बैंकर्स संघका अध्यक्ष ढुंगानाले भने-‘आत्तिनु पर्दैन, तपाईँहरुको पैसा कसैले झिकेको छैन’
काठमाडौँ । नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले नेपाली बैंकहरुको एटीएम सिस्टम ह्याक गरी लाखौँ रकम लुटिएको बताएका छन् । धेरै पैसा देशभित्रकै बैंकका एटीएम र केही पैसा देश बाहिरका एटीएमबाट पनि लुटिएको उनले बताए । लाखौं रकम लुटिएको छ, तर यति नै लुटियो भन्ने यकिन भइसकेको छैन-उनले भने । शनिबार राति नबिल बैंकको एटीएमबाट अबैधानिक तरिकाले पैसा लुट्दै गरको अवस्था ५ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेपछि नेपाली बैंकका एटीएम ह्याक भएको तथ्य सार्वजनिक भएको छ । सोही घटनाबारे जानकारी दिन महानगरीय प्रहरी परिसरले भर्खरै आयोजना गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष ढुंगानाले लुटिएको रकमको लेखाजोखा र अनुसन्धान भइरहेको बताए । उनले भने-‘तर निक्षेपकर्ता आत्तिनु पर्दैैन, तपाईँहरुको पैसा कसैले झिकेको छैन ।’
सानिमाको शाखा कैलालीको बौनियाँमा
काठमाडौं । सानिमा बैंकले आफ्ना नयाँ शाखा विस्तारका क्रममा भदौ १५ गते कैलालीको बौनियाँमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालय सानिमा बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार हरिवंश आचार्य र संचालक भरत कुमार पोखरेलबाट संयुक्त रुपमा उद्घाटन भएको हो । उद्घाटन समारोहमा सानिमा बैंकका संचालक भरत कुमार पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्दै यस शाखाबाट सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्न पाएकोमा खुसी व्यक्त गरे । त्यसैगरी, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत ी भुवन दाहालले बंैकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै बौनियाँ शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् यसरी, सानिमा बंैकको नयाँ शाखासहित ७९ वटा शाखा संजाल तथा ७५ वटा ए.टि.एम. रहेका छन । त्यसैगरी, यस बैंकको पुँजीकोष १३.११ प्रतिशत र निष्क्रिय पुँजी ०.०८ प्रतिशत रहेको प्रमुख निक्षेप व्यवस्थापन–रिटेल विमल बास्तोलाले जानकारी दिएका छन् ।
एटीएम ह्याकिङले मोबाइल बैंकिङ प्रभावित नहुने, साइबर सुरक्षाबारे सजग छौं : सुभाष शर्मा
काठमाडौं । एटीएम ह्याकिङ प्रकरणपछि अधिकांश बैंकको एटीएम सेवा बन्द भइरहेको अवस्थामा यसले इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङलाई भने प्रभाव नपार्ने भएको छ । मोबाइल तथा इन्टरनेट सेवा प्रदायक संस्था एफवान सफ्टले अहिलेको ह्याकिङ प्रकरण कार्ड सिस्टममा भएको भन्दै यही कारणले इन्टरनेट र मोबाइल बैंकिङमा असर नगर्ने भन्दै प्रयोगकर्तालाई ढुक्क हुन आह्वान गरेको हो । एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुभाष शर्माले मोबाइल तथा इन्टरनेट बैंकिङमा अहिले कुनै समस्या नरहेको भन्दै प्रयोगकर्ताले मोबाइल तथा इन्टरनेट बैंकिङबाट रकम ट्रान्सफर गर्नसक्ने व्यवस्था निरन्तर रहने बताए । उनले आफूहरु साइबर सुरक्षाबारे सजग रहेको र यो घटनापछि थप सजगता अपनाउने समेत बताए । ‘मोबाइल तथा इन्टरनेट बैंकिङ सेवाचाहिँ पूर्ण रुपमा सुरक्षित छ त भन्ने प्रश्नमा शर्माले भने – ‘साइबर क्षेत्रमा पूर्ण सुरक्षा भन्ने कुरा कहिले पनि हुँदैन, तर अहिले आएको ह्याकिङसँग मोबाइल बैंकिङको सरोकार छैन ।’ ५/६ ओटा बैंकको एटीएममा ह्याकिङ भएपछि अहिले राष्ट्र बैंकले आकस्मिक बैठक बोलाउने तयारी गरेको छ । बैंकले आवश्यक देखे अल्पकालिन रुपमा सम्पूर्ण एटिएम बन्द गर्ने निर्णय समेत हुनसक्छ ।