विकासन्युज

जहाँ १५० युवायुवती मिलेर गरिरहेका थिए गैरकानुनी धन्दा

काठमाडाैं । ठगी गरेको आरोपमा प्रहरीले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ बाट डेढ सय युवा युवतीलाई पक्रेको छ । प्रहरीले उक्त स्थानमा रहेकाे ब्लु स्काइ कल सेन्टरबाट ठगी गरेको आरोपमा डेढ सय युवा युवतीलाई पक्रेको हाे । कल सेन्टरबाट भारतीय नागरिकलाई विभिन्न प्रलोभनमा पारी ठगी गर्ने गरेको उजुरीका आधारमा छापा परेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार विदेशी नागरिकको लगानीमा खोलिएको यस कार्यालयबाट सर्वसाधारणको मोबाइलमा ह्वाट्सप र फेसबुकमा चिट्ठा पर्‍यो भन्दै म्यासेज पठाउने, अश्लिल सन्देश पठाउने र ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको हाे ।  

सहकारीको सन्दर्भदर तत्काल पुनरावलोकन गरौं, बैंकले निक्षेप खोस्न सक्छन् : सीईओ गुरागाईं

मुद्रास्फीति बढेको, बिदेशी मुद्रा संचिति घटेको र तरलतामा दबाब रहेको अवस्थामा अर्थतन्त्रको समस्या सन्तुलित हुदै दिर्घकालिन रुपमा समाधान गर्न संकुचनकारी मौद्रिकनीति केन्द्रीय बैंकले ल्याएको देखिन्छ । सहकारी क्षेत्रमा मौद्रिक नीतिका प्रमुखत निम्न व्यवस्था प्रत्यक्ष/परोक्षरूपमा आकर्षित हुने देखिन्छ । १. आर्थिक वर्ष २०७९/८० मा निजी क्षेत्रतर्फ जाने कर्जाको वृद्धिदर १२.६ प्रतिशत रहने प्रक्षेपण रहेको छ । सहकारी क्षेत्रले ध्यान दिनुपर्ने : बैंकिंग क्षेत्रमा कर्जा लगानी नियन्त्रण गर्ने एवंम श्रोतको उपलब्धतामा कमी हुने देखिएकोले सहकारीहरुले समेत कर्जा लगानीमा सजग हुनु पर्ने र दिर्घकालिन श्रोत सुनिश्चित नगरी लगानी गर्न नहुने तर्फ सचेत हुनुपर्ने देखिन्छ । २. मूल्य र विदेशी विनिमय सञ्चितिमा परेको चापलाई मध्यनजर राखेर समष्टिगत आर्थिक स्थायित्वको लागि ब्याजदर करिडोर अन्तर्गतको दरहरुलाई १.५ प्रतिशत बिन्दुले वृद्धि गरी बैंक दर ८.५ प्रतिशत, नीतिगत दर ७.० प्रतिशत र निक्षेप संकलन दरलाई ५.५ प्रतिशत कायम गरिएको छ । सहकारी क्षेत्रले ध्यान दिनुपर्ने : यस प्रावधानका कारण बैंकिंङ क्षेत्रको बचत र कर्जाको ब्याज बढ्ने हुदा सहकारी क्षेत्रले समयमै ब्याजदर सम्बन्धि निर्णय गर्नुपर्नेछ भने सन्दर्भ ब्याजदरमा तुरुन्त पुनरावलोकन गर्नुपर्ने देखिन्छ अन्यथा सहकारीको निक्षेप अन्य क्षेत्रमा जाने सम्भावना धेरै देखिन्छ । ३. बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपातलाई २०७९ भदौ १ गतेदेखि लागू हुने गरी १ प्रतिशत बिन्दुले वृद्धि गरी ४ प्रतिशत पुर्याइने र वैधानिक तरलता अनुपातमा २०७९ पौष मसान्त सम्म लागु हुने गरी वृद्धि गरिएको छ । सहकारी क्षेत्रले ध्यान दिनुपर्ने : बैंकिंग क्षेत्रबाट करिब ५० अर्ब थप रकम राष्ट्र बैंकमा जाने हुदा बैंकको श्रोतमा चाप पर्ने देखिन्छ ।यसका लागि बैंकले ब्याज बढाएर श्रोत ब्यबस्थापन गर्ने सम्भावना रहन्छ तसर्थ सहकारी संस्थाले समेत आफ्नो बचतको ब्याजदरमा समय सापेक्ष परिमार्जन गरी बचत वृद्धि गर्न ध्यान दिनु जरुरी देखिन्छ । ४. नेपाल राष्ट्र बैंक ऐन, २०५८, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९, भुक्तानी तथा फस्यौट ऐन, २०७५ लगायतका बैंकिङ्ग ऐन तथा कानूनमा परिमार्जन तथा संशोधन प्रस्ताव तयार गर्न आवश्यक कार्य अगाडि बढाइनेछ । सहकारी क्षेत्रले ध्यान दिनुपर्ने : उपरोक्त ऐन संसोधनमा सहकारी क्षेत्रले चेक जारी गर्न पाउने, PSO र PSP को इजाजत लिन पाउने, सहकारी नियमावलीमा रहेको ५० करोड भन्दा बढीको कारोबारगर्ने सहकारीको नियमन गर्ने प्राबधान नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा समाबेश गर्नका लागि आवश्यक बहस पैरवीमा पहल गर्नुपर्ने। ५. उत्पादनशील र व्यापारिक क्षेत्रमा जाने कर्जाको ब्याजदरमा भिन्नता ल्याइनेछ । हाललाई बैंक तथा वित्तीय संस्थाले खाद्यान्न उत्पादन, पशुपंक्षी, मत्स्यपालन, निर्यातजन्य र शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगका लागि रु.