुच्छ्रे बैंकका ग्राहकहरुले बैंकको सबै शाखाबाट यस कम्पनीको जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले हाल मात्र नेपालको जीवन बीमा बजारमा नौलो र आकर्षक योजनाहरु प्रस्तुत गरेको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकको नयाँ शाखा पेप्सिकोलामा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको ७९ औं शाखा काठमाडौंको पेप्सिकोला टाउनप्लानिङमा विस्तार भएको छ । काठमाडौं महानगरपालिका वडा नं ३२ सिनामंगल स्थित पेप्सिकोलाको टाउनप्लानिङमा बैंकले शाखा खोलेसँगै ११२ औ एटिएम पनि संचालनमा ल्याइएको छ । बैंकका संचालक प्रजन्यराज भण्डारी, सूर्य प्रकाशलाल श्रेष्ठ, निरन्जनलाल श्रेष्ठ, भुवनेश्वरप्रसाद शाह तथा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे लगायतको उपस्थितिमा शाखा तथा एटिएमको उद्घाटन गरिएका हुन् । बैंकले ग्रामिण क्षेत्रमा आफ्नो शाखा विस्तार गरेसंगै उपत्यकाको पूर्वी क्षेत्र पेप्सिको लामा शाखा थप गरेको हो । सम्पूर्ण वित्तिय कारोबार हुने यस शाखामा स्थानीय माग अनुसार सानो, ठूलो सबै प्रकारका लकरको पनि व्यवस्था रहेको छ । बैंकका शाखाहरु काठमाडौं उपत्यकाभित्र २४ र बाहिर ५५ वटा संचालनमा ल्याएको छ । ‘बेस्ट व्याकको २०१८’ अवार्ड प्राप्तगर्न सफल बैंक सात वटै प्रदेशका विभिन्न स्थानमा खोलिएका शाखा तथा १२ वटा एक्सटेन्सन काउन्टर, ९ वटा राजश्व संकलन केन्द्र, ५१ वटा शाखा रहित बैंकिङ सेवामार्फत बैंकले ग्राहक सन्तुष्टीलाई उच्चतम स्थान दिइरहेको छ ।