बैैंकमा पैसा राख्दा सुन चाँदीका सिक्का नपाइने, उपहार नबाढ्न निर्देशन
काठमाडौं । अब कैंक तथा वित्तिय संस्थाहरुमा पैसा राख्दा सुन चाँदीका सिक्का लगायतका उपहारहरु नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिँदै निक्षेप आकर्षित गर्नका लागि सुन चाँदीका सिक्का लगायतका कुनै पनि उपहार दिन नपाउने व्यवस्था गरेको हो । निर्देशन हेर्न यहाँ क्लिक गर्नुहोस बैंक तथा वित्तिय संस्थाहरुले निक्षेप तान्ने प्रतिष्पर्धाका लागि आकर्षक ब्याजदरका अलवा सुन चाँदीका सिक्का लगायतका बिभिन्न प्रकारका उपहार स्किमहरु दिँदै आएका छन् । अब बैंक तथा वित्तिय संस्थाहरुले निक्षेप कर्ताहरुलाई कुनै पनि प्रकारका उपहार दिन पाउने छैनन् ।
कुमारी बैंकको २१ प्रतिशत बोनस पारित, चुक्ता पुँजी साढे ८ अर्ब नाघ्यो
काठमाडौं । कुमारी बैंक लिमिटेडको प्रस्तावित २१.२५ प्रतिशत बोनस पारित भएको छ । बैंकको बिहीबार सम्पन्न १७औँ तथा १८औँ वार्षिक साधारणसभाले सेयरधनीलाई दुई वर्षको गरी सो मात्राको बोनस दिने समितिको प्रस्तावलाई पारित गरेको हो । सभाले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७३/७४ को लागि १२.७५ प्रतिशत बोनस र आर्थिक वर्ष २०७४/७५ को लागि ८.५० प्रतिशत गरी २१.२५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सो मात्राको बोनस पश्चात कम्पनीको चुक्ता पुँजी ८ अर्ब ६८ करोड रुपैयाँ पुग्ने छ । आर्थिक वर्ष २०७५/७६ को चैत मसान्तसम्म बैंकले कुल निक्षेप ७७ अर्ब २९ करोड रुपैयाँ परिचालन तथा कुल कर्जा रकम ७३ अर्ब २४ करोड रुपैयाँ प्रवाह गरेको छ । सो अवधिमा बैंकले १ अर्ब ४२ करोड रुपैयाँ तथा खुद मुनाफा १ अर्ब रुपैयाँ आर्जन गरेको छ । बैंकले हाल ८८ शाखा संजाल, ८३ एटिएम, ३ एक्स्टेन्सन काउन्टरका साथै ३ वटा शाखारहित बैंकिङ्क इकाईमार्फत बैंकिङ् सेवा प्रदान गर्दै आएको छ ।
सनराइज बैंकबाट सूर्या लाइफको बीमा सेवा, ग्राहकलाई सुबिधा
काठमाडौँ । सनराइज बैंक लिमिटेड र सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । सनराइज बैंक लिमिटेडको प्रधान कार्यालयमा प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । ग्राहकहरुले सनराइज बैंकका देशभरीका शाखाबाट सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्ने छन् ।