२ करोडसम्मको कर्जा प्रवाह गर्दा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुसम्म प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्न पाउने व्यवस्था गरिनेछ । सहकारी क्षेत्रले ध्यान दिनुपर्ने : उत्पादनशील क्षेत्रलाई केन्द्रीय बैंकले प्राथमिकतामा राखेर ब्याजदर कायम गर्दा, व्यक्तिगत, अधिविकर्ष, मार्जिन प्रकृति लगायत व्यापारिक क्षेत्रका अनुत्पादक कर्जाहरु सहकारी क्षेत्रमा आकर्षित हुने सक्ने सम्भावना देखिन्छ । ६. बैंक तथा वित्तीय संस्थाले घर जग्गा धितो राखी निश्चित प्रयोजन नखुलेका नयाँ अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कर्जा र सोको धितो सुरक्षणको Fair Market Value बीचको अनुपात काठमाण्डौ उपत्यकाभित्र बढीमा ३० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ४० प्रतिशतसम्म कायम गर्नुपर्ने व्यवस्था गरिनेछ । सहकारी क्षेत्रले ध्यान दिनुपर्ने : घर जग्गा कर्जालाई नियन्त्रण र निरूत्साहित गरेर भएको रकम उत्पादनशील क्षेत्रतर्फ निर्देशित गर्ने लक्ष्य देखिन्छ जसको कारणले घर जग्गा कर्जाको माग सहकारी क्षेत्रमा बढ्ने सम्भावना रहन्छ । सहकारीमा सुरक्षणको Fair Market Value को अनुपात र जोखिम भारित सम्पतिको आधारमा न्युनतम पुँजी पर्याप्तता कायम गर्ने प्राबधान नभएकोले जोखिम बहन गर्न कठिन हुने तर्फ सजग हुनुपर्नेछ । ७. आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा व्यवस्था भएबमोजिम यस बैंकको सुपरिवेक्षकीय दायरा बाहिर रही वित्तीय कारोबार गर्ने बचत तथा ऋण सहकारी र गैर-सरकारी संस्थाहरुको प्रभावकारी नियमन, निरीक्षण तथा सुपरिवेक्षणका लागि दोस्रो तहको नियामक निकाय स्थापना सम्बन्धमा आवश्यक सहजीकरण गरिनेछ । सहकारी क्षेत्रले ध्यान दिनुपर्ने : सहकारी क्षेत्रका नियमन, निरीक्षण तथा सुपरिवेक्षणका लागि आवश्यक रहेको दोश्रो तहको नियामक निकायको विषयलाई मौद्रिक नीतिमा समेटीनु सकरात्मक विषय रहेको छ । केन्द्रीय बैंकले यो विषयलाई सहजीकरण मात्र भनेको हुनाले यसको कार्यान्वयन पक्ष कस्तो रहन्छ भन्ने विषयमा केहि समय कुर्नु पर्ने देखीयो । ८. आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा उल्लिखित सहलियतपूर्ण कर्जासम्बन्धी कार्यक्रमहरु नेपाल सरकारबाट स्वीकृत कार्यविधिबमोजिम कार्यान्वयन गरिनेछ । सहकारी क्षेत्रले ध्यान दिनुपर्ने : सहूलियतपूर्ण कर्जा परिचालन गर्ने सम्बन्धमा नेपाल सरकारले निर्माण गर्ने कार्यविधिमा सहकारी मार्फत परिचालन गर्ने ब्यबस्था नभएमा यस पटक समेत सहकारीका सदस्यले सहुलियत पूर्ण कर्जामा पहुँच नपाउने अवस्था सृजना हुने देखिन्छ । ९. बैंक तथा वित्तीय संस्थाले लघुवित्त वित्तीय संस्थालाई विपन्न वर्ग कर्जा अन्तर्गत थोक कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशत बिन्दुसम्म मात्र प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गरिनेछ । सहकारी क्षेत्रले ध्यान दिनुपर्ने : लघुवित्त वितिय संस्थाको श्रोतको लागतमा न्यूनीकरण हुनेछ जसले गर्दा प्रतिस्पर्धि क्षमता कायम राख्न सहकारीले संस्थाले आफ्नो श्रोतको लागत कम गर्न तर्फ सचेत हुनुपर्नेछ । १०. आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यबमोजिम कृषि कर्जामा सहज पहुँच पुर्याउने उद्देश्यले स्थापना हुने लघुवित्त कोषको कानूनी, संस्थागत र कार्य संचालन ढाँचाअनुसार कार्यान्वयनमा सहजीकरण गरिनेछ । सहकारी क्षेत्रले ध्यान दिनुपर्ने : लघुवित्त कोष गरिबी न्यूनीकरणको रणनीति भएकोले यो कोषको परिचालन सहकारी क्षेत्रको समेत सहभागिता समेत हुने प्राबधान गर्न सहकारी क्षेत्रले पहल गर्नु पर्नेछ । अन्त्यमा, मौद्रिक नीतिका व्यवस्थाहरुको कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंकले जारी गर्ने निर्देशनले समेत महत्वपूर्ण भूमिका राख्ने भएको हुनाले मौद्रिक नीतिको पूर्ण कार्यान्वयनका लागि केन्द्रीय बैंकको निर्देशनले अर्थतन्त्रमा वित्त व्यवस्थापनको पाटो र सोही अनुरूप बैंक तथा वित्तीय संस्थाहरुको योजना तथा कार्यसम्पादनलाई दिशानिर्देश हुनेछ । इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थामा कर्जा संकुचनको नीति केन्द्रीय बैंकले लिदा त्यसको प्रत्यक्ष प्रभाव अर्थतन्त्रको अर्को वित्तीय हिस्सा सहकारी क्षेत्रमा पर्ने देखिन्छ । सहकारी क्षेत्रमा कर्जाको मागमा वृद्धि हुने देखिन्छ र सहकारी क्षेत्रले श्रोत सुनिश्चितताको लागि ध्यान नदिनेहो भने लगानीयोग्य रकमको अभावका साथै तरलता संकट अझै नगहिरीएला भन्न सक्ने अवस्था रहेन ।

