कृषि विकास बैंकको खुद नाफा २ अर्ब बढी, निष्कृय कर्जा घट्यो
काठमाडौं । कृषि विकास बैंक चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा १७ करोड २१ लाख रुपैयाँ कम हो । कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकले गत आवको चैत मसान्तसम्ममा २ अर्ब २१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । चैत मसान्तसम्मा बैंकको वितरण योग्य मुनाफा १ अर्ब २५ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकले चालु आवको चैतसम्ममा ४ अर्ब ३६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । त्यस्तै, सञ्चालन मुनाफा घटेर २ अर्ब ७० करोड रुपैयाँमा सीमित भएको बैंकले जनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी १४ अर्ब ९८ करोड रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा १० अर्ब ४३ करोड रुपैयाँ र सेयरधनी कोषमा २ अर्ब ४३ करोड रुपैयाँ सञ्चित छ । बैंकको प्रतिसेयर आम्दानी २६.५५ रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जा घटेर ३.६५ प्रतिशतमा झरेको छ ।
भोलिदेखि बैंकहरुकाे सीमित कार्यालयमात्र खुल्ने
काठमाडौं । भोलिदेखि फेरि बैंकहरुकाे सीमित कार्यालयमात्र खुल्ने भएकाे छ । मन्त्रिपरिषदको निर्णयपछि खुल्न थालेका बैंक तथा वित्तीय संस्थाका कार्यालय बिहीबारदेखि फेरि बन्द हुने भएका हुन् । नेपाल राष्ट्र बैंकले बैंकलाई सीमित शाखा कार्यालयमात्रै खोल्न निर्देशन दिएको हाे । । आइतबारदेखि बैंकहरुले सबै शाखा कार्यालय खोलेर सेवा दिन थालेका थिए । बैंकका कारण पनि सडकमा भीडभाड बढेको गुनासो आएपछि राष्ट्र बैंकले सबै शाखा कार्यालयहरु नखोल्न बैंकहरुलाई निर्देशन दिएको हाे ।
अब भाइबरबाटै एनएमबि बैंकमा खाता खोल्न सकिने
काठमाडाैं । एनएमबि बैंकले अब घरमै बसी भाइबरमा च्याट गरेर पनि खाता/मुद्दती निक्षेप खोल्न सकिने सेवा प्रस्तुत गरेको छ । फेसबुक म्यासेन्जरबाटै खाता खोल्ने योजना सफलतापूर्वक सञ्चालन भएसंगै बैंकले याे सेवा प्रस्तुत गरेको हाे । वर्तमान प्रतिकुल परिस्थितिमा पनि अतुलनीय सहजता, उच्च प्रतिफल र असिमित सुरक्षाको सुनिश्चितताको साथ ग्राहकको लागी अनुपम सुविधाले भरिपूर्ण छरितो वित्तीय सुविधाहरु बैंकले पस्किएको हो । डिजिटल बैंकिङ्ग सेवाको क्षितिज अभिवृद्धि गर्दै ग्राहकलाई सहजता प्रदान गर्नु बैंकको प्राथमिकता रहेको छ बैंकले जनाएकाे छ । साथै, घरबाटै आरामपूर्वक बैंकिङ्ग गतिविधिहरु रोज्न सक्ने उपयूक्त माध्यमनिर्माण गर्ने कार्यदिशातर्फ उन्मुख रहेकाे बैंकले जनाइकाे छ । साथै, बैंकले ग्राहकलाई बैंकिङ्गअनुभवहरु प्रष्कृत भएको महसुस गर्न भाइबरकै प्रयोगले खाता/मुद्दती निक्षेप खोल्ने नवीनतम र सुविधाजनक सेवाहरु ल्याईएको बताएकाे छ ।