महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशत व्याजमै घर र एसएमई कर्जा दिने
काठमाडौं । महालक्ष्मी विकास बैंकले घर खरिद गर्न अथवा घर निर्माण गर्न इच्छुक र उद्यम गर्न इच्छुकलाई विशेष कर्जा सुविधा योजना ल्याएको छ । बैंकले उद्यमशील कर्जा अन्तर्गत उक्त योजना ल्याएको हो । बंैकले दुवै कर्जा योजनामा ऋणिका लागि ९.९९ प्रतिशत व्याजदरमा कर्जा प्रवाह गर्नुका साथै कर्जा शुल्कमा विशेष छुट प्रदान गर्ने छ । आवास कर्जा योजना अन्तर्गत ऋणिका लागि निर्माण लागतको शत प्रतिशत कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम ३० वर्ष, दुई बर्षसम्म व्याज मात्र भुक्तानी गर्न सकिने, घर निर्माणमा अग्रिम कर्जा प्रवाह तथा निःशुल्क दुर्घटना वीमा जस्ता आकर्षक सुविधाहरु प्रदान गर्ने बैंकले जनाएको छ । उद्यमशील कर्जा योजना अन्तर्गत ऋणिका लागि धितो मूल्यांकनमा उच्चतम कर्जा प्रवाह गर्नुका साथै व्यवसाय सुरु गर्न अग्रिम कर्जा प्रवाह गर्ने जस्ता सुविधाहरु प्रदान गर्ने बंैकले जनाएको छ । घर खरिद गर्न अथवा घर निर्माण गर्न र उद्यम गर्न चाहनेहरुका लागि लाभदायक महालक्ष्मी आवास कर्जा र महालक्ष्मी उद्यमशील कर्जा बैंकका सम्पुर्ण शाखाहरुबाट उपलब्ध हुनेछन् । देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्या करिब पाँच लाख रहेको छ ।
बाउन्स चेक काट्ने राजेन्द्र महर्जनलाई १० दिन कैद, पौने १६ लाख जरिवाना
काठमाडाैं । बाउन्स चेक काट्ने ललितपुरका ४७ वर्षीय राजेन्द्र कुमार महर्जनलाई १० दिन कैद र १५ लाख ७५ हजार रुपैयाँ जरिवाना गरिएको छ । इन्भेष्टमेन्ट बैंकमा खाता रहेका उनले बैंककाे खातामा पैसा नहुँदा नहुँदै पनि चेक काटेपछि उनलाई सो गरे वाफत बैंकिङ कसुर अन्तर्गत सजाय दिएको हो । उच्च अदालत पाटनको उनलाई गत वर्ष माघ २० गते १० दिन कैद र पन्ध्र लाख पच्चहत्तर हजार रुपैंया जरिवाना हुने ठहर गरेको थियो । तर उनी हालसम्म फरार रहेका थिए । उनलाई आज केन्द्रिय अनुसन्धान ब्युरोले काठमाडौंको कलंकीबाट पक्राउ गरी आजै ललितपुर जिल्ला अदालतमा पेश गरेकाे छ ।
सनराइज बैंकले ल्यायाे घर कर्जा र सेयर धितो कर्जा याेजना
काठमाडौं । सनराइज बैंकले सहज तथा सरल किस्ताबन्दीमा घर निर्माण, घर तथा जग्गा खरिद र सेयरको धितोमा कर्जा दिने व्यवस्था गरेको छ । बैंकले आफ्ना ग्राहकलाई आकर्षक व्याजदरमा कर्जा प्रवाह गर्ने योजना सहित उक्त व्यवस्था ल्याएकाे हाे । सनराइज घर कर्जा (सनराइज होम लोन) अन्तर्गत सेवाग्राहीले ४० वर्षसम्मको अवधिका लागि ८.९५ प्रतिशत व्याजदरमा घर जग्गा कर्जा लिन पाउनेछन् । यसैगरी बैंकले सेयर धितो कर्जामा (लोन एगेनिष्ट सेयर) ९.९५ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्ने जनाएको छ । कोभिड १९ ले अर्थ व्यवस्थामा परिरहेको असहज परिस्थितिका बावजुत पनि कर्जा सुबिधालाई सहजीकरण गर्ने उद्देश्यले बैंकले यो योजना ल्याएको हो । कर्जा लिन चाहने ग्राहकहरुले विना झन्झट छिटो छरितो कर्जा प्राप्त गर्न सक्नेछन् । ग्राहकले देशका १३४ स्थानमा फैलिएको सनराइज बैंकका शाखाहरुबाट यो सुविधा उपभोग गर्न सक्नेछन् । सिमित अवधिको लागि ल्याइएको यस योजनाबाट लाभ लिन सकिने बैंककाे अपेक्षा रहेकाे छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले यस्ता सरल तथा सहज किसिमका कर्जा योजनाहरु भविष्यमा पनि ल्याउँदै जाने जनाएको छ ।