नोट्सको लगइन र युजर आइडी लिन १० दिनभित्र इमेल आइडी पठाउन नेप्सेको निर्देशन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेप्से अनलाइन ट्रेडिङ प्रणाली (नोट्स) को लगइन र युजर आइडी लिन असम्पूर्ण सूचीकृत संगठित संस्थाहरुलाई आधिकारिक इमेल आइडी पठाउन आग्रह गरेको छ । नेप्सेले आइतबार एक सूचना जारी गर्दै पुरानो वेवसाइट मर्मत कार्य गर्नुपर्ने र नयाँ वेवसाइट संचालनमा आइसकेको हुँदा सूचीकृत कम्पनीहरुको सूचना तथा विवरणहरु लागि नेप्सेको नोट्स लगइन र युजर आइडी लिन १० दिनभित्र कम्पनीको पब्लिक आइपी एड्रेस र आधिकारिक इमेल आइडी नेप्सेको सूचीकरण शाखामा सम्पर्क गर्न निर्देशन दिएको हो । साथै यसभन्दा अघि नोट्सको लगइन र युजर आइडी लिन नेप्सेमा पत्र पठाएका कम्पनीहरुलाई नोट्सको लगइन र युजर आइडी सूचीकरण शाखाले पठाउने नेप्सेले जनाएको छ ।

