डिजिटल बैंकिङः लकडाउनपछि बैंकहरुमा पहिलेको जस्तो भीड हुन्न

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट नेपाललाई पनि निकै असर परेको छ । कोरोनाकै कारण धेरै देश लकडाउनमा छन् । त्यसबाट नेपाल पनि अछुता रहन सकेको छैन । चैत ११ गतेदेखि नेपाल पनि लकडाउनमै छ । लकडाउन हुनुभन्दा केही दिन अगाडिबाटै बैंकहरूले कोरोनाले वित्तीय सेवामा पार्न सक्ने असरलाई मध्यनजर गर्दै विद्युतीय माध्यमबाट हुने कारोबार निःशुल्क बनाए । अहिले धेरै बैंक तथा वित्तीय संस्थाहरुले जिटिटल बैंकिङलाई नै प्रवद्र्धन गरिरहेका छन् । एनआइसी एसिया बैंकको पनि लकडाउनको समयमा ७० प्रतिशत जति काम डिजिटलबाट नै भइरहेको छ । ओभरअल ट्रान्जेक्सनको भोलुम घटेपनि जिटिल प्रयोगकर्ता भने धेरै बढेका छन् । अहिले बैक तथा वित्तीय संस्थाहरुले यो समयको उचित सदुपयोग गर्दै जिटिटल बैंकिङतर्फ अग्रसर भइरहेका छन् । केही बैंकिङ क्षेत्रका विज्ञहरूले डिजिटल बैंकिङलाई प्रमोट गर्ने पनि उचित समय भएको बताउँदै आएका छन् । जिटिटल बैंकिङ जति सजिलो छ उतिकै भर पर्दो र जोखिमरहित पनि छ । प्रयोगकर्ताको आकर्षण डिजिटल बैंकिङका प्रयोगकर्ता दिनानुदिन बढ्दै गएका छन् । एनआइसी एसिया बैंकको मात्र भन्ने हो भने पनि लकडाउनको समयमा एक लाखभन्दा बढी मोबाइल फोनकर्ता बढेका छन् । एकलाख नयाँ बढी प्रयोगकर्ताले मोबाइल बैकिङ एप डाउनलोड गरेका छन् । कार्ड, इन्टरनेट र मोबाइल बैंकिङका प्रयोगकर्ताहरु क्रमशः बढेका छन् । यो समयमा सबै काम डिजिटलबाट नै भइरहेको छ । ग्राहकले ऋणको लागि निवेदन दिनेदेखि लिएर अनलाइन खाता खोल्ने काम डिजिटलको माध्यमबाट नै भइरहेको छ । अहिले एनआइसी एसिया बैंकमा दिनमा ३ देखि ४ सयसम्म ग्राहकका अनलाइन खाता खोलिरहेका हुन्छौं । हाम्रा अहिले ८ लाख डिजिटल बैंकिङका ग्राहक छन् । तिनीहरु सबैलाई हामी डिजिटल च्यानलबाट नै सेवा दिइरहेका छौं । योसँगै अन्य कारोबार अर्थात बैंकको कूल कारोबार घटेपनि डिजिटल बैंकिङको भने बढेकै छ । कतिपय मानिसहरु पहिले नै डिजिटल कोरोबारमा जानकार थिए । यो प्रयोग गरिरहेका थिए । धरैलाई यो सम्बन्धि थाहा थिएन । उनीहरुले अहिले सिकेर डिजिटल बैंकिङको काम गरिरहेका छन् । अनलाइनबाटै सबै काम गर्ने काम गरिरहेका छन् । जानकारी पनि लिइरहेका छन् । आज दूरदराजका मानिसले पनि डिजिटल अथवा क्यासलेस बैंकिङ, मोबाइलबाट गर्ने बैंकिङ राम्रो रहेछ, यस्तो कारोबार हामीले पनि कसरी गर्न सकिन्छ, जान्न पाए हुन्थ्यो भन्ने जागरुकता बढेको छ । ग्राहकले डिजिटल बैंकिङमा के–के काम बढी गरे ? अहिले सबै डिजिटल माध्यमबाट हुने कारोबाहरु सबै बढेका छन् । अनलाइनकै माध्यमबाट खाता खोल्ने, अनलाइनमार्फत नै युटिलिटी पेमेन्ट गर्ने, अमाउन्ट ट्रान्सफर गर्ने लगायतका काम गबढेका छन् । एटिएमको प्रयोग पनि बढेको छ । विश्वसनियता कत्तिको