सिटिजन्स बैंक १४औं वर्षमा प्रवेश, १५ सय जनालाई रोजगारी दिन सफल

<p>काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेशनल आज(चैत ७ गते) बाट १३ वर्ष पुरा गरी १४ वर्षमा प्रवेश गरेकाे छ । वि.सं. २०६४ साल वैशाख ७ गतेदेखि सञ्चालनमा आएकाे यस बैंकले स्थापना कालदेखि नै आफ्ना ग्राहकहरुलाई विभिन्न सेवाहरु प्रदान गर्दै आएकाे छ । बैंकका अनुसार याे अवधिमा कम्पनीले आफूलाई  मजबुत, विश्वास योग्य, सुशासनमा अब्बल, जोखिम व्यवस्थापनमा अग्र बैंकको रुपमा विकास गरेकाे [&hellip;]</p>


काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेशनल आज(चैत ७ गते) बाट १३ वर्ष पुरा गरी १४ वर्षमा प्रवेश गरेकाे छ । वि.सं. २०६४ साल वैशाख ७ गतेदेखि सञ्चालनमा आएकाे यस बैंकले स्थापना कालदेखि नै आफ्ना ग्राहकहरुलाई विभिन्न सेवाहरु प्रदान गर्दै आएकाे छ ।

बैंकका अनुसार याे अवधिमा कम्पनीले आफूलाई  मजबुत, विश्वास योग्य, सुशासनमा अब्बल, जोखिम व्यवस्थापनमा अग्र बैंकको रुपमा विकास गरेकाे छ । देशभर शाखा स्थापना गर्न सफल भएकाे छ । प्रत्यक्ष र अप्रत्यक्ष गरेर करिब १५ सय जनालाई रोजगारी प्रदान गरेकाे छ।

यससँगै, बैंकले आफ्ना असल प्रयासहरु आगामी दिनमा पनि निरन्तर रूपमा अगाडि बढाउने प्रतिवद्धता गरेकाे छ ।

साथै, यहाँसम्म आइपुग्न प्राप्त सहयोगका लागि नेपाल सरकार, नियमन निकाय, ग्राहक, शेयरधनीहरु लगायतलाई बैंकले आभार प्रकट गरेकाे छ ।

Share News