डिएचआइ ब्राण्डका इलेक्ट्रोनिक्स तथा घरायसी उपकरणहरु नेपाली बजारमा

काठमाडौं । डिएचआइ इलेक्ट्रोनिक्स प्रालिले नेपाली बजारमा आफ्नो उपकरणहरु सार्वजनिक गरेको छ । कम्पनीले आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी आफ्नो उपकरणहरु सार्वजनिक गरेको हो । कम्पनीले टेलिभिजन वासिङ मेसिन रेफ्रिजेरेटर इन्डक्सन चुलो राइस कुकर एयर कुलर किचन चिम्नी भ्याकुम किल्नर र चेस्ट फ्रिजर लगायतका घरेलु उपकरणहरु सार्वजनिक गरेको छ । देशमा पेट्रोलियम पद्धार्थको आयतले व्यापार घाटालाई थप चुनौतीपूर्ण बनाइरहेको स्थितिमा  डिएचआइका उर्जा कुशल विद्युतीय उपकरणहरुले महत्चपूर्ण भूमिका खेल्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशवकान्त पौडेल बताउँछन् । ‘हामीले डिएचआइ ब्रान्डका उत्कृष्ट उत्पादनहरु मार्फत ग्राहकहरुको सन्तुष्टिलाई मध्यनजर गर्दै प्रत्येक घरलाई सुखी घर बनाउने लक्ष्य राखेका छौं र हाम्रा ग्राहकहरुको मन पनि जितिरहेका छौँ,’ उनले भने । कम्पनीले देशभर आफ्नो सेवा सन्जाल समेत विस्तार गरेको छ ।

रिलायन्स लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । रिलायन्स लाइफले सातै प्रदेशबाट १९ वटा ब्रान्चका लागि ब्रान्च म्यानेजर र तीनवटा प्रदेशको ६ वटा शाखा कार्यालयका लागि सेल्स एण्ड मार्केटिङ स्टाफ माग गरेको हो । इच्छुक योग्यता पुगेकाले साउन २२ गतेभित्र कम्पनीको इमेल [email protected]  मार्फत दरखास्त दिन सक्नेछन् ।

अब सर्वसाधारणले घरजग्गा किनबेच गर्नै नसक्ने, बैंकको नाफा घट्ने, सरकारले राजश्व गुमाउने

