राष्ट्रिय वाणिज्य बैंकको २४१ औं शाखा सुर्खेतको विरेन्द्रनगरमा
काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकले सुर्खेत जिल्लाको विरेन्द्रनगर नगरपालिका वडा नं–६ स्थित शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय प्रकाश ज्वालाले साइनबोर्ड अनावरण गरी बैंकको २४१ औं शाखा कार्यालयको आईतबार समुदघाट्न गरेका हुन् । उक्त अवसरमा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय प्रकाश ज्वालाले रा.वा.बैंक पूर्ण सरकारी बैंक भएकाले सरकारलाई सहयोग गर्नुपर्ने र बैंक नाफामुखीभन्दा पनि थप सेवामुखी हुनुपर्ने बताए । उनले महामारीको समयमा पनि बैंकले शाखा स्थापना गरी कर्णालीबासीलाई थप बैंकिङ्ग सेवा उपलब्ध गराएकोमा बैंक परिवारलाई धन्यवाद व्यक्त गरे । बैंकको कर्णाली प्रादेशिक प्रबन्धक रामकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्र बैंक कर्णाली प्रादेशिक कार्यालयका प्रमुख डा. शालीकराम पोख्रेलले शाखाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
मेगा बैंकको १८ लाख कित्ता सेयर असोज ११ गतेदेखि लिलामीमा, मूल्य १०० मा बढाबढ
काठमाडौं । मेगा बैंकको कूल १८ लाख ४० हजार ७ सय ३८ कित्ता हकप्रद सेयर लिलामी हुने भएको छ । बैंकले निष्काशन गरेको हकप्रद सेयरमा पर्याप्त आवेदन नपरेपछि उक्त सेयर बढाबढ मूल्यमा बिक्रीमा राखिएको हो । कम्पनीले सार्वजनिक सूचना प्रकाशित गरेर संस्थापक तथा साधारण समूहको गरीे सो मात्राको अवितरित हिकप्रद सेयर लिलामी गर्न लागेको जानकारी दिएको हो । जसमध्ये ११ लाख ३३ हजार ३ सय ४४ कित्ता सेयर संस्थापक समूह तर्फको र ७ लाख ७ हजार ३ सय ९४ कित्ता सेयर सर्वसाधारण समूह तर्फको रहेको छ । बैंकले २०७४ साल भदौ २७ गतेदेखि २०७४ साल कात्तिक १४ गतेसम्म संस्थापक तथा साधारण सेयरधनीहरुका लागि हकप्रद सेयर निष्काशन गरेको थियो । सोमध्ये बिक्रि नभएको १८ लाख ४० हजार ७ सय ३८ कित्ता सेयर लिलाम बढाबढमा बिक्री गर्न लागिएको हो । यससँगै बैंकको सेयर खरिद गर्न चाहने लगानीकर्ताहरुले आगामी असोज ११ गतेदेखि असोज १८ गतेभित्र आवेदन दिन सक्नेछन् । न्युनतम मूल्य एक सय रुपैयाँ तोकिएको बैंकको सेयर इच्छुक तथा योग्य व्यक्ति तथा संघ संस्थाले सो वा सो भन्दा बढी मूल्यमा अंकित गरी बोलकबोल गर्न सक्नेछन् । सेयर खरिदका लागि बोलकबोल पेश गर्दा उनीहरुले न्युनतम १०० कित्ता र अधिकतम एक लाख कित्तासम्मको आवेदन दिन पाउने छन् । उपत्यका भित्र मेगा बैंकको कमलादीस्थित मुख्य कार्यालय, नयाँ बानेश्वर चोक, ठमेल, न्यूरोड (पिपलबोट), ज्ञानेश्वर, चाबहिल, बौद्ध, कलंकी, गोंगबु, महाराजगञ्ज, मैतीदेवी, जावलाखेल, पुरानो ठिमी र सूर्यविनायक शाखाबाट सर्वसाधारणहरुले शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । यसैगरी, काठमाडौं उपत्यकाबाहिर धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, तुल्सीपुर, भैरहवा, बुटवल, अर्घाखाँची, तम्घास, तानसेन, नारायणगढ, पोखराको सभागृह चोक र चिप्लेढुंगा, हेटौंडा, वीरगञ्ज, सिन्धुली, जनकपुर, धरान, विराटनगर र विर्तामोड शाखाबाट शेयर खरिदका लागि आवेदन दिने व्यवस्था मिलाइएको मेगा बैंकले जनाएको छ । यसैगरी, अनलाइनबाट फारम लिई शेयर आवेदन गर्न इच्छुक आवेदनकर्ताहरुले मेगा बैंक वा मेगा क्यापिटल मार्केटस लिमिटेडबाट छाप प्रमाणित गरी आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । कम्पनीले मेगा क्यापिटल मार्केट्सलाई बिक्रि प्रबन्धक तोकेको छ । हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२८ रुपैयाँ रहेको छ ।
एनआइसी एसिया बैंकका अध्यक्ष अग्रवाललाई ‘प्रबल जनसेवाश्री चतुर्थ’ पदक
काठमाडाैं । एनआइसी एसिया बैंक संचालक समितिका अध्यक्ष तुलसीराम अग्रवाललाई प्रबल जनसेवाश्री चतुर्थ पदकबाट सम्मानित हुने भएका छन् । सरकारले शनिबार संविधान दिवसकाे अवसरमा अध्यक्ष अग्रवाललाई सो पदक प्रदान गर्ने घोषणा गरेको हो । विशाल ग्रुपका उपाध्यक्षसमेत रहेका अग्रवाललाई सो पदक आगामी वर्षको गणतन्त्र दिवसका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्नेछिन् ।