काठमाडौं । एनएमबि बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको असोज २१ गते बसेको बैठकले ७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
बैंकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट हाल कायम चुक्ता पुँजी १९ अर्ब २८ करोड ५० लाख ४१ हजार रुपैयाँको करसहित ७ प्रतिशतका दरले १ अर्ब ३४ करोड ९९ लाख ५२ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको हो ।
यस्तै, ३ अर्ब रुपैयाँ एनएमबि अविमोच्य असञ्चिति अग्राधिकार सेयरका लागि ८.२५ प्रतिशतका दरले १२ करोड २० लाख ५४ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो ।
बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिने कम्पनी सचिव प्रमोद कुमार दाहालले जानकारी दिए ।