बजारमा देखिन थाले पुराना नोटः ‘कालोधन’ आयो कि खुत्रुकेको पैसा ?

<p>काठमाडौं । सकारले देशभर लकडाउन घोषणा गरेको एक महिना पुग्न लाग्दा बजारमा पुराना नोट देखिन थालेका छन् । सिमित संख्यामा खुलेका दैनिक उपभोग्य र अत्यावश्यक बस्तुका पसलहरुमा राजाको तस्बीर भएका पुराना नोट पनि देखिन थालेका हुन् । केही वर्षदेखि नै फेला नपरेका पुराना नोट पनि अहिले बजारमा देखिन थालेपछि राष्ट्र बैंकले पनि चासो देखाएका छ [&hellip;]</p>

काठमाडौं । सकारले देशभर लकडाउन घोषणा गरेको एक महिना पुग्न लाग्दा बजारमा पुराना नोट देखिन थालेका छन् । सिमित संख्यामा खुलेका दैनिक उपभोग्य र अत्यावश्यक बस्तुका पसलहरुमा राजाको तस्बीर भएका पुराना नोट पनि देखिन थालेका हुन् ।

केही वर्षदेखि नै फेला नपरेका पुराना नोट पनि अहिले बजारमा देखिन थालेपछि राष्ट्र बैंकले पनि चासो देखाएका छ । तर, दैनिक उपभोग्य र अतिआवश्यक बस्तु विक्री गर्ने पसल मात्रै खुलेका तथा यस्तो सपिङको मात्रा ज्यादै कम हुने हुनाले ‘कालोधन’ आएको भनेर शंका गर्न नसकिने राष्ट्र बैंकका अधिकारी बताउँछन् ।

‘केही वर्षयता देखिन छोडेका पुराना नोट मैले पनि बजारमा देखें, पुराना नोटको चलनचल्ती बढेको सूचना पनि आएको छ, तर अहिले दाल, चामल, औषधी, फलफूल, तरकारी जस्ता दैनिक उपभोग्य र अत्यावश्यक बस्तु विक्री गर्ने पसल मात्रै खुलेकोको कसैले लुकाएर राखेको स्रोत नखुलेको नोट नै बाहिर निस्किएको होला भनेर चिन्ता गर्नुपर्ने अवस्था देखिएको छैन,’ राष्ट्र बैंकका एक अधिकारीले विकासन्युजसँग भने ।

सरकारले लकडाउन गरेर हिडडुल गर्न कडाइ गरेको र कोरोना संक्रमण सन्त्रासको कारण सर्वसाधार आफै सचेत भएकोले पहिला संचय गरेको राखिएको नोट अहिले चलनचल्तीमा आएको हुन सक्ने राष्ट्र बैंकको अनुमान छ ।

अहिले बजारमा सबै दरका पुराना नोट देखिन थालिएको छ । विशेष गरी राजा बीरेन्द्र तथा ज्ञानेन्द्रका तस्वीर अंकित नोट बजारमा देखिन थालेका छन् । यस्तै, १० रुपैयाँ दरका पोलिमर नोट पनि केही मात्रामा बजारमा फेला परेका छन् ।

तत्कालिन राजा बीरेन्द्रको हत्या भएपछि २०५८ सालयता बीरेन्द्रको तस्बीर भएका नोट छापिएको छैन भने २०६२/६३ सालको जनआन्दोलन सफल भएपछि २०६३ सालयता तत्कालिन राजा ज्ञानेन्द्रको तस्वीर भएका नोट पनि छापिएको छैन । यस्तै, १० रुपैयाँ दरको पोलिमर नोट पनि २०६० सालयता छापिएको छैन ।

सामान्यतः राष्ट्र बैंकबाट बजारमा गएको कुनै पनि दरको नोट बढीमा २ वर्षभित्रमा राष्ट्र बैंकमा फिर्ता आइसक्ने आकंलन गरिन्छ । आजभन्दा १२/१५ वर्षअघि बजारमा गएका नोट अहिले देखिदा किन र कसरी आयो भने शंका गरिएको हो । तर, संकटको बेलामा काम लाग्दा भनेर कसैले साचेर राखेका नोट बैंक बन्द भएको, बैंकसम्म जान सहज नभएको जस्ता प्रतिकूल परिस्थितिको कारण प्रयोगमा आएको हुन सक्ने राष्ट्र बैंकको अनुमान छ ।

Share News