छ ? हामी कहाँ ज्ञानको कमीले गर्दा डिजिटल बैंकिङमा केही असुरक्षाका कूराहरु पनि छन् । धेरै मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले पासवर्ड नराख्ने बानीले पनि असुरक्षा निम्त्याउँछ । यो पनि एउटा जोखिम हो । परिवारकै वा साथीहरुकै माध्यमबाट पनि मोबाइल बैंकिङमा चोरी हुन सक्छ । त्यसैले पासवर्ड राख्न जरुरी हुन्छ । अहिले पछिललो समयमा लकडाउनको मौका पारेर फेसबुक जस्ता सामाजिक संजाल ह्याक गरेर यस्ता गतिविधि गर्ने गरिएकाे पनि भेटिएको छ । यसमा हामीले सचेत हुनु पर्छ । फेसबुकममा कसैलाई पनि आफ्नाे विवरण दिनु हुँदैन । अर्थात फेसबुक जस्ता सामाजिक संजालमा भनेकै भरमा रकम पठाउनु हुँदैन । पछिल्लो समय यो क्रियाकलाप बढेकोले पनि हामीले तत्कालै सचेतना फैलाउने कुराहरु गरेका छौं । ग्राहकलाई त्यसतर्फ सचेतना दिइरहेका छौं । तर, अन्य बैंकको सिस्टमकाे सिबिएस (काेर बैंकिंग प्रणाली) भित्र छिरेर इन्टरनेट मोबाइलको माध्यमबाट चोरी गर्ने लगायतका काम देखिएका छैनन् । ह्याकिङ प्रविधिसँगै जोडिदै जाने कुरा हो । ह्याकरहरुले ह्याक गर्ने उपाय खोज्दै जाने बैंक तथा सुचना प्रयोगकर्ताहरुले त्यसको सुरक्षाको लागि ह्याक हुन सक्ने सम्भाव्यतालाई अध्ययन गरि सुरक्षाका उपायहरुबाट जोखिम कम गर्दै जाने हो । डिजिटल बैंकिङ किन आवश्यक ? बैंकहरूको बढ्दै गएको सञ्चालन खर्च खटाउन विकल्प डिजिटल बैंकिङ हो । प्रविधिमा एकपटक लगानी गर्ने हो तर त्यसले दिने प्रतिफल लागतभन्दा धेरै बढी हुन्छ । प्रविधिको प्रयोग बढ्दा लागत घट्दै जान्छ । अहिले मानिसहरु धेरै व्यस्त छन् । धेरै समय हुँदैन । काम गरिरहेकै समयमा बसेकै ठाउँबा यसको प्रयोग गर्न सक्छन् । सेवा लिने ग्राहकले विद्युतीय कारोबारलाई असुरक्षित महसुस गर्ने गरेका छन् । विद्युतीय कारोबारलाई विस्तार गर्दा अहिले फिजिकल कारोबारका लागि जुन प्रकारले कार्यालय व्यवस्थापन, कर्मचारीलगायतका लागि लाग्ने लागत छ, त्यो र विद्युतीय माध्यबाट प्रदान हुने सेवा तुलना गर्दा विद्युतीय सेवाको लागत कम हुन्छ भने निःशुल्क पनि गर्न सकिन्छ । त्यो भनेको बैंकको आफ्नो र नियामकीय निकायको योजनाभित्र रहेर गर्ने कुरा भयो । डिजिटल बैंकिङ प्रमोट गर्न केके काम भए ? हामीले सामाजिक सञ्जालबाट डिजिटल बैंकिङको बारेमा ग्राहकलाई सचेतना दिइरहेका छौं । अहिले कोरोनासँग लड्नका लागि र यसको जोखिम न्युनिकरण गर्नको लागि सामाजिक दुरीका लागि डिजिटल बैंकिङ प्रयोग गर्नु बाहेको विकल्प हुँदैन । हामीले एसएमएस र इमेलबाट जानकारी गराउने काम पनि गरिरहेका छौं । अब लकडाउन खुलिसकेपछि बैंकमा ग्राहकको भिड कम होला जस्तो हामीलाई लाग्छ । अहिले धेरै मानिसहरुलाई डिजिटल बैंकिङ सम्बन्धि जानकारी र ज्ञान भएकोले पनि अब बैंकहरुमा ग्राहकको चाप कम हुन्छ जस्तो हामीलाई लागेको छ । नेपालमा