काठमाडौं । पछिल्लो समय व्यापारका लागि धेरैले रोज्ने क्षेत्र हो घरजग्गा । छोटै समयमा मनग्य आम्दानी गर्न सकिने क्षेत्रका रूपमा धेरैले घरजग्गा क्षेत्रलाई लिन्छन् । सरकारले यो क्षेत्रलाई अनुत्पादक क्षेत्रका रूपमा पनि लिँदै आएको छ । रोजगारी सिर्जनामा शुन्य र देशको अर्थतन्त्रमा पनि खासै टेवा नपुर्याउने यस क्षेत्रका विषयमा विभिन्न समयमा टिकाटिप्पणी पनि हुने गरेका छन् । धेरैले यस क्षेत्रलाई औपचारिक रुपमा कम्पनीमार्फत् कारोबार हुनु पर्ने धारणा राख्दै आएका छन् भने कतिपयले केही समयका लागि घरजग्गा कारोबार नै रोक्नु पर्ने सुझाव नियामक निकाय अर्थात् सरकारलाई दिँदै आएका छन् । शुक्रबार मात्रै नेपाल राष्ट्र बैंकले पनि चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै घरजग्गा क्षेत्रमा जाने कर्जा प्रवाहमा कडाइ गर्यो । राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रबाट घरजग्गामा प्रवाह हुने कर्जामा कडाइ गरेपछि घरजग्गा व्यवसायी राष्ट्र बैंकसँग रूष्ट बनेका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गा धितो राखी निश्चित प्रयोजन नखुलेका नयाँ अधिविकर्स कर्जा, धितो कर्जा, सम्पत्ती कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कर्जा र सोको धितो सुरक्षण ‘फेयर मार्केट भ्यालू’ बिचको अनुपात काठमाडौं उपत्यकाभित्र बढीमा ३० प्रतिशत र उपत्यका बाहिरको हकमा ४० प्रतिशतसम्म कायम गर्नुपर्ने व्यवस्था गर्यो । यसअघि काठमाडौं उपत्यकाभित्र ४० र उपत्यकाबाहिर यस्तो अनुपात ५० थियो । यो व्यवस्था भनेको घरजग्गा कर्जामा कडाइ गर्नु हो । अब बैंक तथा वित्तीय क्षेत्रले घरजग्गा कारोबारीलाई कर्जा दिँदा कुल मूल्यांकनको काठमाडौंमा ३० प्रतिशत र काठमाडौं बाहिर ४० प्रतिशत मात्रै ऋण प्रवाह गर्न पाउनेछन् । यदि कुनै ऋणीको घर वा जग्गाको कुल मूल्यांकन १ करोड रुपैयाँ छ भने अब बैंक तथा वित्तीय संस्थाले एक करोड रुपैयाँ बराबरको सम्पत्ति धितो राखे वाफत ऋणीलाई काठमाडौंभित्र ३० लाख र काठमाडौं बाहिर ४० लाख रुपैयाँ मात्रै ऋण दिन पाउँछन् । यसले ऋणीलाई समस्यामा पार्छ । अब घरजग्गा कारोबारीलाई बैंक तथा वित्तीय संस्थाबाट धितो राखेर कर्जा लिन पनि समस्या हुनेछ भने उनीहरुकाे घरजग्गा किनबेचमा पनि सुस्तता आउनेछ । नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष इच्छाबहादुर वाग्लेले राष्ट्र बैंकले घरजग्गा क्षेत्रलाई अन्याय गरेको बताए । ‘कोरोनाको समयमा उद्योग व्यवसाय समस्यामा परेको बेला अर्थात अर्थतन्त्र नै सस्त बनेको अवस्थामा रियलस्टेट क्षेत्रले धेरै सहयोग गर्यो, राज्यलाई राजश्वसँगै अर्थतन्त्र चलायमान बनाउन पनि धेरै सघाउ पुग्यो तर, अहिले यही क्षेत्रलाई राष्ट्र बैंकले अन्याय गर्यो,’ वाग्लेले भने । उनले यसवर्षको मौद्रिक नीति हालसम्मकै झुर भएको पनि तर्क राखे । उनका अनुसार अब बैंकबाट कर्जा नै पाउने स्थिती नहुँदा घरजग्गा किनबेच गर्न चाहने सर्वसाधारणले बैंकबाट ऋण नै पाउने अवस्था नहुने बताए । ‘टाठाबाठाले त काम गर्लान, उनीहरुसँग कारोबार गर्नका लागि सम्पत्ति र बजेट पनि हुन्छ तर, जिविका चलाउनकै लागि भएपनि कतिपयले घरजग्गा धितोमा राखेर ऋण लिन्छन्, उनीहरु धेरै मारमा पर्ने भए,’ उनले भने । उनका अनुसार अब सर्वसाधारण तथा साना व्यवसायीलाई कारोबार नै गर्न नसक्ने स्थिति आउन सक्छ । मूल्य भने तत्कालै घट्न नसक्ने उनको बुझाइ छ । पछिल्लो समय बैंकिङ प्रणालीमा देखिएको तरलता संकटलाई मध्यनजर गर्दैै राष्ट्र बैंकले घरजग्गामामा जाने कर्जाम कडाइ गरेको हो । राष्ट्र बैंकले कर्जा वृद्धिको लक्ष्य पनि कम राखेको छ भने घरजग्गा क्षेत्रलाई निरुत्साहित नै पार्न खोजेको बुझिन्छ । नेपाल राष्ट्र बैंककै तथ्यांकअनुसार पनि गत आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गा (व्यक्तिगत आवासिय र कमर्शियल) क्षेत्रमा ८० अर्ब रुपैयाँ कर्जा प्रवाह भएको देखिन्छ । अध्यक्ष वाग्लेका अनुसार सरकारले अब राजश्व पनि धेरै गुमाउनेछ । यसअघि उच्च रुपमा घरजग्गा कारोबार हुँदा सरकारले पनि उच्च रुपमा राजश्व असुल गर्दै आएको थियो । अब त्यो राजश्वमा पनि ह्रास आउनेछ । गत वर्ष सरकारले ७० अर्ब बढी घरजग्गा कारोबारबाट राजस्व संकलन गरेको थियो । बैंकको नाफ पनि घट्ने अहिले पनि धेरै बैंक तथा वित्तीय संस्थाले उच्च रुपमा घरजग्गा कर्जा प्रवाह गरेका छन् । कुल कर्जाको ६० प्रतिशतभन्दा बढी रियलस्टेट कर्जा नै छ । अब बैंकहरुले विस्तारै सो कर्जा रिकभर गर्नु पर्ने देखिन्छ भने अब कमै प्रवाह गर्नु पर्ने देखिन्छ । बैंक तथा वित्तीय संस्थाले भरपर्दाे धितोका रुपमा घरजग्गालाई नै लिन्छन् । अब यही क्षेत्रमा कडाइ भएपछि बैंकहरुको नाफामा पनि संकुचन आउने देखिन्छ । ऋण प्रवाहमा संकुचन आएपछि नाफा अवश्य नै घट्छ । सिटिजन्स बैंक इन्टरेशनलका प्रमुख कार्यकारी अधिकृत गणेश पोखरेलले राष्ट्र बैंकले गरेका केही नयाँ व्यवस्थाले बैंकहरुको आम्दानी घट्ने बताए । उनका अनुसार बैंकका आम्दानी घट्दा नाफामा पनि स्वभाविक रुपमा कमि आउनेछ । ‘उत्पादनशील क्षेत्र र अनुत्पादक क्षेत्रमा कर्जा लगानीमा फरक–फरकब्याजदर तोक्ने भनेको छ, यसले विदेशी मुद्रामा परेको चाप कम गर्न सकिन्छ, सीआरआरको वृद्धिले औसत ५० अर्ब रुपैयाँ राष्ट्र बैंकको ट्रेजरीमा जान्छ, डिवेन्चरको पैसालाई सीडीमा गणना गर्न मिल्ने व्यवस्थालाई बैंकहरुलाई धेरै सहज भएको छ, बैंकहरुको अहिले अधिकांश कर्जा घरजग्गामा छ, अब त्यो रिकभरसँगै कर्जा कम हुँदा आम्दानीमा कमि देखिन सक्छ’ उनले भने ।

