काठमाडौं । नेपाल उद्योग परिसंघले रोजगार तथा सीप मेला आयोजना गर्ने भएको छ । परिसंघले मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै कात्तिक १७ देखि २० गते मेला आयोजना गर्ने जानकरी दिएको हो ।
एकातर्फ आवश्कता अनुसार कम्पनीहरुले कर्मचारी पाउन नसकिरहेको र अर्कोतर्फ रोजगारीको खोजिमा रहेका व्यक्तिहरु पनि कम्पनीको सम्पर्कमा पुग्न नसकेको विषयलाई केन्द्रित गरी मेला आयोजना गर्न लागेको परिसंघले बताएको छ ।
सिएनआई रोजगार तथा सीप मेला २०७९ ले विभिन्न कम्पनी तथा कामको खोजिमा रहेकाहरुलाई एकै ठाउँमा आवद्ध गर्न पुलको काम गर्ने परिसंघ बताउँछ ।
यस्तै, रोजगारदाताको आवश्यकता, सीपयुक्त कर्मचारीको मागको परिपूर्ती कसरी गर्न सकिन्छ भन्ने विषयमा वृहद छलफल पनि हुने परिसंघले बताएको छ ।
परिसंघको अनुसार मेलामा २०० बढी कम्पनी सहभागी रहनेछ भने ५० हजारले मेला अवलोकन गर्ने अनुमान गरिएको छ ।