माैद्रिक नीति: सीसीडी रेसियोको अनुपात ८५ प्रतिशत पुग्यो
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति मार्फत कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) बढाएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति मार्फत गभर्नरले ८० प्रतिशतको सीमालाई बढाएर ८५ प्रतिशत र्पुयाएको बताएका हुन् । बजारलाई चाहिने यथेस्ट तरलता प्रवाह गरेर ऋणको ब्याज तल झार्न सीसीडी चलाइएको छ । बैंकर तथा ब्यवसायीले पटक पटक सीसीडी बढाउन आग्रह गरेका थिए।
ऋण तिर्ने म्याद पुस मसान्तसम्म थप्न पाइने
काठमाडौं । असार मसान्तसम्म तिर्नु पर्ने ऋणको किस्ता तथा व्याज तिर्न पाउने म्याद पुस मसान्तसम्म पुर्याउन पाइने भएको छ । कोभिड १९ कारण परेको परेको असरका कारण ऋण तिर्न नसक्ने ऋणीका लागि यस्तो व्यवस्था गरिएको हो । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।
माैद्रिक नीति: घर जग्गा धितोमा ६० प्रतिशतसम्म कर्जा पाइने
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति मार्फत घर जग्गा धितोमा ६० प्रतिशतसम्म कर्जा पाइने भएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति मार्फत सो व्यवस्था भएको बताएका हुन् । मौद्रिक नीतिले मार्जिन लेन्डिङ, होम लोन र अटो लोनको सीमा बढाएको बताएका छन् । तत्कालका लागि अन्य क्षेत्रमा ऋण प्रवाह हुनसक्ने अवस्था नभएका कारण यी क्षेत्रमा बैंकले प्रवाह गर्न पाउने ऋणको बढाइएकाउनले बताए ।