इसेवा मनी ट्रान्सफरको रेमिटोत्सव योजनामा गोरखाका कमल बने बम्पर उपहार विजेता
काठमाडाैं । इसेवा मनी ट्रान्सफरले नयाँ वर्षलाई लक्षित गर्दै ल्याएको रेमिटोत्सवकाे विजेता कतारमा रहेका गोर्खा जिल्ला निवाशी कमल कमर बनेकाे छन् । कमरले यस वापत उपहार स्वरुि ५० हजार रुपैयाँ पाएका छन् । उनले रेमिटोत्सव योजनाका बेला कतारको युनिमोनी एक्सचेन्जबाट इसेवा मनी ट्रान्सफर मार्फत रेमिट्यान्स पठाएका थिए । बैशाख १ बाट प्रारम्भ भएर साउन ४ सम्म चलेको यस योजनाको मुख्य उद्देश्य स्वदेश तथा विदेशबाट हुने अवैधानिक रेमिट्यान्स गतिविधिलाई निरुत्साहित गर्दै वैधानिक रेमिट्यान्सलाई प्रोत्साहन गर्नु थियाे । यस अफरमा, १४ हप्तासम्म संसारका २०० भन्दा बढी मुलुकबाट इसेवा मनी ट्रान्सफर मार्फत रेमिट्यान्स कारोवार गर्ने मध्ये हरेक दिन १ जनालाई र योजना अवधि भर कुल ९८ जनालाई प्रत्येक दिन उपहार स्वरुप ५ हजार प्रदान गरिएको थियो ।
सुर्खेतमा शिखर इन्स्योरेन्सको बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले सुर्खेत जिल्लामा बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा कम्पनीको सूर्खेत शाखा प्रमूख नवराज ढुंगानाले नेपालमा कृषि बीमाको इतिहास, बीमालेख, दावी प्रकृयाबारे जानकारीमलक प्रस्तूति दिएका थिए । कर्णाली प्रदेशको जूम्ला, मूगू, कालिकोटमा भईरहेको शिखर इन्स्योरेन्सको मौसम सूचकाड्ढको आधारित स्याउ खेती बीमा हालसालै शूरु गरिएको कर्णाली खोलाको बाढीमा आधारित मौसम सूचांङ्क बीमाको समेत छलफल भएको थियो । स्थानिय सहकरी प्रतिनिधी छविलाल घर्तीका अनुसार हालसम्म बीमा कम्पनी फेरेको फेरेकै गर्नुपरेको र बीमा गर्न अभिकर्ता समएमा नआएर बीमा नविकरण र पछि थप भएको पशुको बीमा गर्दा कठिनाइ भएकाले बीमा कम्पनीलाई यसको समाधान गर्न आग्रह गरे । बीमा अभिमूखिकरण कार्यक्रम लगतै सोही दिनमै १४ जना कृषकको गाई, भैंसी तथा बंगुरको पशुधन बीमा गरिएको थियो ।
बजार राताम्य हुँदा सीआईटीको सर्वाधिक कारोबार, एनसीसीको २.२६ लाख कित्ता खरिदबिक्री
काठमाडौं । सरकारले निर्वाचनको घोषणा गरेसँगै नेपालको पूँजी बजारमा उतारचढाव भइरहेको छ । एकदिन बढ्ने अर्काे दिन घट्ने वा एक दिन घट्ने अर्काे दिन बढ्ने गरी सेयर बजारमा अस्थिरता आएको छ । राष्ट्र बैंकले साउन पहिलो साता मौद्रिक नीति सार्वजनिक गरेपछि केही दिन हरियाली भएको बजारमा पुनः राताम्य छाउन थालेको छ । यसअघि दोहोरो अंकले सामान्य घटेको सेयर बजार मंगलबार राताम्य छाएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४५.४२ अंकले घटेर २०६०.