हिमालयन बैंकको नाफा १५ प्रतिशतले बढ्याे
काठमाडाैं । हिमालयन बैंककाे नाफा १५ प्रतिशतले बढेकाे छ । बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा २ अर्ब ३१ करोड १७ लाख १३ हजार रुपैयाँ नाफा कमाएकाे छ । जुन गत आवकाे तुलनामा २९ कराेड ७६ लाख ३७ हजार रूपैयाँ बढी हाे । बैंकले गत आवको सोही अवधिमा २ अर्ब १ करोड ४० लाख ७६ हजार रुपैयाँ नाफा कमाएकाे थियाे । बैंकले प्रकाशित गरेको वित्तीय विवरणकाे अनुसार कम्पनीको वितरणयोग्य नाफा ८२ करोड ८७ लाख ६३ हजार रुपैयाँ रहेको छ । सञ्चालन मुनाफा बढेर ३ अर्ब ८ करोड ६४ लाख २६ हजार रुपैयाँ रहेको छ । त्यस्तै, खुद ब्याज आम्दानी ३ अर्ब ७५ करोड ३४ लाख ३५ हजार रुपैयाँबाट बढेर ३ अर्ब ८४ करोड २४ लाख ६४ हजार रुपैयाँ पुगेकाे छ । हाल बैंककाे चुक्ता पुँजी ९ अर्ब ३७ करोड २२ लाख ८१ हजार रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा ६ अर्ब ७८ करोड ९० लाख ५६ हजार रूपैयाँ रहेको छ । समिक्षा अवधिमा बैंकले १ खर्ब १६ अर्ब ३२ करोड ४४ लाख ८३ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८ अर्ब ८२ करोड १० लाख ३२ हजार रुपैयाँ लगानी गरेको छ । बैंकको खराब कर्जा १.३१ प्रतिशतबाट घटेर १.११ प्रतिशतमा झरेको छ ।
सेञ्चुरी बैंककाे नाफा ४९ प्रतिशतले बढ्याे
काठमाडाैं । सेञ्चुरी कमर्शियल बैंककाे नाफा ४९.९६ प्रतिशतले बढेकाे छ । बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ९१ करोड ५७ लाख ७९ हजार रुपैयाँ नाफा कमाएकाे छ । जुन गत आवकाे तुलनामा ३० कराेड ५१ लाख रूपैयाँ बढी हाे । बैंकले गत आवको सोही अवधिमा ६१ करोड ६ लाख ७१ हजार रुपैयाँ नाफा कमाएकाे थियाे । बैंकले प्रकाशित गरेको वित्तीय विवरणकाे अनुसार कम्पनीको वितरणयोग्य नाफा १३ करोड ४१ लाख १५ हजार रुपैयाँ रहेको छ । सञ्चालन मुनाफा बढेर १ अर्ब २६ करोड ९२ लाख २८ हजार रुपैयाँ रहेको छ । त्यस्तै, खुद ब्याज आम्दानी १ अर्ब ९७ करोड १७ लाख २१ हजार रुपैयाँबाट बढेर २ अर्ब २५ करोड १५ लाख ८५ हजार रुपैयाँ पुगेकाे छ । हाल बैंककाे चुक्ता पुँजी ८ अर्ब ४१ करोड ५४ लाख ७२ हजार रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा १ अर्ब ७९ करोड ९१ लाख १९ हजार रुपैयाँ रहेको छ । समिक्षा अवधिमा बैंकले ५८ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
एभरेष्ट बैंकका कर्मचारीद्वारा ३० लाखको राहत सामग्री वितरण
काठमाडौं । एभरेष्ट बैंक कर्मचारी परिवारले लक्डाउनका कारण रोजगार गुमाएका विभिन्न विपन्न परिवारहरुलाई ३० लाखकाे राहत सामग्री वितरण गरेका छन्। सबै राहत सामग्रीहरु देशका विभिन्न भागहरुमा स्थानीय निकायहरुको समन्वयका साथ वितरण गरिएको बैंकले जानकारी दिएकाे छ। राहत सामग्री वितरण गर्न प्रयोग गरिएको सबै रकम एभरेष्ट बैंकका कर्मचारीहरुले योगदान गरेका थिए । बैंकका कर्मचारीहरुले, लक्डाउनका कारण आफ्नो कमाईको स्रोत गुमाएका विभिन्न परिवारहरुलाई तत्काल राहत प्रदान गर्ने उद्देश्यका साथ राहत सामग्री वितरण गरेका छन्। एभरेष्ट बैंकको सबै प्रादेशिक कार्यालयहरुको समन्वयमा देशको सबै प्रदेशहरुमा राहत वितरण भइरहेको छ । एभरेष्ट बैंकले यस अघी पनि नेपाल सरकारको कोविड राहत कोषमा रु. १ करोड २ लाख रकम प्रदान गरिसकेको छ ।