जहाँ १५० युवायुवती मिलेर गरिरहेका थिए गैरकानुनी धन्दा

<p>काठमाडाैं । ठगी गरेको आरोपमा प्रहरीले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ बाट डेढ सय युवा युवतीलाई पक्रेको छ । प्रहरीले उक्त स्थानमा रहेकाे ब्लु स्काइ कल सेन्टरबाट ठगी गरेको आरोपमा डेढ सय युवा युवतीलाई पक्रेको हाे । कल सेन्टरबाट भारतीय नागरिकलाई विभिन्न प्रलोभनमा पारी ठगी गर्ने गरेको उजुरीका आधारमा छापा परेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय बुटवलका [&hellip;]</p>

काठमाडाैं । ठगी गरेको आरोपमा प्रहरीले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ बाट डेढ सय युवा युवतीलाई पक्रेको छ । प्रहरीले उक्त स्थानमा रहेकाे ब्लु स्काइ कल सेन्टरबाट ठगी गरेको आरोपमा डेढ सय युवा युवतीलाई पक्रेको हाे ।

कल सेन्टरबाट भारतीय नागरिकलाई विभिन्न प्रलोभनमा पारी ठगी गर्ने गरेको उजुरीका आधारमा छापा परेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार विदेशी नागरिकको लगानीमा खोलिएको यस कार्यालयबाट सर्वसाधारणको मोबाइलमा ह्वाट्सप र फेसबुकमा चिट्ठा पर्‍यो भन्दै म्यासेज पठाउने, अश्लिल सन्देश पठाउने र ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको हाे ।

 

Share News