कामना सेवाद्वारा यातायात व्यवसायीलाई श्रावण महिनाको ब्याजमा ५० प्रतिशत छुट
काठमाडौं । कोभिड–१९ को कारण विशेष गरी यातायात व्यवसाय सबैभन्दा बढि प्रभावित भएको भन्दै कामना सेवा विकास बैकले ब्याजमा भारी छुट दिने योजना ल्याएको छ । उक्त योजना अन्र्तरगत हायर पर्चेज कर्जा लिएका ग्राहकहरुले २०७७ साल आषाढ मसान्तसम्मको चुक्ता भुक्तान गर्न बाँकी साँवा र ब्याज २०७७ साल श्रावण २० गते सम्म भुक्तानी गरेको खण्डमा श्रावण महिनाको ब्याज रकममा ५० प्रतिशतले छुट दिने बैंकले योजना सार्वजनिक गरेको छ । साथै, आषाढ महिनासम्मको साँवा तथा ब्याज आषाढ महिना भित्रै भुक्तानी गरेका ऋणीहरुले समेत यो योजनाबाट लाभ उठाउन सक्ने बैंकले जनाएकाे छ । यो योजनाले यातायात व्यवसायीहरुलाई अधिकतम लाभ पुराउने बैकले विश्वास लिएको जनाएकाे छ ।
सनराईज बैंकले ९.९५ प्रतिशतमै सरल एस.एम.ई कर्जा दिने
काठमाडौं । साना व्यवसायीलाई सहज तथा सरल ढङ्गले तत्कालै कर्जा उपलब्ध गराउने उदेश्यले सनराईज बैंकले “सनराईज सरल एस.एम.ई कर्जा” मात्र ९.९५ वार्षिक ब्याज दरमा दिने भएको छ । उक्त योजना अन्तर्गत ग्राहकले कर्जा लिन आवश्यक सम्पूर्ण कागजात बैंकमा पेश गरेको २४ कार्य घण्टामै ग्राहकलाई कर्जा प्रवाह गरिने व्यवस्था बैंकले मिलाएकाे छ । यस व्यवस्था अन्तर्गत ग्राहकले एक करोड सम्मको कर्जा सहुलियत ब्याज दरमा प्राप्त गर्न सक्नेछन् । यस्तै बैंकले कर्जाको लागि प्रचलित धितो आवश्यकताको लागि समेत केहि छुट प्रदान गर्नका साथै यस्तो सुविधा उपयोग गर्ने व्यवसायसँग सम्बन्धित व्यक्तिहरुले निशुल्क क्रेडिट कार्डको सुविधा समेतको लाभ उठाउन सक्नेछन् । यो सुविधा देशका विभिन्न स्थानमा फैलिएका सनराईज बैंकको १३४ शाखाहरूबाट ग्राहकले लिन सक्ने बैंकले जनाएकाे छ ।
मुक्तिनाथ विकास बैंकले कर्जामा २ प्रतिशत छुट दिने
काठमाडौं । मुक्तिनाथ विकास बैंकले विभिन्न कर्जाहरुमा “मुक्तिनाथ ग्राहक विशेष लाभ योजना” नामक आकर्षक कर्जा योजना सञ्चालनमा ल्याएकोे छ । यस योजना अन्तर्गत अधिकांश कर्जाहरुमा सीमित अवधिका लागि निम्न आकर्षक सेवा तथा सुविधाहरु प्रदान गर्ने छ । यसका साथै, बैंकबाट कर्जा लिनु भएका ग्राहकहरुले २०७७ असार मसान्तको कर्जाको तिर्न बाँकी सांवा र ब्याज यही २०७७ श्रावण मसान्तसम्ममा चुक्ता गरेमा कर्जाको ब्याजदरमा २ प्रतिशत सम्मको छुट प्रदान गर्ने व्यबस्था बैंकले ल्याएको छ । मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३६ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आई रहेको छ ।