७३ अंकमा बन्द भएको छ । यसअघि हिजो सोमबार नेप्से सूचक १७ अंक बढीले घटेको थियो । पछिल्लो समय वित्तीय संस्थाहरुले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक भइरहेकाले पनि बजारमा त्यसको प्रभाव परेको सेयर जानकार बताउँछन् । लगानीकर्तालाई चित्त बुझ्दो वित्तीय विवरण नआउँदा सेयर बजार घटेको हुन सक्ने विज्ञहरुले बताएका छन् । मंगलबार दिनभरिमा २२२ कम्पनीको ६६ लाख ४६ हजार ३६ कित्ता सेयर ४६ हजार २८९ पटक किनबेच हुँदा २ अर्ब ८१ करोड ५१ लाख ४४ हजार ५८९ रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि हिजो सोमबार २ अर्ब ८५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । मंगलबार बैंकिङ्ग समूह १.३ प्रतिशत, ट्रेडिङ्ग समूह ३.१८ प्रतिशत, होटल एण्ड टुरिजम समूह १.२२ प्रतिशत, विकास बैंक समूह ३.२८ प्रतिशत, हाइड्रोपावर समूह ३.०६ प्रतिशत, फाइनान्स समूह ३.३७ प्रतिशत, निर्जीवन बीमा समूह १.४७ प्रतिशत, म्यानुफ्याक्चरिङ्ग एण्ड प्रोसेसिङ्ग समूह १.२९ प्रतिशत, अन्य समूह ४.८४ प्रतिशत, माइक्रोफाइनान्स समूह २.६३ प्रतिशत, जीवन बीमा समूह १.१८ प्रतिशत, म्युचुअल फण्ड समूह ०.९५ प्रतिशत र इन्भेष्टमेन्ट समूह २.०३ प्रतिशत घटेको छ । आज हिमालयन हाइड्रोपावर समूह ९.९७ प्रतिशत, गुराँस लघुवित्त ६.३६ प्रतिशतले सेयर मूल्य बढेको छ । यस्तै, गढणपति लघुवित्त ७.२७ प्रतिशत, घलेम्दी हाइड्रो ६.६८ प्रतिशत सेयर मूल्य घटेको छ । यता दिनभरिमा सिटिजन इन्भेष्टमेन्ट ट्रस्टको १५ करोड १० लाख रुपैयाँ र शिवम् सिमेन्टको १३ करोड ८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नबिल बैंकको १ हजार ८१६ पटक र शिवम् सिमेन्टको १ हजार ५७४ पटक सेयर किनबेच भएको छ । एनसीसी बैंकको २ लाख २६ हजार १३४ कित्ता सेयर, एचआईडिसीएलको २ लाख १९ हजार ३८० कित्ता, अपि पावरको २ लाख ३ हजार ६० कित्ता सेयर खरिद बिक्री भएको छ ।
परिसंघले रोजगार तथा सीप मेला आयोजना गर्ने, २०० कम्पनी सहभागी हुने
काठमाडौं । नेपाल उद्योग परिसंघले रोजगार तथा सीप मेला आयोजना गर्ने भएको छ । परिसंघले मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै कात्तिक १७ देखि २० गते मेला आयोजना गर्ने जानकरी दिएको हो । एकातर्फ आवश्कता अनुसार कम्पनीहरुले कर्मचारी पाउन नसकिरहेको र अर्कोतर्फ रोजगारीको खोजिमा रहेका व्यक्तिहरु पनि कम्पनीको सम्पर्कमा पुग्न नसकेको विषयलाई केन्द्रित गरी मेला आयोजना गर्न लागेको परिसंघले बताएको छ । सिएनआई रोजगार तथा सीप मेला २०७९ ले विभिन्न कम्पनी तथा कामको खोजिमा रहेकाहरुलाई एकै ठाउँमा आवद्ध गर्न पुलको काम गर्ने परिसंघ बताउँछ । यस्तै, रोजगारदाताको आवश्यकता, सीपयुक्त कर्मचारीको मागको परिपूर्ती कसरी गर्न सकिन्छ भन्ने विषयमा वृहद छलफल पनि हुने परिसंघले बताएको छ । परिसंघको अनुसार मेलामा २०० बढी कम्पनी सहभागी रहनेछ भने ५० हजारले मेला अवलोकन गर्ने अनुमान गरिएको छ ।
सरकारी जग्गा मिचेर निर्माण भएको भवन भत्काउन नर्भिक तयार
