
काठमाडौं । कुमारी बैंक लिमिटेडको प्रस्तावित २१.२५ प्रतिशत बोनस पारित भएको छ । बैंकको बिहीबार सम्पन्न १७औँ तथा १८औँ वार्षिक साधारणसभाले सेयरधनीलाई दुई वर्षको गरी सो मात्राको बोनस दिने समितिको प्रस्तावलाई पारित गरेको हो ।
सभाले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७३/७४ को लागि १२.७५ प्रतिशत बोनस र आर्थिक वर्ष २०७४/७५ को लागि ८.५० प्रतिशत गरी २१.२५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सो मात्राको बोनस पश्चात कम्पनीको चुक्ता पुँजी ८ अर्ब ६८ करोड रुपैयाँ पुग्ने छ ।
आर्थिक वर्ष २०७५/७६ को चैत मसान्तसम्म बैंकले कुल निक्षेप ७७ अर्ब २९ करोड रुपैयाँ परिचालन तथा कुल कर्जा रकम ७३ अर्ब २४ करोड रुपैयाँ प्रवाह गरेको छ । सो अवधिमा बैंकले १ अर्ब ४२ करोड रुपैयाँ तथा खुद मुनाफा १ अर्ब रुपैयाँ आर्जन गरेको छ ।
बैंकले हाल ८८ शाखा संजाल, ८३ एटिएम, ३ एक्स्टेन्सन काउन्टरका साथै ३ वटा शाखारहित बैंकिङ्क इकाईमार्फत बैंकिङ् सेवा प्रदान गर्दै आएको छ ।