गरिमा विकास बैंकको मोबाईल बैंकिङ्ग एप स्तरोन्नति भई बन्यो ‘डिजि बटुवा’ 

काठमाडाैं । गरिमा विकास बैंकले मोबाईल बैंकिङ्ग एपलाई नयाँ ओम्नी च्यानल डिजिटलमा स्तरोन्नति गरेको छ । यससँगै, अब यस विकास बैंकको मोबाईल बैंकिङ्ग एपको नाम ‘गरिमा स्मार्ट’बाट परिवर्तन भई ‘डिजि बटुवा’ भएको छ । ‘डिजि बटुवा’ अन्तर्गत यस विकास बैंकका ग्राहकहरुले ‘एपमा पनि, अनि वेबमा पनि’ एउटै युजरनेम र पासवर्ड प्रयोग गरी सजिलै पैसा ट्रान्सफर, विभिन्न बिल भुक्तानीहरु (जस्तैः विजुलीको विल, टेलिफोनको विल, ईन्टरनेटको बिल, ट्राफिक चिट आदि), मोबाईल टप–अप, बैंक ईस्टेटमेन्ट, चेक ईस्टेटमेन्ट रिक्वेस्ट, क्यु.आर. पेमेन्ट ईत्यादिको सजिलै प्रयोग गर्न सक्नेछन् । साथै, स्तरोन्नती पश्चात यस विकास बैंकको मोबाईल बैंकिङ्ग एप ‘डिजि बटुवा’ अझ बढि सुरक्षित एवं ग्राहकमैत्री भएको बैंकले जनाएकाे छ । यस विकास बैंकले ग्राहकमैत्री प्रविधिहरु भित्राउने क्रममा पछिल्लो वर्ष पनि विना चेकबुक शाखाबाट मोबाईल बैकिङ्ग मार्फत पैसा निकाल्न मिल्ने गरिमा स्मार्ट टेलर लिएर आएको थियो । हाल, गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय बैकिङ्ग सेवा दिदै आईरहेको छ ।

सेयर धितोमा ४ करोडको सीमा हटेपछि बजार हरियाली, ६१ अकंले बढ्यो

काठमाडौं । सेयर बजारले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिको स्वागत गरेको छ । ओरालो लाग्दै आएको सेयर बजार आइतबार बढेपछि राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको स्वागत गरेको जानकारहरु बताउँछन् । सेयर बजार अनुकुल मौद्रिक नीति आएपछि सेयर बजारमा पनि हरियाली छाएको छ । यसअघि घट्दै आएको सेयर बजार राष्ट्र बैंकको मौद्रिक नीतिका कारण बढ्ने अपेक्षा सेयर जानकार बताउँछन् । शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् सेयर धितो राखी प्रवाह हुने मार्जिन कर्जाको एकल ग्राहक सीमा एउटा वा सबै इजाजतपत्र प्राप्त वित्तीय संस्थाहरुबाट लिनसक्ने गरी अधिकतम सीमा १२ करोड रुपैयाँ कायम गरेको थियो । सेयर ब्रोकरमार्फत नियमित र व्यवस्थित हुँदै गएपछि यस्तो मार्जिन कर्जासम्बन्धी व्यवस्था हटाउने बताएको थियो । सोही कारण सेयर बजार बढेको जानकार बताउँछन् । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६१.०५ अंकले बढेर २०७८.५१ अंकमा बन्द भएको छ । आइतबार नेप्से ३.०३ प्रतिशतले बढेको हो । आइतबार दिनभरिमा २१९ कम्पनीको ६४ लाख २३ हजार १४६ कित्ता सेयर ४२ हजार ९३० पटक किनबेच हुँदा २ अर्ब ७३ करोड ९ लाख २७ हजार २९७ रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार बैंकिङ्ग समूह १.६७ प्रतिशत, ट्रेडिङ्ग समूह ४.४४ प्रतिशत, होटल एण्ड टुरिजम समूह २.७५ प्रतिशत, विकास बैंक समूह ५.१ प्रतिशत, हाइड्रोपावर समूह ३.६८ प्रतिशत, फाइनान्स समूह ७.२२ प्रतिशत, निर्जीवन बीमा समूह १.४५ प्रतिशत, म्यानुफ्याक्चरिङ्ग एण्ड प्रोसेसिङ्ग समूह १.९४ प्रतिशत, अन्य समूह ६.९३ प्रतिशत, माइक्रोफाइनान्स समूह ३.९१ प्रतिशत, जीवन बीमा समूह २.१६ प्रतिशत, म्युचुअल फण्ड समूह १.१६ प्रतिशत र इन्भेष्टमेन्ट समूह ३.२१ प्रतिशत बढेको छ । आज विभिन्न ३ कम्पनीको सेयर १० प्रतिशतभन्दा बढी बढेको छ । आज सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स र मल्टीप्रपोज फाइनान्सको सेयर मूल्य १० प्रतिशत बढेको हो । साथै विभिन्न सात वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । यता विभिन्न १२ कम्पनीको सेयर मूल्य भने सामान्य घटेको छ ।