काठमाडौं । नर्भिक हस्पिटलले सरकारी जग्गा मिचेर भवन निर्माण भएको पुष्टि भए भवन भत्काउन तयार रहेको बताएको छ । मंगलबार नर्भिक हस्पिटल व्यवस्थापन र काठमाडौं महनगरबीच भएको छलफलमा हस्पिटलले सरकारी जग्गा मिचिएको भए आफु भवन भत्काउन तयार रहेको बताएको हो । प्राविधिका टोलीले सरकारी जग्गामा भवन निर्माण भए नभएको अध्यन गरेर छानबिन गर्न सहमति छलफलमा भएको छ । सोमबार महानगरले २४ घण्टे निर्देशन दिँदै नर्भिक हस्पिटललाई सरकारी जग्गा मिचेर निर्माण भएको भवन भत्काउन भनेको थियो । नर्भिक अस्पतालले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको महानगरको भनाइ छ ।
ल्याण्डफिल साइटमा फोहोर बोकेर गएको गाडी तोडफोड
काठमाडौं । गए राती फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारीमा तोडफोड भएको छ । बञ्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापनमा परिचालन हुने काठमाडौं महानगरपालिकाका २ वटा डोजरमा तोडफोड भएको छ । काठमाडौंबाट फोहोर बोकेर गएको गाडीको रातको समय पारेर आलेटारनजिक पार्किङ् गरेर राखिएका गाडीहरुमा तोडफोड भएको हो । वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईका अनुसार जिल्ला प्रहरी कार्यालय नुवाकोट र धादिङ्लाई क्षतिको विवरण पठाउन पत्राचार महानगरले गरेको छ । तोडफोड गरिएका सवारी तथा उपकरणहरुमध्ये क्यापिङ् गर्ने र फोहोर पेल्ने काममा प्रयोग हुने डोजर र एक्साभेटर चलाउनै नसकिने गरी फोडिएका महानगरले जनाएको छ । घटनाका बारेमा महानगरका प्रमुखको सचिवालय सदस्य ईञ्जिनियर सुनिलले महानगरमा बालेन्द्र शाह (बालेन) ले प्रमुखका रुपमा निर्वाचित भएर आएदेखि नै अवरोध हुँदै बताएका छन् । ‘शुरुवातमा हामीले मुख्य समस्या भनेको सडक हो भन्ने बुझेर त्यही अनुसार काम गर्यौं, यसका लागि सडक विभागलाई नियमित कामका लागि दबाब दिँदै गर्यौं, यसरी काम गरिरहँदा हामीलाई के जानकारी भयो भने अवरोध हुनुको पछाडि फोहोर र पूर्वाधार निर्माणसँग सम्बन्धित स्थानीय व्यवसायको सम्बन्ध छ,’ उलने भने ।
टिएमएस खरिदको भुक्तानी तथा कोलेटरल लोड अब आइएमई पे मार्फत
काठमाडौं । सेयर खरिद बिक्री गर्ने व्यक्तिहरुले ब्रोकरको टिएमएस मार्फत खरिद गरेको सेयरको रकम आइएमई पेबाटै भुक्तानी गर्न सक्ने भएका छन् । आइएमई पेकाे अनुसार हाल यो सुविधा ३५ वटाभन्दा बढी ब्रोकरहरुमा उपलब्ध रहेकाे र छिट्टै बाँकी ब्रोकरहरुमा उपलब्ध हुने छ । टिएमएसमा धितो लोड गर्दा र फन्ड सेटलमेन्ट गर्दा आइएमई पे रोजी सजिलै कारोबार गर्न सकिने हुँदा यसले सेयर कारोबार गर्ने सबैलाई थप सहज हुने कम्पनीका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले बताए । कम्पनीले यो सुविधा प्रयोग गर्ने सेयर लगानीकर्तालाई हालको लागि कुनै सेवा शूल्क नलाग्ने गरी व्यवस्था मिलाइएको जानकारी दिएकाे छ ।
आईपीओ जारी गरिरहेको धौलागिरी लघुवित्तले कति देला प्रतिफल ?
