सिटिजन्स बैंक इन्टरनेसनल १३ औं वर्षमा, ९ महिनामा १ अर्ब ६ करोड नाफा

काठमाडौं । “योर पार्टनर फोर प्रोग्रेस“ भन्ने नारालाई शिरोधार्य गरी २०६४ बैशाख ७ गतेदेखि २० आंै वाणिज्य बैंकको रुपमा सञ्चालनमा आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १३औं वर्षमा प्रवेश गरेको छ । बैंकले वार्षिकोत्सवको अवसरमा शनिवार विहान बैंकिङ्ग सम्बन्धि जनचेतना जागरण गर्ने उद्देश्यले प्रभातफेरी आयोजना गरेको छ । बैंकको प्राङ्गणबाट शुरु भएको सो प्रभातफेरी सिटिजन्स बैंक (नारायणहिटीपथ – हात्तिसार, कमलादी गणेश, तिनधारा, दरबारमार्ग, नारायणस्थान हुदै बैंकको प्राङ्गणमा आएर टुगिएको थियो । उक्त प्रभातफेरी कार्यक्रममा करिव ३५० सिटिजन्सकर्मीहरूको उपस्थिति रहेको थियो । बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकमा अविरल १० वर्ष सेवा प्रवाह गर्ने ंकर्मचारीलाई ‘दीर्घ सेवा सम्मान पदक’ प्रदान गरेका छन् । बार्हौ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विगतका कार्यक्रमहरूलाई निरन्तरता दिदैँ बैंकले गरिब बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्यका साथ कार्यरत्त ‘स्नो याक फाउण्डेशन’लाई आर्थिक सहयोग स्वरुप एक लाख रुपैयाँ, एड्स संक्रमित भएका बालबालिकाहरुलाई सेवा गरिरहेको संस्था ‘बेबी लाइफ होम’ किर्तिपुरलाई दुई लाख रुपैयाँ र विभिन्न उमेर समूहका असमथर्, असक्त, अपाङ्ग र मानसिक सन्तुलन गुमेर सडकमा आएका असक्तहरुको उद्धार गरी आश्रममा ल्याई औषधी उपचार सहितको गाँस, बाँसको व्यवस्था गर्दै आई रहेको चितवन मानव सेवा आश्रमलाई तीन लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बार्हौ वार्षिकोत्सवको सुखद अवसरमा बैंकले विभिन्न शाखाहरुमा रक्तदान कार्यक्रम संचालन गरेको छ । बैंकले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा १ अर्व ४९ करोड १४ लाख संचालन मुनाफा र रु.१ अर्व ६ करोड खुद नाफा आर्जन गरेकोे छ । यस बैंकले गत चैत्र मसान्तसम्ममा रु.६८ अर्व ६८ करोड निक्षेप संकलन गरी रु. ६३ अर्व ५९ करोड कर्जा प्रवाह गरेको छ । बैैंकले ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

एनबीआई र कामना सेवा विकास बैंकबीच सम्झौता

काठमाडौँ । नेशनल बैंकिग ईन्स्टिच्यूट(एनबीआई) र कामना सेवाविकास बैंक बीचसमझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा एनबीआईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बा र कामना सेवाविकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकारी प्रविण बस्नेतले हस्ताक्षर गरेका छन् । समझौता पत्रमा कामना सेवाविकास बैंक लि. का १०० भन्दा बढी कर्मचारीहरुलाई नेशनल बैंकिङ्ग इन्स्टिच्यूटले विशिष्टिकृत बैंकिङ्ग प्रमाणीकरण कोर्स प्रदान गर्ने सहमति भएको छ । बैंकिङ्ग कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने प्रयास स्वरुप यो कोर्सको विकास गरिएको जनाइएको छ ।

काठमाडौंको ढुङ्गाअड्डामा मुक्तिनाथको नयाँ शाखा

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले काठमाडौंको ढुङ्गाअड्डामा शुक्रबारदेखि नयाँ शाखा शुरु गरेको छ । उक्त शाखाको उद्घाटन चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले गरे । शाखा कार्यालय उद्घाटन गर्दै प्रमुखअतिथि गिरीले मुक्तिनाथ विकास बैंकले विभिन्न शीर्षकमा कर्जा उपलब्ध गराई मानिसहरुलाई व्यवसायी बन्न सहयोग पुर्याएको बताए । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत, बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत, बैकका ब्राण्ड एम्बेसडर कुञ्जना घिमिरे (सुन्तली), चन्द्रागिरी न.पा. वडा नं १५ का अध्यक्ष उत्तमवहादुर राउत, सुन्दर वन अफ साइन्सका प्रिन्सिपल धुव्र आचार्यले बैंकको सफलताको शुभकामना मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रमका सभापति तथा बैंकका सञ्चालक समितिका सदस्य नारायणकुमार श्रेष्ठले बैंकको वर्तमान अवस्था र सेवाविस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएका थिए ।