एटीएम ह्याकिङले मोबाइल बैंकिङ प्रभावित नहुने, साइबर सुरक्षाबारे सजग छौं : सुभाष शर्मा

<p>&nbsp; काठमाडौं । एटीएम ह्याकिङ प्रकरणपछि अधिकांश बैंकको एटीएम सेवा बन्द भइरहेको अवस्थामा यसले इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङलाई भने प्रभाव नपार्ने भएको छ । मोबाइल तथा इन्टरनेट सेवा प्रदायक संस्था एफवान सफ्टले अहिलेको ह्याकिङ प्रकरण कार्ड सिस्टममा भएको भन्दै यही कारणले इन्टरनेट र मोबाइल बैंकिङमा असर नगर्ने भन्दै प्रयोगकर्तालाई ढुक्क हुन आह्वान गरेको हो [&hellip;]</p>

 

काठमाडौं । एटीएम ह्याकिङ प्रकरणपछि अधिकांश बैंकको एटीएम सेवा बन्द भइरहेको अवस्थामा यसले इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङलाई भने प्रभाव नपार्ने भएको छ । मोबाइल तथा इन्टरनेट सेवा प्रदायक संस्था एफवान सफ्टले अहिलेको ह्याकिङ प्रकरण कार्ड सिस्टममा भएको भन्दै यही कारणले इन्टरनेट र मोबाइल बैंकिङमा असर नगर्ने भन्दै प्रयोगकर्तालाई ढुक्क हुन आह्वान गरेको हो ।

एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुभाष शर्माले मोबाइल तथा इन्टरनेट बैंकिङमा अहिले कुनै समस्या नरहेको भन्दै प्रयोगकर्ताले मोबाइल तथा इन्टरनेट बैंकिङबाट रकम ट्रान्सफर गर्नसक्ने व्यवस्था निरन्तर रहने बताए । उनले आफूहरु साइबर सुरक्षाबारे सजग रहेको र यो घटनापछि थप सजगता अपनाउने समेत बताए ।

‘मोबाइल तथा इन्टरनेट बैंकिङ सेवाचाहिँ पूर्ण रुपमा सुरक्षित छ त भन्ने प्रश्नमा शर्माले भने – ‘साइबर क्षेत्रमा पूर्ण सुरक्षा भन्ने कुरा कहिले पनि हुँदैन, तर अहिले आएको ह्याकिङसँग मोबाइल बैंकिङको सरोकार छैन ।’

५/६ ओटा बैंकको एटीएममा ह्याकिङ भएपछि अहिले राष्ट्र बैंकले आकस्मिक बैठक बोलाउने तयारी गरेको छ । बैंकले आवश्यक देखे अल्पकालिन रुपमा सम्पूर्ण एटिएम बन्द गर्ने निर्णय समेत हुनसक्छ ।

Share News