वित्तीय प्रतिवेदन बनाउन विकास बैंक र वित्त कम्पनीलाई सकस, राष्ट्र बैंकले दियो ३० दिनको मौका

<p>काठमाडौं । एनएफआरएस अनुसार वित्तीय प्रतिवेदन बनाउन विकास बैंक र वित्त कम्पनीलाई सकस परेको छ । मोफसलमा रहेका विकास बैंक र वित्त कम्पनीहरुले २०७६ असार मसान्तको वित्तीय विवरण सार्वजनिक गर्न नसकेपछि नेपाल राष्ट्र बैंकले ३० दिनको समय थपेको छ । विकास बैंक र वित्त कम्पनीहरुले यस वर्षदेखि एनएफआरएस अनुसार वित्तीय विवरण प्रकाशित गर्नु पर्ने नियम [&hellip;]</p>

काठमाडौं । एनएफआरएस अनुसार वित्तीय प्रतिवेदन बनाउन विकास बैंक र वित्त कम्पनीलाई सकस परेको छ । मोफसलमा रहेका विकास बैंक र वित्त कम्पनीहरुले २०७६ असार मसान्तको वित्तीय विवरण सार्वजनिक गर्न नसकेपछि नेपाल राष्ट्र बैंकले ३० दिनको समय थपेको छ ।

विकास बैंक र वित्त कम्पनीहरुले यस वर्षदेखि एनएफआरएस अनुसार वित्तीय विवरण प्रकाशित गर्नु पर्ने नियम राष्ट्र बैंकले लागू गरेको छ । तर केही संस्थाहरुले एनएफआरएस अनुसारको वित्तीय विवरण प्रकाशित गर्न थप समय माग गरेकोले एक पटकका लागि समय थप गरेको राष्ट्र बैंकका प्रबक्ता लक्ष्मी प्रपन्न निरौलाले बताए ।

‘२०७५/७६ को चौथो त्रयमासको अन्तरिम वित्तीय प्रतिवेदन प्रकाशन गर्नको लागि मात्र ३० दिनको समय थप गरिएको हो । यो सुविधा एक पटकका लागि मात्र हो’ उनले भने ।

राष्ट्रिय स्तरको विकास बैंकहरु सबैले वित्तीय विवरण प्रकाशित गरिसकेको तर क्षेत्रीय तथा जिल्ला स्तरको विकास बैंकहरुले थप समय मागेकोले राष्ट्र बैंकले समय थपेको हुनसक्ने डेभलपमेन्ट बैंकर्स संघको अध्यक्ष गोविन्द प्रसाद ढकालले बताए ।

Share News