क्यासलेस अहिले नेपालमा क्यासलेसको सम्भावना त्यति छैन । हामी कहाँ ग्रामीण वस्ती पनि छ । दिनभरी काम गरेर पैसा नलिएर अन्न लिने मानिस पनि छन् । पुरै क्यासलेस भन्दा पनि अलि कम चाहिँ हुन्छ नै । डिजिटल बैंकिङ विस्तारका लागि यो समय टर्निङ पोइन्ट हुन सक्छ । कतिपय मुलुकमा क्यासलेस बैंकिङ भनेर गरिरहेका छन् । यसलाई नेपालमा पनि विस्तारै ठाउँअनुसार प्रयोग र कार्यान्वयनमा ल्याउन सकिन्छ । ( खनिया एनआइसी एसिया बैंकमा कार्यरत छन् ।)

पेनाल्टी लिन्नौं, व्याज घटाउँछौं, सेयर किन्दा ५ लाख डलरसम्ममा सरकारले स्रोत नखोजोस्

काठमाडौं । बैंक वित्तीय संस्था संचालकको संगठन बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले कोरोना भाइरस (कोभिड १९) संक्रमणले नेपाली अर्थतन्त्रमा परेको असर कम गर्न भन्दै ऋणीलाई राहतका विभिन्न कार्यक्रम अघि सारेको छ । कोरोना भाइरस संक्रमण रोक्न सरकारले देशभर लागू गरेको लकडाउनको कारण नेपाली अर्थतन्त्रमा गम्भीर असर परेको भन्दै परिसंघले बैंक तथा वित्तीय संस्थाहरुको तर्फबाट ऋणीलाई दिने राहत प्याकेज घोषणा गरेको हो । परिसंघका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा बसेको बैठकले ऋणीलाई चैत र बैशाख महिनाको किस्ता तिर्दा व्याज रकममा १० प्रतिशत छुट दिने तथा कुनै पनि प्रकारको पेनाल्टी नलिने घोषणा गरेको हो । यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुका साथै चालु पुँजी कर्जा तथा अन्य रिभल्भिङ प्रकृतिका कर्जाहरु र बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह भएका सबै प्रकारका कर्जाहरुमा लागू हुनेछ । यस्तो छ राहत प्याकेज १. बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा सुविधा उपभोग गर्नुभएका सम्पूर्ण नियमित ग्राहक महानुभावहरुले वैशाख मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने, सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता, व्याज लगायत तिर्न बाँकी बक्यौता साँवा तथा व्याज भुक्तानी गर्नुभएमा बुझाउनु भएको साधारण व्याजको १० प्रतिशतले हुन आउने रकम तथा जरिवाना व्याजको शतप्रतिशत रकम छुट प्रदान गरिनेछ । यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुका साथै चालुपुँजी कर्जा तथा अन्य रिभल्भिङ प्रकृतिका कर्जाहरु लगायत बैंकहरुबाट प्रवाह भएका सम्पूर्ण कर्जाहरुमा लागू हुनेछ । २. बाणिज्य बैंकहरुले साना तथा मझौला उद्यम व्यवसाय (एसएमई) हरुलाई दिइएको १ करोड रुपैयाँसम्मको ऋणमा १ प्रतिशत व्याज घटाउने । यस्तै, विकास बैंकहरुले ४० लाख रुपैयाँसम्मको र फाइनान्स कम्पनीहरुले २० लाख रुपैयाँसम्मको एसएमई कर्जामा १ प्रतिशत व्याज घटाउने । ३. बैंक तथा वित्तीय संस्थाहरुको चालु तथा संचालन खर्च उल्लेख्य रुपमा घटाउनको लागि विशेष पहल गर्ने । ४. कोभिड १९ संक्रमणले