नेपाल इन्भेस्टमेन्ट बैंक र भुक्तानी सेवाप्रदायक सेलपेबीच सहकार्य
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा नेपाल इन्मेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे र आइएमएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्राले हस्ताक्षर गरेका हुन् । नेपाल इन्भेस्टमेन्ट बैंकका ग्राहकहरूले सेलपे एकाउन्टमा आफ्नो खाता आवद्ध तुल्याउनेवित्तीकै रु १०० को मोबाइल रिचार्ज (टप–अप) पाउने सेलपेमार्फत बिलहरूको भुक्तानी गर्दा आकर्षक नगद फिर्ता (क्यास ब्याक अफर) पनि पाउने छन् सेलपे, सेलकम प्रा.लिद्वारा सञ्चालित नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो, जसले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खाताबाट डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थान्तन्तरण सेवा प्रदान गर्छ । भुक्तानी सुरक्षित विश्वसनीय बनाउनका लागि सेलपेलाई विभिन्न अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका सुरक्षा प्रणालीभित्र रही विकास गरिएको छ । सेलपेमार्फत गरिएको भुक्तानी उही समयमा हुन्छ । ग्राहकहरूले सेलपेमा आवद्ध गरि सकिएका अन्य बैंकमा वा त्यहाँबाट नेपाल इन्भेस्टमेन्ट बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बर मार्फत रकम स्थान्तन्तरण गर्न सक्नेछन् । ग्राहकहरूले सेलपे भुक्तानी विल्कप रहेका स्थानहरू सेलपेमार्फत् अन्य व्यापारिक भुक्तानी गर्न सक्नेछन् । यसमार्फत् मोबाइलको टप–अप गर्न, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, केबलहरूको बिललगायत बिल भुक्तानी गर्न सकिने छ । २०४२ सालमा स्थापना भएको नेपाल इन्भेस्टमेन्ट बैंकले ८२ शाखाहरू, १२० एटीएमहरू, १४ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टर र ५४ ब्रान्चलेस बैंकिङ काउन्टरहरूमार्फत् ग्राहकको सेवा पु¥याउँदै आएको छ । बैंकले बेलायतको प्रसिद्ध फाइनान्सियल टाइम्स ग्रुपको बैंक म्यागजिन द बैंकरद्वारा उदाहरणीय सेवा र व्यवसायका लागि पाँच पटकसम्म ‘बैंक अफ द इयर’ अवार्डका साथसाथै बेस्ट बैंक २०१८ का लागि ‘युरोमनी अवार्ड फर एक्सिलेन्स’ पाइसकेको छ । यसका साथै इक्रा नेपाल (इन्टनेसनल क्रेडिट रेटिङ एजेन्सी– नेपाल) द्वारा ‘ए प्लस’ साख (क्रेडिट रेटिङ ) निर्धारण पाइसकेको छ ।
अब मुक्तिनाथ विकास बैंकमा ई–सेवा मार्फत खाता खोल्न सकिने
काठमाडौं। मुक्तिनाथ विकास बैंक र ई–सेवा बीच यस बैंकको खाता ई–सेवा मार्फत खोल्न मिल्ने सम्झौता भएको छ । सम्झौता अनुसार ई–सेवाले नियुक्त गरेका एजेन्ट/प्रतिनिधीहरु मार्फत मुक्तिनाथ विकास बैंकमा बचत खाता खोल्न सक्नेछन्। यस अन्तर्गत खोलिएका सबै बचत खाताहरुमा पहिलो बर्षको लागि मोबाईल बैंकिङ्ग सेवा निशुल्क उपलब्ध हुनेछ । यस सम्झौता पश्चात ग्राहक खाता खोल्नका लागि बैंक धाउनु पर्ने अवस्था अन्त्य भएको छ । उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्ग तथा ई–सेवा को तर्फबाट ई–सेवा का प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले हस्ताक्षर गरेका थिए। हालै मात्र मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गतेसम्म लागू हुने गरी रेमिट्यान्स केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको बहार’ अभियान सञ्चालन गरेको छ । विकास बैंक लि.ले देशैभरी रहेका शाखाहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैंकिङ सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटिएमबाट बाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराउँदै आएको छ । बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता तथा, आकर्षक सुविधा र व्याजदरमा आवास तथा सेयर कर्जा पनि सञ्चालनमा ल्याएको जनाएको छ ।
कामना बैंक र इष्टर्न एजेन्सीजबीच व्यापार सम्झौता
काठमाडौं । केन्द्रीय कार्यालय ज्ञानेश्वरमा रहेको कामना सेवा विकास बैंक लिमिटेड र इष्टर्न एजेन्सीज प्रा. लि. बीचमा व्यापार सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र इष्टर्न एजेन्सीज प्रा. लि.का प्रबन्धक निर्देशक डिम प्रसाद पौडेलले हस्ताक्षर गरेका हुन् । यस सम्झौता अनुसार इष्टर्न एजेन्सीज प्रा.लि मार्फत सिफारिस भई आएका ग्राहकहरूले बैंकको सबै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा आइचरका विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा लिन सक्नेछन् । काठमाडौं, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको यस बैंकले देशका विभिन्न स्थानमा ९८ वटा शाखा तथा ४५ वटा एटिएममार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबिबिएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सि ( आस्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ ।