सानिमा बैंकले सञ्चालनमा ल्यायाे डिजिटल काउन्टर, चेकबिना नै भुक्तानी पाइने

काठमाडौं । सानिमा बैंकले डिजिटल काउन्टर संचालनमा ल्याएको छ । नयाँ प्रविधियुक्त बैंकिङ्ग सेवाहरु संचालन गर्दै आएको बैंकले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै साउन १३ गतेदेखि उक्त सेवा संचालनमा ल्याएको हो । यससँगै अब डिजिटल काउन्टर मार्फत सानिमा बैंकका ग्राहकले चेकबिना नै भुक्तानी प्राप्त गर्न सक्नेछन् । यो सेवा प्रयोग गर्न मोबाइल बैंकिङ्ग एप ‘सानिमा सजिलो ई बैंकिङ्ग’ बाट नक्साल शाखामा रहेको डिजिटल काउन्टरमा गएर क्युआर कोड स्क्यान गरी भुक्तानी लिन सकिन्छ । ग्राहकले चेकबुक भर्नुपर्ने प्रक्रियाबिना सिधै डिजिटल काउन्टरमा रहेको क्युआर कोड स्क्यान गरी रकम निकाल्न सक्ने छन् । यो सेवा हाल सानिमा बैंकको प्रधान कार्यालय नक्सालबाट सुरु गरिएको र समय अनुसार यो सेवामा थप सुविधाहरु समायोजन गरी विस्तार गरिने बैंकले जनाएको छ ।

सुर्खेतको बड्डीचौरमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर

काठमाडौं । ग्लोबल आइएमई बैंकले सुर्खेतको बड्डीचौरमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै सुर्खेत जिल्लाको बराहताल गाउँपालिका वडा नं. ५, बड्डीचौरमा बैंकिङ्ग सेवा प्रदान गर्ने गरी एक्सटेन्सन काउण्टर सुरु गरेको हो । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७० वटा जिल्लामा फैलिएको शाखा सञ्जाल सहित २३३ एटिएम, ३९ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २०१ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । कोरोना (कोभिड–१९)ले त्रसित बनाइरहेको अवस्थामा पनि ग्राहकलाई निरन्तर बैंकिङ्ग सेवा प्रदान गर्न ग्लोबल आइएमई बैंक तयार रहेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकले ल्यायाे न्युन व्याजदरमा सुन कर्जा योजना

काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकलाई लक्षित गरी सांग्रिला सुन कर्जा योजना सार्वजनिक गरेको छ । यस योजनामा न्युन व्याजदरमा ग्राहकहरुले आफुसँग भएको सुन राखेर कर्जा लिन सक्नेछन् । यस कर्जा योजना अन्तर्गत ग्राहकले आफनो आवश्यकता अनुसार कर्जा सीमा थप/घट गर्न सक्ने बैंकले जनाएकाे छ ।