एनआईसी एशियाको नयाँ योजना, ‘विदेशबाट आएको पैसा प्राप्त गर्नेलाई रु.१०० को रिचार्ज’
काठमाडौँ । एनआईसी एशिया बैंकले दशैं तथा तिहारको अवसरलाई मध्यनजर गर्दै अब हरेक पटक विदेशस्थित वल्र्ड रेमिटबाट नेपालमा रकम पठाउँदा रकम प्राप्त गर्ने व्यक्तिलाई नगद रु. १०० को मोबाइल रिचार्ज गर्ने योजना ल्याएको छ । साथै विदेशबाट बैंकको खातामा रकम पठाउँदा रु. ३७५ बोनस क्रेडिट गर्ने योजना ल्याएको छ । उक्त विप्रेषण रकम बैंकका शाखा कार्यालयहरु, एक्सटेन्सन काउण्टर, शाखारहित बैंकिङ्ग इकाई एवम् ९,००० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत् सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने बैंकले जनाएको छ । यो योजना अंग्रेजी महिनाको १ सेप्टेम्बर २०१९ देखि ३१ अक्टोबर २०१९ सम्म दुई महिनाको लागि लागू हुने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले जनाएका छन् ।
सिद्धार्थ बैंकको स्वतन्त्र सञ्चालकमा हसना शर्मा नियुक्त
काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा हसना शर्मा नियुक्त भएकी छिन् । भदौ १२ गते बसेको सञ्चालक समिति बैठकले शर्मालार्ई स्वतन्त्र सञ्चालक नियुक्त गरेको हो । शर्मासँग कर्मचारी संचय कोषको उच्च व्यवस्थापकीय तहको साथै विभिन्न बैंक तथा वित्तीय संस्थामा संचालक समितिको अध्यक्ष तथा संचालकको रुपमा कार्य गरिसकेको अनुभव रहेको छ ।
उर्लाबारी र इनरुवामा गरिमा विकास बैंकको शाखा उद्घाटन
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले विहिवार मोरङ जिल्लाको उर्लाबारी नगरपालिकामा उर्लावारी शाखा र सुनसरी जिल्लाको इनरुवा नपाको भगवतीपुर रोडमा शाखा कार्यालय तथा एटीएम सेवा शुभारम्भ गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन उर्लाबारी नगरपालिका प्रमुख खड्गवहादुर फागो र ईनरुवा नपा वडा नं.१ भगवतीमन्दिर रोड स्थित ईनरुवा शाखा कार्यालय तथा एटीएमको ईनरुवा नगरपालिका प्रमुख राजन मेहताबाट ताम्रपत्र अनावरण गरी दूई शाखा कार्यालयहरुको उद्घाटन भएको हो । कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले संस्था सक्षम र अब्बल बन्नको लागि उत्कृष्ट सेवा प्रवाह संगसंगै संस्थागत सुशासन समेत महत्वपूर्ण रहने हुंदा विकास बैंकले सेवाप्रवाह संगसंगै संस्थागत सुशासनमा समेत सदैव महत्व दिईरहेको बताए । त्यसैगरी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले विकास बैंकले ग्राहकहरुको चाहना र आवश्यकतामा भएको परिवर्तन संगसंगै आफ्नो सेवा, सुविधा र प्रविधिलाई समयानुसार परिमार्जन गर्दै उत्कृष्ट वित्तीय सेवा प्रवाहमा सदैव प्रतिबद्ध रहेकोे जानकारी दिए ।