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (साउन २४ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले जारी पूँजी १० करोड ३१ लाख रुपैयाँको ३२.१० प्रतिशत अर्थात् ३ करोड ३१ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो । लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३ लाख ३१ हजार कित्ता आईपीओ निष्काशन गरेको हो । जसमध्ये ०.५ प्रतिशत अर्थात् ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुका लागि र बाँकी ३ लाख ८ हजार २९५ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ । लघुवित्तको आईपीओमा छिटोमा साउन २९ गते र ढिलोमा भदौ ७ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले लघुवित्तको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल रहेको छ । इच्छुक आवेदकले सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्ने छन् । लघुवित्तको आईपीओलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ । लघुवित्तको चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ भने आईपीओ निष्काशन पश्चात् १० करोड ३१ लाख रुपैयाँ चुक्ता पूँजी पुग्ने छ । लघुवित्तको बारेमा :- लघुवित्तको रजिष्ट्रार कार्यालय बाग्लुङ्ग नगरपालिका-२, श्रीनगर टोल, बाग्लुङ्गमा रहेको छ । लघुवित्तले ४४ वटा शाखा कार्याल र २ वटा सम्पर्क कार्यलयबाट सेवा प्रदान गर्दै आएको छ । आवश्यकता अनुसार स्वीकृति लिई शाखा, उपशाखा वा अन्य कार्यालय खोली कारोबार गर्न सक्ने लघुवित्तले जनाएको छ । विपन्न तथा पिछडिएका समुदायको आर्थिक सामाजिक तथा चेतना विकासका लागि वि.स. २०५२ कात्तिक १२ गते धौलागिरी सामुदायिक स्रोत विकास केन्द्रका रुपमा स्थापना भएको थियो । २०५७ सालमा नेपाल राष्ट्र बैंकबाट वित्तीय करोबार गर्ने इजाजत प्राप्त गरि लघुवित्त कार्यक्रम संचालन गर्दै आएको थियो । तर, कम्पनी रजिष्ट्रारमा वि.स. २०७५ असार १९ गते दर्ता भई राष्ट्र बैंकबाट वि.स. २०७५ माघ २८ गते वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त गरेको थियो । लघुवित्तले फागुन १ गतेदेखी धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट करोबार शुरु गरेको हो । लघुवित्तले २१ जिल्लामा ३५ हजार ८६ जनालाई सेवा दिइरहेको छ । लघुवित्तको १७ हजार १३३ जना ऋणी रहेका छन् । वित्तीय विवरण अनुसार लघुवित्तको कूल निक्षेप ६५ करोड ३१ लाख ६६ हजार रुपैयाँ र कर्जा लगानी १ अर्ब ४४ करोड ५६ लाख १८ हजार रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०८०÷०८१ सम्ममा ३ अर्ब ७ करोड २३ लाख २ हजार रुपैयाँ कर्जा विस्तार गर्ने र १ अर्ब ७३ करोड ६५ लाख ९५ हजार रुपैयाँ बचत संकलन गर्ने, आगामी तिन आर्थिक वर्षमा ५० हजार सेवाग्राहीे संख्या पुर्याउने लक्ष्य रहेको छ । संचालक समिति र व्यवस्थापन समिति:- लघुवित्तको अध्यक्षमा ईश्वर लाल राजभण्डारी रहेका छन् । १७ बर्ष लघुवित्त तथा सामाजिक क्षेत्रको अनुभव रहेको उनी धौलागिरी लघुवित्तमा ३ वर्षदेखि अध्यक्ष पदमा छन् । उनको लघुवित्तमा १० हजार कित्ता सेयर रहेको छ । यस्तै, सञ्चालकमा सिर्जना थापा, हरि प्रसाद शर्मा, डा. श्री सुदर्शन सिलवाल र उत्तम कुमार राजभण्डारी रहेका छन् । लघुवित्तमा सिर्जना थापा र हरि प्रसाद शर्माको १० हजार कित्ता सेय रहेको छ भने डा. श्री सुदर्शन सिलवाल र उत्तम कुमार राजभण्डारीको ५ हजार कित्ता सेयर स्वामित्व छ । यस्तै, लघुवित्तमा प्रभु बैंकको १ लाख ५० हजार कित्ता र धौलागिरी सामुदायिक स्रात विकास केन्द्रको ३ लाख कित्ता सेयर स्वामित्व छ । लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मिन बहादुर बोहरा कार्यरत छन् । स्नातकोत्तर गरेका उनले बैंक तथा वित्तीय क्षेत्रमा २२ वर्ष काम गरेको अनुभव रहेको छ । उनी २०७७ चैत्र २५ गते सीईओमा नियुक्त भएका थिए । मानव संशाधन तथा समान्य सेवा विभाग प्रमुखमा लोकेन्द्र पौडल, वित्त तथा योजना विभाग प्रमुखमा रामचन्द्र बास्तोला, आन्तरिक लेखापरिक्षण विभाग प्रमुखमा निर्मल गौतम, असुली तथा जोखिम विभाग प्रमुखा दिल कुमारी श्रीस, सुचना तथा प्रविधि विभाग प्रमुखमा असोक थापा र कर्जा विभाग प्रमुखमा हेमलाल थापा कार्यरत छन् । वित्तीय प्रक्षेपण:- आर्थिक वर्ष २०७८/०७९ देखी २०८०/०८१ सम्ममा क्रमिक रुपमा ५० प्रतिशतले निक्षेपमा बृद्धी हुने, आर्थिक वर्ष २०७८/०७९ मा ५२.१८ प्रतिशत, २०७९/०८० मा ४७ प्रतिशत र आर्थिक वर्ष २०८०/०८१ म ३५ प्रतिशत वृद्धी हुने, तरलतामा राष्ट्र बैंकले व्यवस्था गरेको तरल सम्पत्ति आर्थिक वर्ष २०७८/७९, २०७९/८० र २०८०/८१ को लागि क्रमशः १०.२६, ७.८५ र ४.५२ प्रतिशत कायम हुने प्रक्षेपण गरिएको छ । संस्थाको खुद नाफाको १० प्रतिशत रकम कर्मचारीलाई बोनस र लघुवित्तले आर्जन गर्ने नाफामा ३० प्रतिशत आयकरका लागि छुट्याएको छ । नेटवर्थमा औषत प्रतिफलका आधारमा लघुवित्तले आर्थिक वर्ष २०७८/०७९ मा २५.१५ प्रतिशत, २०७९/०८० मा २२.१६ प्रतिशत र २०८०/०८१ मा २३.८० प्रतिशत प्रतिफल वितरण गर्ने प्रक्षेपण गरेको छ । लघुवित्तको ३ वर्षको नेटवर्थमा भएको औषत प्रतिफल १९.४१ प्रतिशत रहेको छ । लघुवित्तको आईपीओ निष्काशन गर्नुभन्दा अघि प्रतिसेयर आम्दानी (प्रतिशत) कायम राख्न बृद्धि हुने नेटवर्थमा आवश्यक न्युनतम प्रतिफल २५.७७ प्रतिशत रहेको छ । कहाँ लगानी गर्छ ? लघुवित्तले आईपीओबाट संकल भएको रकमलाई भौतिक पुर्वाधार तथा शाखा विस्तारमा ३१ लाख रुपैयाँ, पशुपालन तथा कृषि कर्जामा २ करोड रुपैयाँ, खुद्रा व्यापार र सेवा कर्जामा ५० लाख रुपैयाँ र साना तथा घरेलु उद्योग कर्जामा ४० लाख रुपैयाँ लगानी गर्ने भएको छ ।