नजिकको एटीएम बुथबाट पैसा झिक्नुस्, तिर्नु पर्दैन कुनै शुल्क

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटिएम कार्ड प्रयोग गरी जुनसुकै बैंक वित्तीय संस्थाको एटिएम बुथबाट रकम झिकेपनि शुल्न नलाग्ने भएको छ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैंकर्स एसोसिएसनले साउन १ गतेदेखि एउटा बैंकको एटिएम कार्ड प्रयोग गरी अर्काे बैंकको एटीएम बुथबाट रकम निकाल्दा शुल्क लाग्ने निर्णय गरेको थियो । एसोसिएसनले यस्तो निर्णय गरेपछि नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत एटिएम कार्डबाट जुनसुकै बैंकको एटिएम बुथ प्रयोग गरी रकम निकाले पनि कुनै सुल्क नलाग्ने व्यवस्था गरेको थियो । मौद्रिक नीतिमा आएको सो व्यवस्था राष्ट्र बैंकले निर्देशन मार्फत कायान्वयन गराएको छ । ‘एउटा बैंक तथा वित्तीय संस्था जारी गरेका एटिएम कार्य स्वदेश भित्रै अर्काे बैंक तथा वित्तीय संस्थाको एटिएममा प्रयोग गर्दा कार्ड प्रयोगकर्तासँग कुनै शुल्क लिन पाइने छैन,’ राष्ट्र बैंकले जारी गरेको निर्देशनमा उल्लेख गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण सन्त्रासको कारण सरकारले चैत ११ गतेदेखि देशव्यापी लकडाउन घोषणा गरेको थियो । सो लकडाउनको समयमा सर्वसाधारणलाई सहज होस भनेर नेपाल राष्ट्र बैंकले जुनसुकै बैंकको कार्ड प्रयोग गरेर एटिएमबाट पैसा निकाले पनि शुल्क नलाग्ने व्यवस्था मिलाइएको थियो । लकडाउन खुकुलो भएसँगै बैंकहरुले उकतर्फि निर्णय गर्दै एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेको कार्ड अर्काे बैंक तथा वित्तीय संस्थाको एटिएममा प्रयोग गरी पैसा निकाल्दा साउन १ गतेदेखि शुल्क लाग्ने निर्णय गरेका थिए ।

हिमालयन बैंकद्धारा टिच फर नेपाललाई ५ लाख सहयाेग

काठमाडौं । हिमालयन बैंक लिमिटेडले टिच फर नेपाललाई ग्रामिण क्षेत्रका समुदायिक/सरकारी विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न विषयहरुको गुणस्तरीय शिक्षा प्रदान गर्न स्वयंसेवक शिक्षकहरुको व्यवस्था गर्न रु. पाँच लाख बराबरको आर्थिक सहायता प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने सिलसिलामा संस्थालाई उक्त सहायता रकम प्रदान गरेको हो । “एक दिन नेपालका सबै विद्यार्थीहरुले गुणस्तरीय शिक्षा प्राप्त गर्नेछन्” भन्ने मुल मन्त्रका साथ अगाडी बढेको टिच फर नेपाल संस्थाले हालसम्म विभिन्न ७ जिल्लाका ६७ वटा विद्यालयमा २७० जना स्वयंसेवक शिक्षकहरुको व्यवस्था गरी ३० हजारभन्दा बढी विद्यार्थीहरुलाई विज्ञान, गणित, अंग्रेजी लगायतका विषयहरु पढाइरहेकोे छ । हिमालयन बैंकले आफ्नो स्थापनाकाल देखिनै अनाथालय, बृद्धाश्रम, सांस्कृतिक सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य, प्राकृतिक विपत्ति भोगेकाहरुका लागि, चेतना मुलक कार्यक्रमहरु आदिमा समय–समयमा विभिन्न किसिमका सहयोग र राहत सामाग्रीहरु उपलब्ध गराउँदै आएको छ । बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले उक्त सहयोग रकम टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठलाई हस्तान्तरण गरेका  थिए ।

दृष्टिविहीनका लागि कामना सेवाले ल्यायो बचत खाता, नेपालको बैकिङ्ग क्षेत्रकै पहिलो

काठमाडौं । कामना सेवा विकास बैंकले दृष्टिविहीन व्यक्तिहरुका लागि विशेष प्रकृतिको खाता “स्वाभिमान बचत खाता” संचालनमा ल्याएको छ । ग्राहकले खाता खोल्दा भर्ने निवेदन फाराम तथा ग्राहक पहिचान सम्बन्धी विवरणमा के के विषयहरु उल्लेख भएको छ भन्ने बारेमा ग्राहक आफैले पढ्न सक्ने गरी ब्रेल लिपिको व्यवस्था समेत गरिएको छ । यो दृष्टिविहीनहरुलाई लक्षित गरी सञ्चालनमा ल्याईएको डिपोजिट प्रोडक्ट नेपालको बैकिङ्ग क्षेत्रकै पहिलो हो । यस खाता शुन्य मौज्दातमा खोली उच्चतम् प्रतिफल प्राप्त गर्नुका साथै बैंकबाट प्रदान गरिने अन्य विशेष सुविधाहरु समेत लिन सकिनेछ । हाललाई ज्ञानेश्वर स्थित मुख्य शाखा कार्यालयबाट अडियोको सहायता लिएर एटिएम सुविधा लिन सक्ने व्यवस्था समेत गरिएको छ । बैंकका सञ्चालक विश्वेश्वर सुवेदीले यस खाताको शुभारम्भ गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले खाताको जानकारी तथा बैंकको अवधारणा बारे प्रकाश पारेका थिए । खाता शुभारम्भ कार्यक्रममा नेपाल नेत्रहिन संघका प्रोग्राम अफिसर शोभा न्यौपानेले दृष्टिविहीनहरुले भोग्नु परेका समस्या र चुनौतीहरुका बारेमा प्रकाश पारेका थिए । यसैगरी नेपाल नेत्रहिन संघका अध्यक्ष नर बहादुर लिम्बुले आफुहरु दृष्टिविहीन भएको कारण राज्यका निकायहरुबाट पाउने विभिन्न सुविधाहरु उपभोग गर्नबाट बञ्चित भएको गुनासो गर्दै कामना सेवा विकास बैंकले इज्जतका साथ हामीलाई आम नागरिक सरह बैंकिङ सुविधा लिन पाउने अवसर प्रदान गरेकोमा संघ तथा आफ्नो व्यक्तिगत तर्फबाट धन्यवाद दिएका छन् । साथै, अन्य बैंक ता वित्तीय संस्थहरुले समेत यो महत्वपूर्ण कार्यको अनुसरण गर्नु पर्ने उनले बताए ।