काठमाडौं । नर्भिक हस्पिटलले सरकारी जग्गा मिचेर भवन निर्माण भएको पुष्टि भए भवन भत्काउन तयार रहेको बताएको छ । मंगलबार नर्भिक हस्पिटल व्यवस्थापन र काठमाडौं महनगरबीच भएको छलफलमा हस्पिटलले सरकारी जग्गा मिचिएको भए आफु भवन भत्काउन तयार रहेको बताएको हो ।
प्राविधिका टोलीले सरकारी जग्गामा भवन निर्माण भए नभएको अध्यन गरेर छानबिन गर्न सहमति छलफलमा भएको छ ।
सोमबार महानगरले २४ घण्टे निर्देशन दिँदै नर्भिक हस्पिटललाई सरकारी जग्गा मिचेर निर्माण भएको भवन भत्काउन भनेको थियो ।
नर्भिक अस्पतालले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको महानगरको भनाइ छ ।