नेपालको वित्तीय क्षेत्र तथा समग्र अर्थतन्त्रमा परेको असर बारे अध्ययन गर्न विशेष अध्ययन कार्यदल गठन गरी सो कार्यदलले दिएको सुझावका आधारमा नियामक निकायसँग समन्वय गरी कार्यान्वयन गर्ने गराउने । सरकारलाई सुझाव १. महिलाले १५ लाख रुपैयाँसम्म निक्षेप जम्मा गर्दा त्यसमा सम्पत्ति शुद्धीकरणका व्यवस्था आकर्षित नहुने, केवाईसी÷करचुक्ता सम्बन्धी सम्पत्तिको स्रोत खोज्ने अहिलेको व्यवस्था हटाउने । यस्तो व्यवस्था कार्यान्वयन गर्दा देशभर छरिएर रहेको रकम बैंक तथा वित्तीय संस्था मार्फत परिचालन हुने । २. नेपाली नागरिक, गैरआवाशीय नेपाली, विदेशी नागरिक तथा संस्थाहरुले विदेशबाट ५ लाख अमेरिकी डलरसम्म रकम ल्याएर नेपालका मर्चेन्ट बैंकिङ वा क्यापिटल मर्चेन्ट कम्पनी मार्फत नेपालको पुँजी बजारमा लगानी गर्न चाहेमा त्यसो गर्न पाउने नीतिगत व्यवस्था गर्नुपर्ने । यस्तो रकमको लकिङ पिरियड २ देखि ३ वर्ष कायम गरिनु उपयुक्त हुने । ३. नेपालमा कसैले पनि ५० लाख अमेरिकी डलरसम्म बैंकिङ प्रणाली मार्फत रकम ल्याएर लगानी गर्न चाहेमा नेपाल राष्ट्र बैंक र उद्योग विभागको स्वीकृति चाहिने अहिलेको व्यवस्था हटाउने । यस्तो लगानीको बैंक तथा वित्तीय संस्थाहरुले रेकर्ड राख्ने र सोको जानकारी नियामक निकाय तथा सरोकारवाला निकायलाई दिने । ४. गैरआवाशीय नेपालीले १० लाख अमेरिकी डलरसम्म नेपालमा लगानी गर्न ल्याउँदा नेपाल सरकारले त्यस्तो रकमको सम्पत्तिको स्रोत नखोज्ने व्यवस्था गर्ने गराउने । ५. नेपाली नागरिकले नेपालको कृषि तथा अन्य उत्पादनशील क्षेत्रमा लगानी गर्दा त्यस्तो रकमको स्रोत नखोज्ने व्यवस्था गर्ने । सम्बन्धित सामग्री बैंकले आफ्नो नाफाबाट ऋणीलाई ६ अर्ब ३६ करोड छुट दिँदै ऋणीको लागि बैंक संचालकको छुट्टै प्याकेज आउँदै, व्याजदर घटाउने वा रकममा छुट दिने भन्नेमा छलफल

एभरेष्ट बैंकले कोरोना कोषमा दियो एक करोड दुई लाख रुपैयाँ

काठमाडौं । एभरेष्ट बैंकले कोरोना (कोभिड-१९) राहत कोषमा एक करोड २ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले आफ्नो क्षेत्रीय कार्यालयहरु मार्फत सबै सात प्रदेशका प्रत्येक प्रदेश सरकारहरुलाई ६ लाख रुपैयाँ गरी ४२ लाख र केन्द्रिय सरकारलाई ६० लाख रुपैयाँ गरी उक्त रकम हस्तान्तरण गरेको हो । कोषको रकम लक्ष्मण अर्याल, सचिव, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयलाई आशुतोष शर्मा, सहायक महाप्रबन्धक तथा अन्य एभरेष्ट बैंकका प्रतिनिधिहरूद्वारा हस्तान्तरण गरिएको थियो । कोषको रकम बाहेक, बैंकले हाल चलिरहेको महामारी विरुद्ध लड्नको लागि अरु विभिन्न संघसंस्थाहरुलाई पनि सहयोग गर्दै आइरहेका छन् । यसका साथै, बैंकले यस महामारीको सुरुवती चरण देखि नै आफ्नो विभिन्न शाखाहरुमा भ्रमण गर्ने सम्पूर्ण ग्राहकहरुको सुरक्षामा उच्च ध्यान दिदैं आइरहेको छ ।