सिटिजन्स बैंकले सार्वजनिक गर्यो निक्षेप योजना, ८.२५ प्रतिशत व्याज पाइने
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनले आफ्नो १३औं वार्षिकोत्सवको उपलक्ष्यमा ‘सिटिजन्स छत्र फिक्स्ड’ निक्षेप योजना सार्वजनिक गरेको छ । यो योजना न्यूनतम मौज्दात १ लाख रुपैयाँमा खोल्न सकिने बैंकले जनाएको छ । ३ महिनादेखि १० वर्षसम्मको अवधि रहको यस खातामा ८.२५ प्रतिशत व्याजदर उपलब्ध हुनेछ । साथै, शाखा प्रबन्धकले उक्त व्याजदरमा ०.५० प्रतिशत व्याजदरसम्म थप गर्न सक्नेछन् । यस निक्षेप योजना अन्तर्गत व्यक्तिगत मुद्धति खाता खोल्ने ग्राहकहरूले मुद्धति खाताबाट आर्जित व्याजमा समेत मुद्धति खाता बराबरकै ८.२५ प्रतिशत व्याजदर पाउन सक्नेछन् । यो निक्षेप योजना बैंकका सम्पूर्ण शाखा कार्यालयहरूबाट उपलब्ध हुनेछ । बैंक आजबाट १३ वर्ष पुरा गरी १४ वर्षमा प्रवेश गरेकाे छ । कोरोना भाइरस (कोभिड–१९) ले विश्व नै आक्रान्त बनेको बेला अत्याधुनिक प्रविधिलाई अपनाउँदै बैंकले यसपालिको वार्षिकोत्सव भर्चुृअली मनाएको छ । बैंकले विश्वभरी फैलिएको कोरोना भाइरसको जोखिम र लकडाउनका कारण भर्चुअली मनाएको हो । भर्चुृअली मनाईएको कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकमा अनवरत १० वर्ष सेवा प्रवाह गरी ‘दीर्घ सेवा सम्मान पदक’ बाट सम्मानित हुने कर्मचारीलाई धन्यवाद दिँदै बधाई तथा शुभकामना व्यक्त गरेका छन् । बैंकले हाल ९४ वटा शाखा, ९४ वटा एटीएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाखभन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ । सम्बन्धित समाचारः सिटिजन्स बैंक १४औं वर्षमा प्रवेश, १५ सय जनालाई रोजगारी दिन सफल
बजारमा देखिन थाले पुराना नोटः ‘कालोधन’ आयो कि खुत्रुकेको पैसा ?
काठमाडौं । सकारले देशभर लकडाउन घोषणा गरेको एक महिना पुग्न लाग्दा बजारमा पुराना नोट देखिन थालेका छन् । सिमित संख्यामा खुलेका दैनिक उपभोग्य र अत्यावश्यक बस्तुका पसलहरुमा राजाको तस्बीर भएका पुराना नोट पनि देखिन थालेका हुन् । केही वर्षदेखि नै फेला नपरेका पुराना नोट पनि अहिले बजारमा देखिन थालेपछि राष्ट्र बैंकले पनि चासो देखाएका छ । तर, दैनिक उपभोग्य र अतिआवश्यक बस्तु विक्री गर्ने पसल मात्रै खुलेका तथा यस्तो सपिङको मात्रा ज्यादै कम हुने हुनाले ‘कालोधन’ आएको भनेर शंका गर्न नसकिने राष्ट्र बैंकका अधिकारी बताउँछन् । ‘केही वर्षयता देखिन छोडेका पुराना नोट मैले पनि बजारमा देखें, पुराना नोटको चलनचल्ती बढेको सूचना पनि आएको छ, तर अहिले दाल, चामल, औषधी, फलफूल, तरकारी जस्ता दैनिक उपभोग्य र अत्यावश्यक बस्तु विक्री गर्ने पसल मात्रै खुलेकोको कसैले लुकाएर राखेको स्रोत नखुलेको नोट नै बाहिर निस्किएको होला भनेर चिन्ता गर्नुपर्ने अवस्था देखिएको छैन,’ राष्ट्र बैंकका एक अधिकारीले विकासन्युजसँग भने । सरकारले लकडाउन गरेर हिडडुल गर्न कडाइ गरेको र कोरोना संक्रमण सन्त्रासको कारण सर्वसाधार आफै सचेत भएकोले पहिला संचय गरेको राखिएको नोट अहिले चलनचल्तीमा आएको हुन सक्ने राष्ट्र बैंकको अनुमान छ । अहिले बजारमा सबै दरका पुराना नोट देखिन थालिएको छ । विशेष गरी राजा बीरेन्द्र तथा ज्ञानेन्द्रका तस्वीर अंकित नोट बजारमा देखिन थालेका छन् । यस्तै, १० रुपैयाँ दरका पोलिमर नोट पनि केही मात्रामा बजारमा फेला परेका छन् । तत्कालिन राजा बीरेन्द्रको हत्या भएपछि २०५८ सालयता बीरेन्द्रको तस्बीर भएका नोट छापिएको छैन भने २०६२/६३ सालको जनआन्दोलन सफल भएपछि २०६३ सालयता तत्कालिन राजा ज्ञानेन्द्रको तस्वीर भएका नोट पनि छापिएको छैन । यस्तै, १० रुपैयाँ दरको पोलिमर नोट पनि २०६० सालयता छापिएको छैन । सामान्यतः राष्ट्र बैंकबाट बजारमा गएको कुनै पनि दरको नोट बढीमा २ वर्षभित्रमा राष्ट्र बैंकमा फिर्ता आइसक्ने आकंलन गरिन्छ । आजभन्दा १२/१५ वर्षअघि बजारमा गएका नोट अहिले देखिदा किन र कसरी आयो भने शंका गरिएको हो । तर, संकटको बेलामा काम लाग्दा भनेर कसैले साचेर राखेका नोट बैंक बन्द भएको, बैंकसम्म जान सहज नभएको जस्ता प्रतिकूल परिस्थितिको कारण प्रयोगमा आएको हुन सक्ने राष्ट्र बैंकको अनुमान छ ।
सिटिजन्स बैंक १४औं वर्षमा प्रवेश, १५ सय जनालाई रोजगारी दिन सफल
काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेशनल आज(चैत ७ गते) बाट १३ वर्ष पुरा गरी १४ वर्षमा प्रवेश गरेकाे छ । वि.सं. २०६४ साल वैशाख ७ गतेदेखि सञ्चालनमा आएकाे यस बैंकले स्थापना कालदेखि नै आफ्ना ग्राहकहरुलाई विभिन्न सेवाहरु प्रदान गर्दै आएकाे छ । बैंकका अनुसार याे अवधिमा कम्पनीले आफूलाई मजबुत, विश्वास योग्य, सुशासनमा अब्बल, जोखिम व्यवस्थापनमा अग्र बैंकको रुपमा विकास गरेकाे छ । देशभर शाखा स्थापना गर्न सफल भएकाे छ । प्रत्यक्ष र अप्रत्यक्ष गरेर करिब १५ सय जनालाई रोजगारी प्रदान गरेकाे छ। यससँगै, बैंकले आफ्ना असल प्रयासहरु आगामी दिनमा पनि निरन्तर रूपमा अगाडि बढाउने प्रतिवद्धता गरेकाे छ । साथै, यहाँसम्म आइपुग्न प्राप्त सहयोगका लागि नेपाल सरकार, नियमन निकाय, ग्राहक, शेयरधनीहरु लगायतलाई बैंकले आभार प्रकट गरेकाे छ ।