नारायणी डेभलपमेन्ट बैंकको सञ्चालकमा दीपक गौतम र दावा तामाङ नियुक्त

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालकमा दीपक गौतम र दावा तामाङ नियुक्त भएका छन् ।

बैंकको असोज २३ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले संस्थापक समूहअन्तर्गत रिक्त रहेको सञ्चालक पदमा गौतम र तामाङलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंकका अनुसार संस्थापक सेयरधनी स्वेडा इक्विटी फण्ड लिमिटेडका तर्फबाट प्रतिनिधिका रूपमा दीपक गौतम नियुक्त भएका छन् । त्यस्तै, संस्थापक सेयरधनी दावा तामाङ पनि सञ्चालकमा नियुक्त भएका हुन् । 

नारायणी डेभलपमेन्ट बैंक नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतप्राप्त विकास बैंक हो । यसको केन्द्रीय कार्यालय चितवनको भरतपुरमा रहेको छ । 

Share News