ग्लोबल आइएमई बैंकको नाफा ४४ प्रतिशतले बढ्यो

<p>काठमाडौं । ग्लोबल आइएमई बैंकको नाफा ४४.३६ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको तेश्राे त्रैमासमा १ अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब ७० करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकको वितरण योग्य नाफा ५९.११ प्रतिशतले घटेर ५७ करोड ९५ लाख [&hellip;]</p>

काठमाडौं । ग्लोबल आइएमई बैंकको नाफा ४४.३६ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको तेश्राे त्रैमासमा १ अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब ७० करोड रुपैयाँ नाफा कमाएको छ ।

बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकको वितरण योग्य नाफा ५९.११ प्रतिशतले घटेर ५७ करोड ९५ लाख रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा बढेर १.१४ प्रतिशत पुगेको छ ।

जनता बैंकसँग मर्ज भएको यस बैंकको खुद ब्याज आम्दानी ६२.७८ प्रतिशत र सञ्चालन नाफा ४३.२६ प्रतिशतले बढेको छ । त्यस्तै, प्रतिसेयर आम्दानी घटेर २२.१६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५०.६५ रुपैयाँ रहेको छ ।

Share News