बैंकहरुले मुद्दती निक्षेपकाे ब्याजदर घटाए; बचत र कल निक्षेपमा भने धेरै ब्याज दिँदै

<p>काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपमा दिने ब्याजदर घटेको छ । माघ महिनाको तुलनामा फागुन महिनामा ती संस्थाहरुको कुल भारित औसत ब्याजदर ६.६७ प्रतिशतबाट घटेर ६.६२ प्रतिशतमा कायम रहँदा बचत निक्षेपको ब्याजदर बढेको छ भने मुद्दती निक्षेपको ब्याजदर भने घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बचत खाताको ब्याजदर ४.३७ प्रतिशतबाट बढेर ४.४५ पुग्दा [&hellip;]</p>

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपमा दिने ब्याजदर घटेको छ । माघ महिनाको तुलनामा फागुन महिनामा ती संस्थाहरुको कुल भारित औसत ब्याजदर ६.६७ प्रतिशतबाट घटेर ६.६२ प्रतिशतमा कायम रहँदा बचत निक्षेपको ब्याजदर बढेको छ भने मुद्दती निक्षेपको ब्याजदर भने घटेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार बचत खाताको ब्याजदर ४.३७ प्रतिशतबाट बढेर ४.४५ पुग्दा मुद्दती खातामा दिइने त्यस्तो ब्याजदर १०.२९ बाट १०.१० प्रतिशतमा झरेको हो । कल डिपोजिटमा भने यस्तो दर ३.८९ प्रतिशतबाट बढेर ४.०७ प्रतिशत पुगेको हो ।

उक्त अवधिसम्म जम्मा ३१ अर्ब ११ अर्ब कुल कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । जसमध्ये १४ खर्ब ५० अर्ब बचत खातामा १० खर्ब ७ अर्ब र चल्ती खातामा २ खर्ब ५२ अर्ब, कल खातामा ३ अर्ब ६२ अर्ब र बाँकी अन्य खाताहरुबाट संकलन भएको उल्लेख गरिएको छ । बैंकिङ च्यानलमा संकलन भएको यो निक्षेप अघिल्लो महिनाको भन्दा २७ अर्ब बढी हो ।

कुल निक्षेपमध्ये २६ खर्ब ९० अर्ब रुपैंया निक्षेप वाणिज्य बैंकहरुले उठाएकोमा विकास बैंकहरुले ३ खर्ब ५२ अर्ब र फाइनान्स कम्पनीहरुले ६८ अर्ब ९६ करोड रुपैंया निक्षेप संकलन गरेका छन् ।

Share News