ग्लोबल आइएमई बैंकको नाफा ४४ प्रतिशतले बढ्यो

काठमाडौं । ग्लोबल आइएमई बैंकको नाफा ४४.३६ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको तेश्राे त्रैमासमा १ अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब ७० करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकको वितरण योग्य नाफा ५९.११ प्रतिशतले घटेर ५७ करोड ९५ लाख रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा बढेर १.१४ प्रतिशत पुगेको छ । जनता बैंकसँग मर्ज भएको यस बैंकको खुद ब्याज आम्दानी ६२.७८ प्रतिशत र सञ्चालन नाफा ४३.२६ प्रतिशतले बढेको छ । त्यस्तै, प्रतिसेयर आम्दानी घटेर २२.१६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५०.६५ रुपैयाँ रहेको छ ।

मेगा बैंककाे नाफा साढे १९ प्रतिशतले बढ्याे, यस्ता छन् अन्य सूचक

काठमाडाैं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा मेगा बैंककाे खुद नाफा १९.५० प्रतिशतले बढेकाे छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार कम्पनीले चालु आवको चैत महिनामा १ अर्ब ४५ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएकाे छ । जुन गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा २३ करोड बढी हाे । बैंकले गत आवको यसै अवधिमा बैंकले १ अर्ब २१ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ४५ करोड ९८ लाख ४७ हजार रुपैयाँ रहेको छ।चैत मसान्तसम्म बैंकले ८५ अर्ब ७ करोड रुपैयाँ निक्षेप संकलन गरी ७८ अर्ब ७४ करोड लाख रुपैयाँ कर्जा परिचालन गरेकाे छ। चालु आवको तेस्रो त्रैमासम्ममा बैंकको खुद ब्याज आम्दानी बढेर ३ अर्ब १८ करोड ३३ लाख रुपैयाँ पुगेकाे छ । बैंकको सञ्चालन नाफा पनि बढेर २ अर्ब ७ करोड ७५ लाख पुगेको बैंकले जनाएकाे छ । चैत मसान्तसम्ममा बैंकको खराब कर्जा अनुपात घटेर १.३२ प्रतिशतमा झरेकाे छ । त्यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १३२.१९ रुपैयाँ, मूल्य आम्दानी अनुपात १०.६७ गुणा, निक्षेप संकलन लागत ७.१८ प्रतिशत, आधारदर ९.९४ प्रतिशत, स्प्रेडदर ५.२२ प्रतिशत र पुँजीकोष अनुपात १२.५६ प्रतिशत रहेको छ।

एनआईसी एशिया बैंकको नाफा २ अर्ब ५० कराेड, ५ शिर्षकमा उत्कृष्टता हासिल

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै ५ शिर्षकमा उत्कृष्टता हासिल गरेको दावी गरेको छ । बैंकले कर्जा, निक्षेप, शाखा संख्या, कर्जा जोखिम न्युनिकरण, निक्षेप जोखिम न्यूनिकरणमा उत्कृष्ट नतिजा हासिल गरेको नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले जानकारी दिए । चैत मसान्तसम्मको वित्तीय विवरणका परिसूचकहरू अत्यन्त उत्साहजनक रहेको बैंकले जनाएको छ । विश्वव्यापी महामारी कोभिड–१९ को कारण सिर्जित असहज परिस्थितिको बाबजुद बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा १२ प्रतिशतले (रू. ३८ करोड) ले वृद्धि गरी रू. ३ अर्ब ६० करोड सञ्चालन नाफा आर्जन गर्न सफल भएको छ । यसैगरी खुद मुनाफातर्फ वार्षिक विन्दुगत आधारमा १० प्रतिशत (रू. २६ करोड) को वृद्धि सहित रू. २ अर्ब ५० करोड खुद नाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधीको खुद मुनाफा रू. २ अर्ब २८ करोड रहेको थियो । तेस्रो त्रैमाससम्ममा कर्जातर्फ रू. २५ अर्बले वृद्धि गरी रू. १७५ अर्ब र निक्षेप संकलनतर्फ रू. १५ अर्बले वृद्धि गरी रू. १९६ अर्ब पु¥याउन बैंक सफल भएको छ । कर्जा तथा निक्षेपको हिसाबले एनआईसी एशिया बैंक देशमै अग्रणी मध्येमा पर्छ । बैंकले आफ्नो रणनीति अनुसार कर्जा लगानीलाई न्यून जोखिमका साना तथा मझौला कर्जा र रिटेल कर्जामा विविधि करण गर्दै आएको छ । बैंकले कुल कर्जा लगानीको हाल ७४ प्रतिशत कर्जा यस्ता क्षेत्रमा गरेको छ । त्यसैगरी प्राथमिकता क्षेत्रमा नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम २५ प्रतिशत कर्जा लगानी पूर्ण रूपले पालना गरेको बैंकले जनाएको छ । विविधिकरण कै रणनीति अनुरूप बैंकको उच्चतम दश ग्राहक महानुभावहरूको कुल कर्जा बैंकको कुल कर्जाको ५ प्रतिशत भन्दा कम रहेको छ, जुन बैंकिङ्ग क्षेत्रको उत्कृष्ट रहेको बैंकका प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले बताए । निक्षेपतर्फ पनि बैंक विविधिरणको रणनीति अनुरूप अघि बढिरहेको छ । बैंकको कल निक्षेप हाल कुल निक्षेपको ८.७ प्रतिशत रहेको छ । यो अंक बैंकिङ्ग क्षेत्रको उत्कृष्ट रहेको बैंकका प्रमुख सूचना अधिकारी पाण्डेले जनकारी दिए । बैंकले चालु आर्थिक वर्षको प्रथम ९ महिनामा ६ अर्बको कल निक्षेप घटाउन सफल भएको छ । यसरी कल निक्षेप घट्दा पनि बैंकको निक्षेप यस अबधिमा १५ अर्बले बढेको छ । निक्षेपतर्फ १० ग्राहक महानुभावहरूको अंश ११ प्रतिशत यहाँ रहेको छ, जुन बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट मानिन्छ । चल्ती तथा बचत निक्षेपको हिसाबले यस बैंक देशकै अग्रणी बैंकमा पर्ने उनले जनकारी दिए । बैंकले नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको २ प्रतिशत ब्याज छुटको अलावा वैशाख महिनासम्ममा तिर्नुपर्ने ब्याज वैशाख मसान्तभित्र चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट दिएको बैंकले जनाएको छ । बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंकको ग्राहक संख्या २१ लाख भन्दा बढी रहेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले जानकारी दिए ।